राष्ट्रिय
-
२०७६ माघ १६, बिहिबार
प्रधानमन्त्रीबाट शहीदप्रति श्रद्धाञ्जलि अर्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । यसअघि बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट...
-
२०७६ माघ १६, बिहिबार
मासुचिउरा पाएपछि बालबालिका खुशी
तनहुँको म्याग्दे गाउँपालिका कार्यालयद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै गएको र बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको छ । कक्षा १–३ का ११ र १–५ का १० गरी २१ विद्यालयमा दिवा कार्यक्रम लागू गरिएको सूचना अधिकारी बुद्धिसागर खनालले जानकारी दिनुभयो । दिवा खाजा कार्यक्रमबाट २१ विद्यालयका ६२८ छात्रछात्रा लाभान्वित भएका छन् । आर्थिक वर्ष...
-
२०७६ माघ १६, बिहिबार
खम्ब गाडिएको छ वर्षपछि हात्तीवाङमा बिजुली
इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा विद्युतको पोल गाडेको छ वर्षपछि बिजुली बलेको छ । धादिङ जिल्लाबाट तार विस्तार गरेर सो क्षेत्रमा बिजुली बाल्ने काम भएको हो । सांसद कृष्णभक्त पोखरेलले विद्युतीकरणको शुभारम्भ गर्दै बाँकी रहेका क्षेत्रमा छिट्टै बिजुली पुग्ने जानकारी दिनुभयो । प्रदेशसभा सदस्य घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष...
-
२०७६ माघ १६, बिहिबार
शान्ति र विकासमार्फत शहीदप्रति सच्चा सम्मान
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येयलाई आत्मसात् गर्न सबैमा आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले २००७ सालदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीद र नेपाली धर्तीले जन्माएका सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ...
-
२०७६ माघ १६, बिहिबार
पूर्ण सरसफाइ अभियान शुरु
बिर्तामोड नगरपालिकासहित गौरीगञ्ज र कमल गाउँपालिकाका १४ वडामा ‘नमूना पूर्ण सरसफाइ अभियान’ शुरुआत गरिएको छ । अभियानअन्तर्गत ती वडालाई पूर्ण सरसफाइ उन्मुख बनाइने भएको छ । सन् २०३० सम्ममो देशलाई नै पूर्ण सरसफाइ उन्मुख बनाउने सरकारी लक्ष्यअनुसार तीन स्थानीय ती वडाका १५ बस्तीमा नमूनाका रुपमा पूर्ण सरसफाइ अभियानको काम शुरुआत गरिएको विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाइ अभियान संयोजक सोम आचार्यले...
-
२०७६ माघ १६, बिहिबार
शहीदको योगदान सधैँ स्मरणीय छ ः मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ । शहीद दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबैखाले आन्दोलन सफल बनाउन वीर सपुतको बलिदानी रहेको छ भन्नुभयो । सन्देशमा भनिएको छ, “स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ...
-
२०७६ माघ १६, बिहिबार
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् ः २३ हजारलाई मृत्युबाट जोगाइने
आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । स्पेनको बार्सिलोनामा बुधबारदेखि शुरु भएकोे ‘बाल्यावस्थाको निमोनियाको विश्वव्यापी मञ्च ग्लोबल फोरम अन चाइल्डहुड निमोनिया’ पूर्वसन्ध्यामा सो आँकलन प्रतिवेदन सार्वजनिक गरिएको हो । विश्वमा पहिलोपटक सो...
-
२०७६ माघ १६, बिहिबार
शहीदको सपना पूरा गर्न लाग्नुपर्छ ः नेता सिंह
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उहाँले प्रजातान्त्रिक , लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताउनुभयो ।“२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन...
-
२०७६ माघ १६, बिहिबार
कर्णाली एक्स्पोमा सेल्फी जोन निर्माण हुने
कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना हुन लागेको हो । सङ्घका अध्यक्ष धनबहादुर...
-
२०७६ माघ १६, बिहिबार
राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गर्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै...
-
२०७६ माघ १६, बिहिबार
प्रदेश नं २ का मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वसन्त पञ्चमी श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा देश, प्रदेश र विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा उहाँले वैदिककालदेखि नै ज्ञानज्योतिको रूपमा विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै आएको यस पर्वको अवसरमा स्रष्टा, सर्जक र साहित्य, सङ्गीत कलासाधक तथा...
-
२०७६ माघ १६, बिहिबार
श्रीपञ्चमी सरस्वतीको पूजाराधना गरी मनाइँदै
प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।...


