राष्ट्रिय
-
२०८१ चैत्र २७, बुधबार
फोनिज संघीय समिति अन्तर्गत उपत्यका समन्वय प्रदेश तदर्थ समिति गठन
फोनिज संघीय समितिमा फोनिजको नयाँ संरचना अन्तर्गत बुधबार उपत्यका समन्वय प्रदेश तदर्थ समिति गठन गरिएको छ । प्रशान्त मालीको अध्यक्षतामा गठन भएको समितिमा दुई उपाध्यक्षमा राजु राजदेव बज्राचार्य र रमिता छुजु रहेका छन् भने महासचिव प्रबिण किराँती,दुइ सचिव मा सबिका श्रेष्ठ र शंकर भुजेल मनोनयनमा परेका छन् । यस्तै गरी कोषाध्यक्षमा विनोद श्रेष्ठ र सदस्यहरुमा...
-
२०८१ चैत्र २६, मंगलबार
आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि बोलायो वार्तामा
काठमाडौं - काठमाडौं केन्द्रित आन्दालेनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुन: आह्वान गरेका छ । मंगलबार एक सुचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दालेनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि...
-
२०८१ चैत्र २६, मंगलबार
सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर
काठमाडौं - तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ। मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले यस्तो बताएका हुन् । भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । अध्यक्ष गुरुङले आज दुवै...
-
२०८१ चैत्र २४, आइतबार
भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडताल गर्ने शिक्षक महासंघको घोषणा
काठमाडौँ - नेपाल शिक्षक महासङ्घले भोलिबाट शैक्षिक हडतालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालकाे घोषणा गरेको हो। शैक्षिक हडतालकाे क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ। चैत्र २० गतेबाट काठमाडौँमा शैक्षिक सडक आन्दोलन चलिरहेको छ ।...
-
२०८१ चैत्र २४, आइतबार
आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित
काठमाडौँ - अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् । सांसद डा.शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । अन्तरव्यवस्थापिका सङ्घको १५० औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर...
-
२०८१ चैत्र २०, बुधबार
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सुरु भएको हो । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक...
-
२०८१ चैत्र २०, बुधबार
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
बैंकक - थाइल्यान्डका राजा महा बजिरालोङकर्नसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गरेका छन् । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् । राजदम्पत्तीले प्रधानमन्त्री...
-
२०८१ चैत्र २०, बुधबार
पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि ढल्कोमा गरियो अन्त्येष्टि
चैत १५ गते राजावादीको प्रदर्शनक क्रममा काठमाडौँको तीनकुनेमा भएको भवन आगलागीमा परेका मृतक पत्रकार सुरेश रजकको दाहसंस्कार गरिएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेसँगै ढल्कोमा अन्तिम दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवारका सदस्यसँगै उनका शुभचिन्तक, पत्रकारहरू पुगेका थिए। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर उनलाई गोली नलागेको पहिचान भएसँगै आजै पोस्टमार्टम गरिएको थियो। रजकलाई...
-
२०८१ चैत्र २०, बुधबार
तीनकुने घटना : मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं - सरकारले तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ । राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका...
-
२०८१ चैत्र १९, मंगलबार
बुधबारदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा
काठमाडौं - गत माघ २० गतेबाट आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले भोलि बुधबारबाट अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्ने भएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो । महासंघले पहिलो चरणअन्तर्गत गत फागुन २४ काठमाडौंमा जुलुस र विरोधसभा गरेको थियो । त्यस्तैदोस्रो चरणमा फागुन २७ बाट चैत ५ सम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । त्यस्तै, चैत ७...
-
२०८१ चैत्र १९, मंगलबार
सविनको शव परिवारलाई लगाइयो जिम्मा
काठमाडौं - तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव परिवारको जिम्मा लगाइएको छ । त्रिवि शिक्षण अस्पतालले केहीबेरअघि शव परिवारको जिम्मा लगाएको हो । सविनको शवको आजै पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । १५ चैतमा राजावादीहरुले...
-
२०८१ चैत्र १९, मंगलबार
पत्रकार रजकको पोस्टमार्टम गर्न चिकित्सकद्वारा अस्वीकार
काठमाडौं - काठमाडौं तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्नुपर्ने अडान लिएकाले पोस्टमार्टम ढिलाइ भएको छ । त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि हालसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरीरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न नमानेको स्रोतले जनाएको छ । तीनकुनेमा प्रदर्शनकारीले...


