राष्ट्रिय
-
२०७६ चैत्र ९, आइतबार
रङ्गशाला निर्माणको काम स्थगित
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो । फाउण्डेशनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रङ्गशाला निर्माणलाई...
-
२०७६ चैत्र ९, आइतबार
कोभिड–१९ : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरु
कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी र गण्डकी मेडिकल कलेज नयाँबजारमा सो सेवा शुरुआत भएको कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिका स्रोत व्यक्ति (फोकल...
-
२०७६ चैत्र ८, शनिबार
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । हाल देशका पश्चिमी भूभागलगायत अन्य पहाडी भूभागमा आङ्शिक बदली...
-
२०७६ चैत्र ८, शनिबार
मनकामना विशेष पूजाबाहेकका सबै पूजाआजा गर्न रोक
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिनुभयो । सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न...
-
२०७६ चैत्र ८, शनिबार
कोरोनाबाट विश्वभर ११ हजार ४१७ जनाको मृत्यु
जेनेभा, ८ चैत (रासस/एएफपी) : विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित...
-
२०७६ चैत्र ८, शनिबार
कोराेना त्रास : चैत–वैशाखका निजी भोजहरु स्थगित
काठमाडौं– कोरोना भाइरसको त्रासका कारण चैत–वैशाख महिनामा हुन लागेका निजी भोजहरु स्थगित भएका छन् । चैत–वैशाख महिनामा परेका निजी भोजहरु सबै स्थगित गरी अर्को वर्षको माघ, फागुनमा सारिएका छन् । काठमाडौं खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा मात्र चैत महिनाको लागि १८ भन्दा बढी भोजहरु बुक भएको ब्यांक्वेटका प्रोप्राइटर मचाराजा महर्जनले दिएका छन् । बुक भएका यी सबै भोजहरु स्थगित भएका, यी मध्ये केही भोजहरु शान्त...
-
२०७६ चैत्र ८, शनिबार
चेपाङ महिलालक्षित खाद्य अधिकारसम्बन्धी तालिम
काठमाडौं– चेपाङ महिलाहरूलाई लक्षित गरी आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धि पैरवी तथा नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । आदिवासी जनजाति महिला समूह नेपालले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आर्थिक सहयोगमा आयोजना गरेको हो । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ५, चैनपुरमा सम्पन्न उक्त तालिममा आदिवासी जनजातिको परिचय, आदिवासी जनजातिको अधिकार, खाद्य अधिकार, खाद्य...
-
२०७६ चैत्र ८, शनिबार
सोमबारदेखि पशुपतिमा विशेष पूजा बन्द
कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । कोषले...
-
२०७६ चैत्र ७, शुक्रबार
नेपाल स्काउटले ५० स्थानमा हात धुने तथा स्यानिटाइजर स्टेशन राख्ने
काठमाडौं– विश्वभर फैलिएको कोरोनाको महामारी विरुद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाइजर स्टेशन राख्ने भएको छ । नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले दिएको जानकारीअनुसार उपत्यकाका ५० स्थान छनोट गरी ३ देखि ५ जनाको प्रशिक्षित स्वयंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग, पर्चा वितरण लगायतका कार्य गर्नेछन् ।...
-
२०७६ चैत्र ७, शुक्रबार
कोरोना जोखिम पूर्वनियन्त्रणमा सहयोग गर्न नेवाः देय् दबूको सर्कुलर
काठमाडौं– नेवाः देय् दबूले आफ्ना सम्पूर्ण तहका समिति, आबद्ध जातीय संघसंस्था, संघसंस्था तथा सम्बन्धित सबैमा कोरोना भाइरसको सम्भावित संक्रमण र जोखिम नियन्त्रणका लागि पूर्वतयारी गर्न तथा विशेष सतर्कता अपनाउन विशेष सर्कुलर जारी गरेको छ । नेवाः देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकारद्वारा हस्ताक्षरित चैत ६ गते जारी अपीलमा कोरोना भाइरस नियन्त्रण पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन चैत ५ गते नेपाल...
-
२०७६ चैत्र ७, शुक्रबार
चैत २१ गतेसम्म अदालत बन्द रहने
सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
-
२०७६ चैत्र ७, शुक्रबार
तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडे
कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् । महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । महाशाखाका अनुसार सरकारले स्कुल÷कलेज बन्द तथा बढी भिडभाड हुने...


