STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७५ फाल्गुण १, बुधबार

    चचा नृत्य विषयक छलफल

    नेपालमा बज्रयान बौद्धधर्मको प्रवद्र्धन गर्न युवापुस्ताले विशेष ध्यान दिनुपर्नेमा बौद्धविद्वानले व्यक्त गर्नुभएको छ । ‘बौद्ध दर्शन अध्ययन पुचःले आयोजना गरेको बौद्ध दर्शन’ विषयक छलफल कार्यक्रममा बौद्ध विद्वान गुरु यज्ञमानपति बज्राचार्यले नेपालको बज्रयान बौद्ध धर्ममा चचा नृत्यको विशेष स्थान रहेको बताउँदै यसको संरक्षणका लागि ध्यान जानुपर्ने औँल्याउनुभयो । कार्यक्रममा अमेरिकाको मेरिल्याण्डमा ११...

  • २०७५ माघ २९, मंगलबार

    हायु जातिमा विवाह गर्ने जोडी नपाउँदा समस्या

    –हरिकुमार राई नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास गर्ने दुई घरमात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छोरा...

  • २०७५ माघ २५, शुक्रबार

    पश्चिमी पहाडी क्षेत्रको बालन नाच लोप हुँदै

    उदयपुर जिल्लाको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, ब्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच हिजोआज बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरुको बालन नाच लोप हुन थालेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाका भने निकै चिन्तित बन्न थालेका छन् । उदयपुरगढी...

  • २०७५ कार्तिक १६, शुक्रबार

    दान्यहिरा पुरस्कार हस्तान्तरण, यज्ञरत्न धाख्वाःको पुस्तक विमोचन

    नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाले आफ्नो पिता दान्यरत्न धाख्वाः र आफ्नी स्वर्गीय धर्मपत्नी हिरा धाख्वाःको नाममा स्थापना गर्नु भएको नेपालभाषा क्षेत्रको प्रतिष्ठित पुरस्कार दान्यहिरा पुरस्कार हिजो एक समारोह बीच हस्तान्तरण गरेको छ । ललितपुरको अशोक पार्टी पालेसमा सञ्चालित पुरस्कार वितरण कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली सभापति बन्नु भएको थियो भने एकेडेमीका...

  • २०७४ चैत्र ६, मंगलबार

    कीर्तिपुरमा ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान

    कीर्तिपुरमा युवाहरुको एक समुहले “ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान”को उद्घोष गरेका छन् । कीर्तिपुर गोपालवंशकाल देखि मानव वस्तीको अस्तित्व भएको ऐतिहासिक थलो भएको भन्दै र यस क्षेत्रमा इतिहासको विभिन्न कालखण्डमा अस्तित्वमा आई हालसम्म प्रचलित ऐतिहासिक स्थाननामहरु भएको भन्दै यस्ता नामहरुको संरक्षण हेतु यो अभियान थालिएको जानकारी अभियानका संयोजक भरत महर्जनले अनलाइन न्यूजलाई गराए । महर्जनले...

  • २०७४ फाल्गुण २४, बिहिबार

    बाटैमा हरायो चार शिवालय पुनःनिर्माणको ‘ड्रइङ डिजाइन’

    काठमाडौँ, २३ फागुन (रासस) ः बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट उम्रिएको छ । यो विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित गौरीघाटको चार शिवालयको अवस्था हो । भूकम्प अघि नै जीर्ण भएर पुनःनिर्माण कुरिरहेको चार शिवालय अझै यस्तो दुरवस्थाबाट मुक्त हुन सकेको छैन । चार शिवालयसँगै...

  • २०७४ फाल्गुण १२, शनिबार

    भक्तपुरमा फागुको बेग्लै चलन

    रमेश गिरी भक्तपुर, “भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायला” ( भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि) दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा आज बिहान यो गीत गुञ्जिरहँदा भीमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भीड लागेको थियो । फागु पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो नेवारी भाकाको गीत गुञ्जिने गर्छ । फागुपूर्णिमाका अवसरमा तचपालस्थित...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    नेपाल मण्डल पर्यटन महोत्सव हुने

    काठमाडाँ,  नेपाल मण्डल पर्यटन नगरी, विश्व साइकल यात्री प्रतिष्ठान तथा राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा यही फागुन १८ देखि नेपाल मण्डल पर्यटन महोत्सव हुने भएको छ । जामाचो सञ्चार उत्सव तथा नेपाल मण्डल पर्वतमाला साइकल उत्सव नाराका साथ आयोजना हुने सो महोत्सव नेपाल पर्यटन बोर्डमा शुरु हुनेछ । समृद्ध इतिहास बोकेको नेपाल मण्डलको परम्परा तथा संस्कृतिको रक्षा तथा प्रवद्र्धन गर्न उक्त महोत्सव...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    त्रिशूली बचाउन आग्रह

    मलेखु,  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशूली बचाऊ अभियानले नदी र पर्यावरण जोगाउन तथा फियान नेपालले भूमि, वन, जीविकोपार्जन, आवास तथा पुनःनिर्माण विषयमा नागरिकले भोगिरहेका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज उहाँ र स्थानीय मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई स्वागत...

Pages