STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८२ भाद्र २४, मंगलबार

    हिल्टन होटलमा आगजनी

    काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा...

  • २०८२ भाद्र २४, मंगलबार

    प्रधानमन्त्री ओलीको बालकोटको घरमा आगजनी

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ ।  प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष समेत रहेका ओली निवासमा मंगलबार आगजनी गरेका हुन्।  प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री...

  • २०८२ भाद्र २४, मंगलबार

    एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

    काठमाडौँ - प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।  ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

  • २०८२ भाद्र २४, मंगलबार

    प्रचण्ड निवासमा आगजनी

    काठमाडौँ - ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को  निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।  सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ । 

  • २०८२ भाद्र २४, मंगलबार

    बानेश्वरमा संसद भवन अगाडि बिहानैदेखि प्रदर्शन सुरू

    काठमाडौं - मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि केही मानिसहरू भेला भएका छन्। संसद भवनको मूल गेट अगाडि भेला भएका मानिसहरूले नाराबाजी समेत गरे। काठमाडौं प्रहरीले केही मानिसहरू अवस्था बुझ्न मात्रै जम्मा भएको भनेको छ। काठमाडौंको अन्य क्षेत्रमा पनि प्रदर्शन सुरू भएको छ। काठमाडौं महानगरमा पर्ने चक्रपथभित्रका भूभागहरुमा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ। ललितपुर र भक्तपुरले...

  • २०८२ भाद्र २४, मंगलबार

    सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

    काठमाडौं - सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई...

  • २०८२ भाद्र १६, सोमबार

    विश्व साहित्य मन्चमा नेपाली साहित्य गोष्ठी क्यानाडामा सम्पन्न

    क्यानाडाको क्वान्टलेन पोलिटेक्निकल विश्वविद्यालय, दक्षिण एशियाली साहित्य र अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा भएको 'विश्व साहित्य मञ्चमा नेपालको साहित्य' शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठी र कार्यशाला सम्पन्न भएको छ । नेपालको साहित्यका विविध पक्षमा कार्यपत्र प्रस्तुत गरिएको सो कार्यक्रममा  नेपालभाषाको दुई उपन्यासहरु 'सेष्टेम्बर १७' र 'कोरोनाया किचलय् 'लाई लिएर एक विशेष सत्रमा विचार विमर्श...

  • २०८२ भाद्र ७, शनिबार

    कलाकार मिथिला शर्मा , पत्रकार मीना बज्राचार्य पल्पसा डंगोल लगायत दुई दर्जन महिला स्रष्टा सम्मानित

    उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.को संयुक्त आयोजनामा राजधानीको चलचित्र विकास बोर्डमा "तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम-२०८२" भव्य रुपमा सम्पन्न भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी प्रमुख अतिथी रहनु भएको सो  कार्यक्रमका सभाध्यक्ष उपमा सञ्चार प्रालि कि आशा गौतम,  तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा 'बिमला'...

  • २०८२ भाद्र ७, शनिबार

    मिलाप तीज उत्सवमा मौलिकता, सशक्तिकरण र एकताको संदेश

    काठमाडौंमा ‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव  भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा  सम्पन्न उक्त उत्सवमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र संगितमार्फत उत्सवमय बनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली चलचित्रको पहिलो...

  • २०८२ भाद्र ६, शुक्रबार

    आदिवासीको सवाललाई जैविक विविधता रणनीतिक कार्ययोजनामा राख्ने माग

    संविधान र आदिवासीसंग सम्बन्धित नेपाल पक्ष राज्य भएका विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता र कानुनलाई समेट्न नेपाल आदिवासी जनजाति महासंघसहित ३९ वटा विभिन्न संघसंस्थाहरुले जैविक विविधता रणनीतिक कार्ययोजनामा राख्ने माग अघि सारेका छन्। वन तथा वातावरण मन्त्रालयले जैविक विविधता रणनीति र कार्ययोजना बनाउने कार्य अघि बढाइरहेको बेला महासंघसहित विभिन्न संघसंस्थाहरुले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई...

  • २०८२ श्रावण ३०, शुक्रबार

    विरंगना कीर्तिलक्ष्मीको प्रतिमा अनावरण : शनिबार कीर्तिपुरमा

    कीर्तिपुर – कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको शालिक उद्घाटन हुने भएको छ । कीर्तिलक्ष्मीको शालिक बागमती प्रदशे सांसद एवं पूर्व संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनको हातबाट उद्घाटन हुने जानकारी कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समिति कीर्तिपुरका संयोजक नजर राम महर्जनले दिनुभएको छ । संयोजक नजरराम महर्जनले लामो समयदेखि सम्पूर्ण कीर्तिपुरबासी एक भई निरन्तर गरेको प्रयासबाट निर्माण गरिएको...

Pages