STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ माघ ११, शुक्रबार

    ग्रीनल्याण्ड पब्लिक स्कुललाई प्रोस्पेरिटी नेपाल अवार्ड

    लाइफ एशोसिएसन एपीयस इटलीले हरेक वर्ष खुशीको मार्ग अन्तर्गत विभिन्न अवधारणमा गरिएको कार्य सम्पादनको मूल्याङ्कनको आधारमा विद्यालयलाई प्रदान गर्ने अवार्ड यस पटक चितवनको भरतपुरमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले ‘प्रोस्पेरिटी नेपाल अवार्ड २०२५’ प्राप्त गरेको छ ।   विद्यालयलाई उक्त अवार्ड सँगै विद्यालयका प्राचार्य इन्दिरा कार्कीलाई समेत ‘एप्लाइड काइन्डनेस’ शीर्षकमा मानार्थ डिग्री प्रदान गरिएको छ ।...

  • २०८१ माघ ११, शुक्रबार

    सर्वोच्चले रिट खारेज गरेसँगै सरकारी सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोग बढाइँदै

    काठमाडौं - सरकारले विभिन्न सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोग बढाउने तयारी गरेको छ । गत असारमै सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । तर, नागरिकलाई सास्ती हुने गरी सरकारले निर्णय गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट परेको थियो । जसमा केही दिनअघि सर्वोच्चले सरकारी निर्णयविरुद्धका रिट खारेज गरिदिएको थियो । सर्वोच्चले रिट खारेज गरेसँगै...

  • २०८१ माघ ९, बुधबार

    अदालत हाजिर हुन भैरहवा पुगे रवि लामिछाने

    काठमाडौं - बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्।  आफूविरुद्ध दायर भएको मुद्दाबारे अदालतमा उपस्थित भएर बयान दिन उनी मंगलबार काठमाडौंबाट बुद्ध एयरको जहाजर्फत भैरहवा पुगेका हुन्।  लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता भएको थियो।

  • २०८१ माघ ८, मंगलबार

    राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

      काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

  • २०८१ माघ ८, मंगलबार

    मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन

    मकवानपुर - सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ । थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  प्रनाउ अर्यालका अनुसार, ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो । यसैगरी,...

  • २०८१ माघ ८, मंगलबार

    स्ववियु निर्वाचन चैत ५ गते गर्ने सहमति

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ। त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए। यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो। विद्यार्थी कल्याण तथा खेलकुद...

  • २०८१ माघ ८, मंगलबार

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशी ५० लाख धरौटीमा रिहा

    काठमाडौं - काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि, सोही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएको थिए । पूर्वडीआईजी...

  • २०८१ माघ ७, सोमबार

    अधिवक्ता त्रिपाठीमाथिको कुटपिट आरोपमा तीनजना पक्राउ

    काठमाडौं - प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झापा बुद्ध शान्ती गाउँपालिका-४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरिएको हो । योसँगै त्रिपाठीमाथि कुटपिट आरोपमा पक्राउ परेका व्यक्तिहरूको संख्या ३ जना पुगेको छ । यसअघि हुम्ला अदानचुली गाउँपालिका- ४ घर भई...

  • २०८१ माघ ६, आइतबार

    चराको बासस्थान लोप हुँदै

    जानकी - राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । “प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ”, उनले भने, “यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन्”, निकुञ्ज...

  • २०८१ माघ ६, आइतबार

    पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट, दुई जना पक्राउ

    झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ। प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाएको छ। बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीको भनाई छ। कुटपिटबाट थापा घाइते भएका छन्। उनको आँखामा चोट लागेको छ। थापा बिर्तासिटी...

  • २०८१ माघ ४, शुक्रबार

    थारू समुदायले वरघर छान्दै

    कञ्चनपुर,यहाँका थारू गाउँमा वरघर ९भलमन्सा० छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको छ । वरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् । वरघरसँगै थारू समुदायले...

  • २०८१ माघ ४, शुक्रबार

    भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’

    डम्मर बुढामगर ढोरपाटन , निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ...

Pages