खेलकुद
-
२०७८ बैशाख ३१, शुक्रबार
नेपालले इराकसँग हुने मैत्रीपूर्ण फुटबल खेल्ने : टोलीको प्रशिक्षण सुरु
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सातदोबाटोस्थित एन्फाको मैदानमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो । प्रो लाईसेन्स प्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा नेपाली टोलीले प्रशिक्षण थालेका हुन् । उनलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले सहयोग गरिरहेका छन् । प्रशिक्षक अब्दुल्लाहले प्रशिक्षणका लागि ३२ खेलाडीलाई डाकेका छन्...
-
२०७८ बैशाख २२, बुधबार
कोरोनाबाट कराते खेलाडी वज्राचार्यको निधन
कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । यही १६ वैशाखमा कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएकामा निको नभएपछि १९ वैशाखमा थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल लगिएको ओलम्पियन दीपक महर्जनले जानकारी दिए ।...
-
२०७८ बैशाख २०, सोमबार
आईपीएलका खेलाडीमा काेराेना संक्रमण, आजकाे खेल स्थगित
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राती अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सोमवार...
-
२०७८ बैशाख ११, शनिबार
नेपालले जित्याे त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज
काठमाडौ - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै उपाधि हात पारेको हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले नेदरल्यानड्सविरुद्ध हालसम्मकै ठूलो अन्तरमा जित हासिल गरेको हो । यसअघि, नेपालले भुटानलाई १४१ रनले हराएको थियो । नेपालले दक्षिण एसियाली खेलकुद सागमा भुटानललाई पराजित गरेको थियो ।...
-
२०७८ बैशाख ११, शनिबार
त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालकाे २०० रन पूरा
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले २०० रन पूरा गरेको छ । उपाधिका लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको नेपालले १७ ओभरमा ३ विकेट गुमाएर २०० रन पूरा गरेको हो । नेपालले तेस्रो विकेटका रूपमा कुशल भुर्तेललाई गुमायो । उनी आज ५३ बलमा तीन छक्का र ८ चौका प्रहार गर्दै ७७ रन बताए । यसअघि १९ बल खेलेर ३ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट भए । उनलाई फिलिपेको बलमा पिटर सेलरले...
-
२०७८ बैशाख ९, बिहिबार
त्रिकोणात्मक क्रिकेटको अन्तिम खेलमा नेपालकाे सहज जित
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल ६९ रनले विजयी भएको छ । बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रिएको मलेसिया २० ओभरमा पुरै विकेट गुमाएर १४८ रनमै समेटियो । मलेसियाका लागि अम्मिनुदिन राम्लीले ४१ रनको योगदान गरे । सायद अजिजले ४, अनवार अर्दिनले ६...
-
२०७८ बैशाख ४, शनिबार
नेपालको नेदरल्यान्ड्समाथि ९ विकेटको जित
काठमाडौँ - कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ । टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १३६ रन बनाएको थियो । डेब्यु गरिरहेका कुशल र आसिफले पहिलो विकेटमा १ १६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै लक्ष्य पुरा...
-
२०७७ चैत्र २२, आइतबार
नेपाली फुटबल टोलीले पाए नयाँ मुख्य प्रशिक्षक
काठमाडौँ - कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् । चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्ताव अनुसार एन्फा सचिवालयले उनलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् । उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ । नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट...
-
२०७७ चैत्र १७, मंगलबार
त्रिदेशीय फुटबलको उपाधि जितेको नेपाली टिमलाई जनही एक लाख
काठमाडौँ - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने बताएको छ । मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले त्रिदेशीय प्रतियोगितामा विजय हासिल गर्न सफल राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिने जनाएको हो । सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई...
-
२०७७ चैत्र ११, बुधबार
त्रिदेशीय फुटबल प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा
काठमाडौँ - त्रिदेशीय फुटबल प्रतियोगिताको लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टोलीमा नवयुग श्रेष्ठ परेका छैनन् । नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रंजित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी...
-
२०७७ चैत्र १०, मंगलबार
त्रिदेशीय फुटबल : कीर्गिस्तानविरुद्ध बंगलादेशको जित
काठमाडाैं - बंगलादेशले त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–० ले पराजित गर्दै त्रिदेशीय कपमा सुखद सुरुआत गरेको हो । किर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुआतबाट नै दबाब दिएर खेलेको बंगलादेशले अग्रता भने ३०औं मिनेटमा पाएको थियो । ३०औं मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले...
-
२०७७ चैत्र ४, बुधबार
त्रिदेशीय फुटबलमा नेपालले कीर्गिस्तान र बंगलादेशसँग भिड्ने
काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १० देखि १९ गतेसम्म दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेल चैत १० गते बंगलादेश र कीर्गिस्तानबीच हुनेछ । घरेलु टोली नेपालले भने चैत १२ गते कीर्गिस्तानसँग खेल्नेछ । त्यसपछि चैत १४ गते बंगलादेशसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि मार्च २९ अर्थात चैत १६ गते...


