STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ पौष १८, सोमबार

    प्रधानमन्त्रीले २६ पुसमा विश्वासको मत लिने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा...

  • २०७९ पौष १८, सोमबार

    शीतलहरबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न गृहमन्त्री रवि लामिछानेको निर्देशन

    काठमाडौं - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए । देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्बोधनको क्रममा उनले भने, ‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ । शीतलहरबाट...

  • २०७९ पौष १४, बिहिबार

    ४८ घण्टे अल्टिमेटमपछि विशिष्ट व्यक्तिहरुको सुरक्षाकर्मीहरु धमाधम फिर्ता

    काठमाडौं - गृह मन्त्रालयको ४८ घण्टे अल्टिमेटमपछि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिविपरीत निजी सुरक्षामा राखिएका सुरक्षाकर्मीहरु धमाधम फिर्ता भएका छन् । गृह मन्त्रालयका अनुसार हालसम्म २२१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । मंगलबार उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेको निर्देशनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञपिप्त जारी गर्दै कार्यविधि विपरीत...

  • २०७९ पौष १४, बिहिबार

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत डीन आर. थोम्पसनबीच भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थोम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत दुईबीचमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो । दुई बीच भेटवार्ता भएको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत पनि जानकारी...

  • २०७९ पौष १४, बिहिबार

    ओली र माधव नेपालबीच औपचारिक भेटवार्ता हुँदै

      काठमाडौं।-पुष ११ गते शीतलनिवासको सपथ ग्रहणमा भेटघाट गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले औपचारिक भेटवार्ता गर्ने भएका छन् । भोलि (शुक्रबार) ओली र नेपालबीच भेटवार्ता हुने बताइएको छ । सरकारभन्दा बाहिर रहेका अध्यक्ष नेपाल र अध्यक्ष ओलीबीच अहिलेको सत्ता गठबन्धन र पार्टी एकताबारे छलफल हुने बताइएको छ । तत्कालीन प्रधानमन्त्री रहँदा संसद विघटन र...

  • २०७९ पौष १४, बिहिबार

    सरकारी निवासमा सरे उपप्रधानमन्त्री लामिछाने

    काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट पुल्चोक हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् । रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो । रविलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भुइँमा पिर्का राखिएन । लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पिर्केमा नराख्न सेनालाई आग्रह गरिएको बताए । ‘...

  • २०७९ पौष १३, बुधबार

    राप्रपा सरकारमा सहभागी हुने

      काठमाडौं - अन्ततः राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा) संघ र प्रदेश गरी दुवैतर्फको सरकारमा सहभागी हुने भएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुवैतर्फको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । दुवैतर्फको सरकारमा भाग लिने निर्णयसँगै सरकारमा जानुअघि सरकारको न्यूनतम् साझा कार्यक्रमलाई कुर्ने पनि निर्णय भएको...

  • २०७९ पौष १३, बुधबार

    बालुवाटार निवासको साँचो प्रधानमन्त्री पुत्रीले बुझिन्

    काठमाडौं - सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की कान्छी छोरी तथा स्वकिय सचिव गंगा दाहाललाई सरकारी निवासको साँचो हस्तान्तरण गरेका छन् । ज्योतिषीले जुराएको साइतमै बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा प्रवेश गरेका थिए । बालुवाटार प्रवेशअघि प्रधानमन्त्री प्रचण्डले पूजापाठसमेत गरेका छन् ।

  • २०७९ पौष १३, बुधबार

    गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन

    काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आज त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन्। राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन्। यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । “सोही आधारमा आज मन्त्रीले राहदानी विभागको अनुगमन गर्नुभएको हो”,...

  • २०७९ पौष १२, मंगलबार

    प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई

    काठमाडाैं - संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको गठबन्धनलाई नेपालको सङ्घीय निर्वाचनमा विजयी भएकामा बधाई दिएको छ । अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा गर्व गर्दै दीगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र तथा मानवाधिकारको सुदृढीकरणजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका मुद्दाको प्रवद्र्धन गर्न नेपाल सरकारसँगै रहेको उल्लेख...

  • २०७९ पौष १२, मंगलबार

    राष्ट्रपतिबाट पुस २५ गते दुवै सदनको अधिवेशन आह्वान

    काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । उनले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गरेकी हुन्। यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद्...

  • २०७९ पौष १२, मंगलबार

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २२ मा

    काठमाडाैं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पुस २२ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिकसहितका विषयमा छलफल हुनेछ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा...

Pages