STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ चैत्र १७, सोमबार

    समाचारप्रति कीर्तिपुरको हिलटाउन स्कुलको ध्यानाकर्षण

    कीर्तिपुर– स्कुलको नाम जोडी कोरोना भाइरससम्बन्धी विभिन्न संचारमाध्यममा प्रकाशित समाचारप्रति हिलटाउन स्कुलले एक ध्यानकर्षण पत्र सार्वजनिक गरेको छ । कीर्तिपुर वडा नं. १ बाघभैरव क्षेत्रस्थित हिलटाउन स्कुलका सुरक्षागार्ड दीपक लावतीकी दुबईबाट फर्किएकी बहिनी कल्पना लावतीलाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएको थियो । यो घटना समाचारको रुपमा बाहिरिएपछि यसले निम्त्याएको त्रासको...

  • २०७६ चैत्र १७, सोमबार

    पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा

    कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ । पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट, आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई निःशुल्क शवदाहको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार...

  • २०७६ चैत्र १६, आइतबार

    आठ दिनको लागि लकडाउन लम्बियो

    काठमाडौं– सरकारले आठ दिनको लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा लकडाउन लम्ब्याउने निर्णय भएको हो । कोरोना संक्रमणको जोखिम अझै यथावत रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसअघि कोरोना रोकथाम र नियन्त्रणको लागि गठित उच्चस्तरीय समितिको बैठकमा अहिले जारी लकडाउनलाई १४ दिनसम्म बढाउन...

  • २०७६ चैत्र १६, आइतबार

    कीर्तिपुरमा कोरोना लक्षण मिल्दोजुल्दो बिरामी

    काठमाडौं– कीर्तिपुर वडा नं. १ बाघभैरवस्थित हिलटाउन स्कुलमा कोरोनासँग लक्षण मिल्दोजुल्दो बिरामी भेटिएका छन् । उक्त स्कुलमा बस्दैआएका स्कुलकै सुरक्षाकर्मी दीपक लावतीकी बहिनी कल्पना लावतीलाई कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ । कल्पना लावती ९ दिनअघि दुबईबाट फर्किएर आफ्ना दाजु कार्यरत स्कुलमा बस्दै आएका हुन् । आइतबार (चैत १६ गते) साँझ ६ः३० बजे कल्पना लावतीलाई कीर्तिपुर...

  • २०७६ चैत्र १६, आइतबार

    अर्को एक साताको लागि लकडाउन थप्ने तयारी

    काठमाडौं– कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले गत मंगलबारदेखि लागु गर्दैआएको लकडाउन थप एक साताको लागि थप्ने तयारी भइरहेको छ । चैत १८ गते बिहान ६ बजेसम्म अहिलेको लकडाउन यथावत रहनेछ । तर यसअघि नै लकडाउनको समय थपिने तयारी भइरहेको छ । कोरोना संक्रमण नियन्त्रणमा जनतालाई घरमै राख्नु उपयुक्त विकल्प देखिएकोले लकडाउनको समयसीमा बढाउन लागिएको स्रोतले जनाएको छ । यसको लागि आज दिउँसो ४ बजे...

  • २०७६ चैत्र १६, आइतबार

    कोरोना अस्पतालमा एकको मृत्यु, कोरोना संक्रमणको आशंका

    काठमाडौं– रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । उनको मृत्यु कोरोना संक्रमणको कारण भएको आशंका गरिएको छ । तर उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छैन । उनको स्वाब परीक्षणको लागि काठमाडौं ल्याइएको भए पनि रिपोर्ट आउन बाँकी छ । पाल्पा स्थायी घर भएका ३३ वर्षीय ती युवक उक्त कोरोना अस्पतालमा उपचाररत थिए । चैत ६ गते युएईबाट काठमाडौं आएर ७ गते बस चढी ती युवक...

  • २०७६ चैत्र १५, शनिबार

    चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने

    तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ । स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौ आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेपछि...

  • २०७६ चैत्र १५, शनिबार

    बसमार्फत १४८ विदेशी पर्यटक काठमाडौँ पठाइयो

    लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटक आज बसमार्फत काठमाडौँं पठाइएको छ । लकडाउनसँगै होटेल तथा रेष्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडाँ सम्म पु¥याउन पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले स्थानीय प्रशासनसँग पहल गरेका थिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार अधिकांश विदेशी राष्ट्रका राजदूतावासमार्फत आफ्ना देशका नागरिकलाई...

  • २०७६ चैत्र १४, शुक्रबार

    प्रधानमन्त्री ओली अस्पताल भर्ना

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार (चैत १३ गते) बेलुका ओलीले अस्वस्थ महसुस गरेपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा भर्ना गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको मुटुको चालमा गडबडी देखिएको भए पनि शुक्रबार बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले जनाएको छ । स्रोतले जनाएअनुसार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपरे पनि धेरै व्यस्त...

  • २०७६ चैत्र १४, शुक्रबार

    कोरोना उद्धार कोषमा उद्योगपति मानन्धरको सहयोग

    काठमाडौं– उद्योगपति लक्ष्मीदास मानन्धरले कोरोनासम्बन्धी सरकारको उद्धार कोषको लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् । कोषको लागि उनले आफू स्वयं अध्यक्ष रहेको उद्योग वाणिज्य महासंघलाई उक्त रकम हस्तान्तरण गरेका छन् । महासंघले सरकारद्वारा गठित कोषको लागि रकम संकलन गरिरहेको छ । संकलित रकम केही दिनपछि सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको मानन्धरले जनाएको छ ।

  • २०७६ चैत्र १४, शुक्रबार

    चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

    चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि...

  • २०७६ चैत्र १४, शुक्रबार

    लकडाउनको पूर्ण पालना गर्न मेयर शाक्यको अनुरोध

    काठमाडौं– सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न काठमाडौं महानगरपालिकाया मेयर विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरबासीमा अनुरोध गरेका छन् । शुक्रबार (चैत १४ गते) काठमाडौंस्थित राष्ट्रिय सभागृहको कार्यालयमा जनजाति खबरसँग कुरा गर्दै मेयर शाक्यले लकडाउन पालना गर्नुभनेको सम्पूर्ण काठमाडौंबासीकै भलाइको लागि भएको बताएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रास...

Pages