STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ १३, सोमबार

    छ महिनामा पाँच प्रतिशत मात्र खर्च

    जिल्लाका प्रदेश कार्यालयमा विकासका लागि विनियोजन गरिएको बजेट छ महिनामा पाँच दशमलव १० प्रतिशत मात्र खर्च भएको छ । सङ्घीय कार्यालयको पनि विकास खर्च निरासाजनक रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका सूचना अधिकारी शरदचन्द्र भट्टराईका अनुसार प्रदेश सरकारबाट जिल्लाका सरकारी कार्यालयमा विनियोजन गरिएको बजेट रु तीन अर्ब २३ लाख चार हजारमध्ये पूँजीगततर्फ रु दुई अर्ब १६ करोड ५३ लाख तीन हजार बजेट...

  • २०७६ माघ १३, सोमबार

    लागुऔषध र मदिरा नियन्त्रित कर्णाली प्रदेश बनाइने

    कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई लागुऔषध निषेधित र मदिरा नियन्त्रित प्रदेश बनाइने जानकारी दिनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित ‘स्थानीय तहका जनप्रतिनिधिका लागि विपद्् व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले लागुऔषध कारोवार तथा प्रयोगमा पूर्ण निषेध गरिने बताउनुभएको हो । मदिराको...

  • २०७६ माघ १०, शुक्रबार

    नेपालगञ्ज विमानस्थलमा सहायता कक्ष सञ्चालनमा

    विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष विहीबारदेखि सञ्चालनमा छ । गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । काठमाडौँ, धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको जनाइएको छ । उहाँले सहायता कक्ष निर्माण भए पनि...

  • २०७६ माघ १०, शुक्रबार

    वडा कार्यालय बनाउन निःशुल्क जग्गादान

    गलकोट नगरपालिका–६ को भवन निर्माणका लागि स्थानीयवासीले एक रोपनी दुई आना जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । चरौँदीका मानकुमारी उप्रेती, टेकबहादुर उप्रती र तिलक उप्रेतीले करिब रु ५० लाख मूल्य बराबरको जग्गा प्रदान गर्नुभएको वडा कार्यालयले जनाएको छ । जग्गा प्राप्तिसँगै भवन निर्माणको काम तत्कालै अघि बढ्ने वडाध्यक्ष नरबहादुर खत्रीले जानकारी दिनुभयो । “जग्गाको नामसरी वडालाई आइसक्यो”, उहाँले भन्नुभयो, “...

  • २०७६ माघ १०, शुक्रबार

    साक्षरता कक्षा सञ्चालन गर्दै लहान नगरपालिका

    लहान नगरपालिकाले विसं २०७७ असार मसान्तभित्र नगरक्षेत्रलाई पूर्ण साक्षर बनाउन सबै वडामा साक्षरता कक्षा सञ्चालन गर्ने भएको छ । साक्षर नेपाल वर्ष घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले फागुन १ गतेदेखि वडामा साक्षर कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । साक्षर कक्षामा नगरक्षेत्र भित्र रहेका विद्यालयका शिक्षकलाई खटाइने योजना रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख राजकुमार साहले जानकारी दिनुभयो...

  • २०७६ माघ १०, शुक्रबार

    स्वास्थ्य सेवाको पहुँच बढ्दै

    कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा झरेको छ । बालबालिकालाई खोप लगाउने क्रम बढ्दो रुपमा रहेको छ । घर घर पुगेर खोप लगाउने कार्य शुरुआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिनुभयो । कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशत भन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उहाँले दाबि गर्नुभयो...

  • २०७६ माघ १०, शुक्रबार

    बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु

    बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गर्नुभयो । साताव्यापी कार्यक्रमअन्र्तगत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यलगायत जनप्रतिनिधिको सहभागिता थियो ।...

  • २०७६ माघ १०, शुक्रबार

    किन घाम लागे पनि चिसो बढ्दैछ

    काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहँुजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ । अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताउनुभयो । उहाँले चिसो बढे पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र...

  • २०७६ माघ १०, शुक्रबार

    घुँगीको माग बढ्दो, माछासँगै व्यावसायिक पालन गर्न सकिने

    थारू समुदायमा विशेष रुचाइने खाना हो, घुँगी । थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही अब थारू समुदायमा मात्र सीमित रहेन, घुँगी अहिले अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ । घुँगीको लोकप्रियता बढेसँगै पछिल्लो समय पश्चिम नवलपरासीमा यसको माग बढ्न थालेको छ । माघीलगायतका विभिन्न पर्वहरुमा लाग्ने मेला महोत्सवमा घुँगीको स्टल नै राखेर प्रचारप्रसार तथा परिकार बिक्री वितरण गर्न थालिएपछि...

  • २०७६ माघ १०, शुक्रबार

    माधवनारायण पशुपतिमा

    साँखुमा एक महिनासम्म चल्ने माधवनारायण मेलाका क्रममा विभिन्न स्थानमा परदेश यात्रा समेत हुने गर्दछ । यसैक्रममा आज पशुपति आर्यघाटमा माधव नारायणलाई स्नान गराई पशुपतिमा व्रत पूजा गर्ने कार्य सम्पन्न भएको छ । हिजो साँखुबाट बज्रयोगिनी पुगेर त्यहाँ पुजा गरी व्रतालुहरु पशुपतिमा बास बस्न आएका थिए । आज सानो गौचरणमा व्रतालुहरुले भोजन गरीसकेछि फर्पिङमा पुगेर त्यहाँ बास बस्नेछनु भने त्यहाँ भोलि स्नान पूजा...

  • २०७६ माघ १०, शुक्रबार

    पाँचखालमा भेटिएको ‘स्तम्भ’ प्राचीन भएको पुष्टी

    खोज तथा अनुसन्धानका क्रममा पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा फेला परेको ‘स्तम्भ’ प्राचीन भएको पुरातत्व विभागले पुष्टि गरेको छ । करीब चार महिनाअघि भेटिएको उक्त स्तम्भ प्राचीन शिखरशैली मन्दिरको मूलद्वार अघिल्तिर रहने दुई थाममध्येको एउटा खण्ड हो भन्ने अनुमान गर्न सकिने विभागले जनाएको हो । उक्त स्तम्भ प्राचीन भएको विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले बताउनुभयो । उहाँका अनुसार विभिन्न अभिलेख...

  • २०७६ माघ १०, शुक्रबार

    सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित

    दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ । उहाँका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एकछोरा सशस्त्रप्रहरी बलमा कार्यरत रहेका छन् । गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गर्नु भएको थियो । छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बताउनुभयो ।...

Pages