STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ माघ २३, बुधबार

    सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा

    काठमाडौं - साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जना ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने, उनका साझेदार छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्धिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल...

  • २०८१ माघ २३, बुधबार

    राष्ट्रपति पौडेल र बेलायती राजकुमार‍बिच भेट

    काठमाडौं - राष्ट्रपति पौडेल र बेलायतका राजकुमार एडवार्डबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा पौडेलले जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषय भएको र यसको समाधानका लागि सबै लाग्नुपर्ने बताए।   जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई...

  • २०८१ माघ २३, बुधबार

    पाथीभरा केबलकार निर्माण रोकियो, आन्दोलनकारी र सरकारबिच सहमति

    काठमाडौं - पाथीभरा केबलकार निर्माण तत्कालका लागि रोकिने भएको छ । सरकार र आन्दोलनरत पक्षबीच मंगलबार भएको वार्तामा तत्कालका लागि  निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो । स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ । सरकार र संघर्षरत समूहको वार्ताटोलीबीच ६ बुँदे सहमति भएको बताइएको छ । केबलकार निर्माणविरूद्ध मुक्कुमलुङ संरक्षण संयुक्त स‌ंघर्ष समिति, केबलकार खारेजी...

  • २०८१ माघ २१, सोमबार

    पाथीभरा केबलकार विवाद समाधान गर्न छलफल सुरु

    काठमाडौँ,ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु गरेको छ । यसै क्रममा वार्ता टोलीले आज सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ताटोलीसँग छलफल गरेको छ । “काठमाडौँ उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेका छौँ, प्रारम्भिक छलफल भइरहेको छ”,...

  • २०८१ माघ २१, सोमबार

    आवासीय चिकित्सकहरूद्वारा काठमाडौँ केन्द्रित आन्दोलन घोषणा

    काठमाडौं - आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथिको चरम श्रम शोषणका विरुद्ध अन्तिम चेतावनीसहित विगत ६ दिनदेखि आन्दोलन गर्दै आएका आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले भोलिदेखि देशभरका चिकित्सकहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । नेपालका विभिन्न मेडिकल...

  • २०८१ माघ २१, सोमबार

    आज सरस्वती पूजा, हनुमानढोकामा वसन्त श्रवण

    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।  यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति...

  • २०८१ माघ २१, सोमबार

    ‘नो केबलकार’का आन्दोलनकारी र प्रहरीबीच झडप

    झापा - ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको छ।  आइतबार  दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेका थिए। त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा...

  • २०८१ माघ २०, आइतबार

    शेर्पा संघ अध्यक्षमा लोपप्रिय गायिका पाल्मु शेर्पा

    लोकप्रिय गायिका पाल्मु शेर्पा  शेर्पा कलाकार संघको तेश्रो अधिवेशनबाट अध्यक्ष पदमा चयन भएकी छन् । नेपाल शेर्पा संघको भवन काठमाण्डौमा सम्पन्न अधिवेशनले लोकप्रिय गायिका शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्ष छोङबा शेर्पा, महिला उपाध्यक्ष छोकी शेर्पा, महासचिव सोनतेन्जी शेर्पा, सचिव दाबुटी शेर्पा र कोषाध्यक्षमा पेमा याङजी शेर्पा चयन भएको प्रवक्ता सोनाम याङजी शेर्पाले...

  • २०८१ माघ २०, आइतबार

    नेपालभाषा एकेडेमीको नयाँ चान्सलर मल्ल के सुन्दर

    नेपालभाषाको साहित्यिक र बौद्धिक क्षेत्रको एकमात्र  प्राज्ञिक  संस्था नेपालभाषा एकेडेमीको नयाँ चान्सलरको रुपमा मल्ल के सुन्दर  सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न एकेडेमीको चौबिसौं वार्षिक सभाबाट मल्ल सर्वसम्मत रुपमा चान्सलर चयन भएका हुन् । एकेडेमीको विधान अनुसार सम्पन्न कार्यकारिणी समिति चयन प्रक्रिया मा मल्ल चान्सलर  डा पुष्पराज राजकर्णिकार भाइस चान्सलर  , महेन्द्र गोपाल कर्माचार्य सदस्य सचिव...

  • २०८१ माघ १७, बिहिबार

    अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

    बागलुङ - बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।   कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए। उनका...

  • २०८१ माघ १७, बिहिबार

    आज सोनाम ल्होसार, देशैभरि सार्वजनिक बिदा

    काठमाडौं - तामाङ समुदाय आज सोनाम ल्होसार पर्व मनाउँदैछन्। यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।  तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन्। ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ।  सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो। डम्फु...

  • २०८१ माघ १६, बुधबार

    ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा

    कञ्चनपुर - कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको हो । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)का चराविद् हिरुलाल डगौराले...

Pages