राष्ट्रिय
-
२०८१ माघ १६, बुधबार
काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने
काठमाडौँ, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस कायम...
-
२०८१ माघ १६, बुधबार
सहिद दिवस मनाइँदै
काठमाडौँ, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार...
-
२०८१ माघ १६, बुधबार
गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी विधेयकमाथि सुझाव लिइँदै
पोखरा - गण्डकी प्रदेशभित्र मगर र गुरूङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन बनेको विधेयकको प्राररम्भिक मस्यौदामाथि सुझाव सङ्कलनको काम भइरहेको छ । गण्डकी प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने तयारीसहित प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले जिल्लास्तरमा सुझाव सङ्कलनको काम गरेको हो । मन्त्रालयका सचिव नवराज ढकालले स्याङ्जा, तनहुँ, लमजुङ, बागलुङलगायतका ठाउँमा पुगेर सरोकार भएका...
-
२०८१ माघ १५, मंगलबार
राख्न नचाहे बाबुको नाम नागरिकतामा नरहने प्रस्ताव संसदमा पेश
काठमाडौं - सरकारले नागरिकतामा बुबाको नाम उल्लेख गर्न नचाहनेको मागलाई सम्बोधन गर्दै नागरिकतासम्बन्धी विधेयक संशोधनका लागि प्रस्ताव संसद् पुर्याएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनको विधेयक संसद् सचिवालयमा दर्ताका लागि पत्र पठाएका हुन् । “१ (क) उपदफा (५) बमोजिम दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा र कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर...
-
२०८१ माघ १५, मंगलबार
आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौँ - आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गरेको हो । मंगलबार उनीविरुद्ध बयान र थुनछेक भएन । शुक्रबार उनलाई बयान र थुनछेकको लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। आशिका सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको...
-
२०८१ माघ १४, सोमबार
अमेरिकाबाट दुई नेपाली निष्कासित
काठमाडौं - अमेरिकाले दुईजना नेपालीलाई निष्कासित गरेको छ। गैरकानुनी तरिकाले बसरहेका उनीहरूलाई अमेरिकाले गत साता निष्कासित गरेको हो। स्रोतका अनुसार शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासित गरेको हो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासित गरिएको स्रोतको भनाइ छ। शेर्पालाई एयर इन्डियाको विमान र श्रेष्ठलाई कतार एयरलायन्सको विमानबाट नेपाल फर्काइएको थियो। त्यस्तै...
-
२०८१ माघ १४, सोमबार
बिदाका दिन सरकारी गाडी चलाउन प्रशासनको पास अनिवार्य
काठमाडौं - बिदाका दिन सरकारी गाडी चलाउन अनिवार्य पास लिनुपर्ने सूचना जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको सञ्चालनसम्बन्धी सूचना जारी गर्दै पासबिना गाडी सञ्चालन गर्न नपाइने जानकारी दिएको हो । प्रशासनको सूचनाअनुसार, झन्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने गाडी, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाका सवारी साधनहरूका लागि भने पासको...
-
२०८१ माघ १४, सोमबार
महाभारत जङ्गलको डढेलो नियन्त्रणमा
काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा आएको छ । गत मङ्गलबार दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको थियो । उक्त डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ शुक्रबार हेलिप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगलागी...
-
२०८१ माघ १४, सोमबार
आशिका तामाङ काठमाडौंबाट १० हजार धरौटीमा रिहा
आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गरेको छ। गौशालाका प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। तामाङ माघ २ गते पक्राउ परेकी थिइन्। उनले धरौटी बुझाएपनि प्रहरीले उनलाई पुन: पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाउने...
-
२०८१ माघ १३, आइतबार
दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा गर्ने बनारसीधाममा मेला
काठमाडौँ, दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ । यसवर्ष यही माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आइपुग्नुभएका उहाँ चार सय वर्षअघिदेखि...
-
२०८१ माघ १३, आइतबार
पाथीभरा केबलकार घटना : वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोगको आग्रह
काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अनुरोध गर्दै उक्त आग्रह गरेको हो । “विकास निर्माणका क्रममा आउन सक्ने यस प्रकारका असहमति र...
-
२०८१ माघ ११, शुक्रबार
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
काठमाडौं - राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको पनि शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि तीनवटै बाइपासको ब्रेक थ्रु भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको यो...


