STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ १६, बिहिबार

    कर्णाली एक्स्पोमा सेल्फी जोन निर्माण हुने

    कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना हुन लागेको हो । सङ्घका अध्यक्ष धनबहादुर...

  • २०७६ माघ १५, बुधबार

    पहिचानविहीन सात जनजाति समुदाय

    झापामा अल्पसङ्ख्यामा रहेका सात आदिवासी समुदाय सरकारको जनजाति सूचीमा छुटेका पाइएको छ । आफ्नै भाषा, संस्कृति र भूगोल भएका मुण्डा, पाहान, खडिया, ग्वाल, कँवर, रौतिया र मालपाँडे जातीय समुदाय जनजातिको सरकारी सूचीकरणमा छुटेका नेपाल मुण्डा उत्थान समितिका सल्लाहकार एवं आदिवासी नेता बन्धन मुण्डाले बताउनुभयो । अरु पनि थुप्रै जाति अस्तित्वमा रहेका र राज्यले पहिचान नदिएको उहाँको भनाइ छ । “हामीले धेरैपटक आवाज...

  • २०७६ माघ १५, बुधबार

    कोटगाउँ–रायखोर सडक निर्माण शुरु

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, कोटगाउँ–रायखोर सडक निर्माणकार्य शुरू भएको छ । गाउँपालिकाको गौरवको योजनाअन्तर्गत रु ५० लाखको लागतमा मङ्गलबारदेखि सडक विस्तार शुरु गरिएको हो । गाउँपालिकाको विकट पाखपानीको रायखोर मूलपानी, उल्लेरी क्षेत्र जोड्ने गरी सडक विस्तार शुरु भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जा मगरले जानकारी दिनुभयो । पहिलो चरणमा चार किलोमिटरसम्म सडक विस्तार हुने कोटगाउँ–रायखोर सडक निर्माण...

  • २०७६ माघ १५, बुधबार

    बाल यौन शोषण ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक

    बाल यौन शोषण र दुव्र्यवहारलाई लिएर ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार ४६।४ अङ्क प्राप्त गर्दै नेपाल ६ देशमध्ये ३९ स्थानमा रहेको छ । दक्षिण एशिया क्षेत्रमा बङ्गलादेश ३५।३० र पाकिस्तान २८।६ भन्दा माथि तर भारत ५८।२ र श्रीलङ्का ५१।५ रहेका छन् । बालबालिकाको यौन शोषण अन्त्य गर्ने प्रतिबद्धताका साथ विश्वका ९७ देशमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिपिएटी,...

  • २०७६ माघ १५, बुधबार

    थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द गर्न निर्देशन

    बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय जिप्रका ले बजार अनुगमन शुरु गरेको छ । जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन ग¥यो । उपभोक्ताको गुनासो आएपछि थापा फुड्स...

  • २०७६ माघ १५, बुधबार

    पर्वतमा पहिलो पटक लगानी बहस आयोजना

    जिल्लामा नयाँ व्यावसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि बिहीबार लगानी बहस कार्यक्रम आयोजना गर्न लागिएको हो । पछिल्लो समयमा साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रहरुको खोजी र लगानी सुनिश्चित गर्न बहस कार्यक्रम आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । पर्वतमा खानी...

  • २०७६ माघ १५, बुधबार

    कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ

    नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो । नवनिर्मित सेन्टरको शुभारम्भ कार्यक्रममा प्रदेशसभा सदस्य केशव पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले तीनवटै सरकारको उच्च...

  • २०७६ माघ १५, बुधबार

    लग्जेम्बर्गका विदेशमन्त्री आउँदै

    लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ । आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध...

  • २०७६ माघ १५, बुधबार

    कृषकलाई अनुदानको ठाउँमा नयाँ प्रविधिको माग

    पाल्पामा युवाहरुलाई कृषि व्यवसाय गर्न कृषिमा अनुदान रकम प्रोत्साहनस्वरूप उपलब्ध गराइएको छ । अनुदान रकमले केहीले सही ठाउँमै राम्रै सदुपयोग गरेका छन् त केहीले अनुदान लिनका लागि मात्र व्यवसाय गरेको पाइएको छ । यसबाट राज्यले जुन उद्देश्यले बजेट दिएको छ सोअनुसार सही ठाउँमा उपयोग नभएको रामपुरका कृषकको गुनासो छ । रामपुर नगरपालिका–४ को कार्यालयले आयोजना गरेको कृषकसँगको अन्तरक्रिया कार्यक्रममा कृषकले...

  • २०७६ माघ १५, बुधबार

    लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने

    पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यही माघ २० गते...

  • २०७६ माघ १५, बुधबार

    ल्यान्डफिल्ड साइट आसपासका १० स्थान अति प्रभावित

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित...

  • २०७६ माघ १५, बुधबार

    नेपाललाई हाम्रै पालामा विकसित गराउन लालायित छौँः एनआरएनए अध्यक्ष पन्त

    गैरआवासीय नेपाली सङ्घ एनाआरएनएका अध्यक्ष कुमार पन्तले नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूहरु लागिपरेको बताउनुभएको छ । रासससँगको अन्तवार्ता मङ्गलबारमा उहाँले सङ्घको विशाल सञ्जाललाई नेपाल सरकारले प्रयोग गरी नेपाललाई समृद्ध र विकसित पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली सङ्घ विशाल मञ्च हो, यो विशुद्ध सामाजिक संस्था हो । नेपालको समृद्धिमा...

Pages