खेलकुद
-
२०७८ श्रावण १७, आइतबार
ए डिभिजन लिगको पुरस्कार अब ७५ लाख
सहिद स्मारक ए डिभिजन लिग विजेता टोलीले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार ए डिभिजन लिगको विजेताले ७५ लाख पाउने जनाएको हो । एन्फाले यस पटक पुरस्कार राशीमा वृद्धि गरेर ७५ लाख पुर्याएको हो । अघिल्लो सिजनको लिग विजेताले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिग उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख रुपैयाँ पाउने एन्फाले...
-
२०७८ श्रावण १३, बुधबार
टोकियो ओलम्पिकमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान सुधार
काठमाडौं - टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गरेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आफ्नो प्रदर्शनमा आफू खुशी रहेको बताएकी छन् । बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरेपछि उनले भनिन्– ‘खुसी लागेको छ । अलिक थकाई पनि लागेको छ । आनन्द भयो। राम्रो स्वीम गर्न सकेकोमा ।’ उनले कुनै समय लक्ष्य विनानै खेलेको बताएकी छिन् । ‘जति सक्दो राम्रो गर्ने भन्ने मेरो प्रयास थियो । यतिमै सक्छु भन्ने थिएन...
-
२०७८ श्रावण १०, आइतबार
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकले राजीनामा दिने
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आईतबार फेसबुकमा एक स्टाटस लेख्दै राजिनामा दिने घोषणा गरेका हुन् । अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण नेम्बाङले पछिल्लो तीन...
-
२०७८ श्रावण ८, शुक्रबार
"ए डिभिजन लिग निर्धारित मितिमै"
सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट सुरु हुने भएको छ । ए डिभिजनमा रहेका १४ क्लबमध्येका चार क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापन पत्र बुझाएका छन् । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुरु हुने बताएका छन् । ललितपुरका चार क्लबले कोरोना महामारीमा लिग सञ्चालन गर्न कठिन हुने...
-
२०७८ श्रावण ६, बुधबार
सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा
सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले बुधबार २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो । ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । अष्ट्रेलियामा तेस्रो पटक विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आयोजना हुन लागेको हो ।
-
२०७८ आषाढ ३०, बुधबार
टोकियो ओलम्पिकमा २६ सदस्यीय टोली सहभागी हुने
काठमाडौं - जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने जनाएको हो । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, ४ प्रशिक्षक र अरु पदाधिकारी रहेका छन् । पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र...
-
२०७८ आषाढ २८, सोमबार
इटली युरोकप २०२० विजेता, इङल्यान्ड ट्राइबेकरमा पराजित
युईएफ युरोकप २०२० काे उपाधि इटलीले उचालेकाे छ । लन्डनको वेम्बलीमा आइतबार मध्यरात सम्पन्न खेलमा घरेलु टिम इङल्यान्डलाई ट्राइबेकरमा ३-२ ले पराजित गरी इटलीले उपाधि उचालेकाे हाे । खेल सुरू भएकाे २ मिनेटमै शकाे गोलमा अग्रता लिए पनि इङल्यान्डले अग्रता जाेगाउन सकेन । ६७ अौं मिनेटमा बाेनुचीले इटलीकाे लागि बराबरी गाेल फर्काएकाे थियाे । अतिरिक्त समयमा पनि गाेल हुन नसकेपछि पेनाल्टी शुटआउटमा खेल पुगेकाे...
-
२०७८ आषाढ २७, आइतबार
मेस्सी बने कोपा अमेरिका २०२१ को सर्वाधिक गोलकर्ता
अर्जेन्टिनाको कप्तान लिओनल मेस्सी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गर्न सफल भए । उनले ५ असिस्ट समेत गरेका थिए । तर, डियाजले ५ खेलमा ४ गोल गरेपनि असिस्ट दिएका थिएनन् । अर्जेन्टिनालाई २८ वर्षपछि आइतबार बिहान सम्पन्न फाइनलमा ब्राजिललाई १–० ले हराउँदै उपाधि...
-
२०७८ आषाढ २७, आइतबार
मेसीकाे कप्तानीमा अर्जेन्टिनालाई काेपा अमेरिकाको उपाधि
कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेकाे छ । मसीकाे कप्तानीमा रहेकाे अर्जेन्टिनाले २८ वर्ष पछिकाे उपाधि खडेरी पनि टुंगाएकाे छ । घरेलु मैदानमा ब्राजिललाई १-० गाेल अन्तरले हराएर अर्जेन्टिनाले उपाधि जितेकाे हाे । खेलको पहिलो हाफ सकिँदा घरेलु टिम ब्राजिलविरूद्ध अर्जेन्टिनाले अग्रता लिएको छ। अर्जेन्टिनाका लागि एन्जल डि मारियाले गोल गरे। उनले खेलको २२ मिनेटमा गोल गरेका हुन्। डि पाउलले दिएको...
-
२०७८ आषाढ २४, बिहिबार
इङ्गल्यान्ड युरोकपको फाइनलमा, डेनमार्क पराजित
इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै इङ्गल्यान्ड फाइनलमा प्रवेश गरेको हो । खेलको ३०औँ मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ३९औँ मिनेटमा डेनमार्कका...
-
२०७८ आषाढ २३, बुधबार
काेपा अमेरिकाकाे फाइनलमा ब्राजिल र अर्जेन्टिना
अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ । आज बिहान भएको सेमिफाइनलमा कोलम्बियालाई टाइब्रेकरमा हराउँदै लियोनल मेसीप्रेरित अर्जेन्टिनाले उपाधि भिडन्त निश्चित गरेको हो । अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन गोलकिपर इमिलियानो मार्टिनेज नायक बने । दुवै टिमले निर्धारित अनि अतिरिक्त समयमा १-१ गाेलभन्दा बेसी हान्न नसकेपछि खेल पेनाल्टीमा पुगेकाे थियाे । तर, पेनाल्टीमा...
-
२०७८ आषाढ १९, शनिबार
युरोकप २०२० : इटाली र स्पेन सेमिफाइनलमा
इटाली र स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो । इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्यो । खेलको ३१औँ मिनेटमा इटालीका निको बरेल्लाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४४ मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेले गोल गरे । यो गोलसँगै पहिलो हाफमा इटालीले २-० को अग्रता लिएको...


