STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ पौष ९, शनिबार

    स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए। ‘हामीले त्रिवि पदाधिकारी, नौ वटै संकायका डिन र परीक्षा...

  • २०७९ पौष ९, शनिबार

    प्रधानमन्त्री बन्ने प्रचण्डको सपना पूरा नहुने : ओली

    काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्। फेरी एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सो प्रतिक्रिया दिएका हुन्। ‘कतिपय जो इच्छा गरिरहेका छन्। पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर...

  • २०७९ पौष ७, बिहिबार

    शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’

    काठमाडौँ - प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् । बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।

  • २०७९ पौष ७, बिहिबार

    ज्येष्ठ सदस्य राणाबाट प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

    काठमाडाैं - प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएका हुन्। शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए ।  संसद सचिवालयका अनुसार २६ जना सांसदले...

  • २०७९ पौष ६, बुधबार

    सर्वोच्चले अन्तरिम आदेश नदिएपछि रवि लामिछानेलाई शपथ लिन बाटो खुला

    काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको रिट निवेदकमध्येका एक युवराज सफलले जानकारी दिए । रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।...

  • २०७९ पौष ६, बुधबार

    कांग्रेस संसदीय दलकाे नेतामा देउवा निर्वाचित

    काठमाडौं - नेपाली कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाका प्रेस संयाेजक गाेविन्द परियारका अनुसार देउवाले ६४ र गगन थापाले २५ मत पाएका छन् ।  मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । मतदान आज बिहान भएको थियो । सभापति देउवाको...

  • २०७९ पौष ६, बुधबार

    कांग्रेस संसदीय दलको नेता चुन्न मतदान सुरु

    काठमाडौं - सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । बिहान ८:४५ बजेदेखि सुरु भएको मतदान प्रक्रिया १० बजेसम्म चल्नेछ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘...

  • २०७९ पौष ५, मंगलबार

    एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

    काठमाडौं - नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको सांसद पदम गिरीले जानकारी दिए । संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो । संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिएको गिरीले बताए । बैठकले...

  • २०७९ पौष ५, मंगलबार

    गगनलाई कोइराला र देउवालाई पौडेलको साथ

    काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रश्ताव गरेको बताउनुभएको छ । मंगलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रश्तावकका रुपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताउनु...

  • २०७९ पौष ५, मंगलबार

    काँग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनको उम्मेदवारी

    काठमाडौँ - नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुवै नेताले मंगलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराउनुभएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधवार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको...

  • २०७९ पौष ५, मंगलबार

    कांग्रेसमा संसदीय दलमा भिड्न देउवालाई कोइराला र थापा चुनौती

    काठमाडौं - कांग्रेस संसदीय दलका नेतामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भिड्न संस्थापनइतर समूहमा हानथाप चलेको छ। यो समूहबाट उम्मेदवार बन्न नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले दाबी गरेका छन्।  इतर समूहको सोमबार बसेको बैठकले साझा उम्मेदवार तय गर्न नसकेको हो। मंगलबार बिहान पनि बैठक बस्ने नेताहरूले बताएका छन्। बैठकमा महामन्त्री थापाले आफू दलका नेतामा निर्वाचित हुने आधार...

  • २०७९ पौष ४, सोमबार

    सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने : प्रचण्ड

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने बताएका छन् । बाहिर आएजस्तो आफ्नो दाबी नभएको प्रष्टीकरण दिँदै उनले अवसर आए जिम्मेवारी लिने बताए । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चुनावअघि कांग्रेसँग आलोपालो सहमति भने भएको बताए । ‘प्रधानमन्त्री माओवादीको बटमलाइन भन्ने छैन । सहमति र...

Pages