STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ मङ्सिर २२, शनिबार

    बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’

      ढोरपाटन ,बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइँसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् । बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई सहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बूढापाकाबाहेक अन्यलाई भेट्याउन सकिन्न ।  काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा, जापान, कोरिया र अष्ट्रेलियामा छन् भने...

  • २०८१ मङ्सिर २२, शनिबार

    टुरिजम सिस्टहुड नेपालको अध्यक्षमा मलेखु चयन

    काठमाडौँ, २२ मङ्सिरः पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड नेपाल एसोसिएसन’को अध्यक्ष पदमा जुनु मलेखु निर्वाचित हुनुभएको छ । एसोसिएनको शुक्रबार साँझ सम्पन्न छैटौँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट मलेखुको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । क्याथे प्यासिफिक एयरलाइन्सको नेपाल प्रमुख मलेखु डेढ दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील...

  • २०८१ मङ्सिर २२, शनिबार

    पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी

    काठमाडौँ, यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, बिष्टले...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

      त्रिशूली, २१ मङ्सिरः बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताउनुभएको हो । मुख्यमन्त्रीले पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ आवश्यक भएको बताउँदै त्यसनिम्ति कानुन बनाएर त्यसलाई...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

      घोडाघोडी, मङ्सिरः यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ । थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भनेभजहर गर्मीयाम सुरु भएसँगै...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    विपिन जोशी जिउँदै छ, उनी चाँडै फर्किनेछन् : इजरायल

    इजरायलमा प्यालेस्टिनी समूह हमासको हमलापछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ। नेपालका लागि नवनियुक्त इजरायली राजदूत समुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको दाबी गरेका छन्। ‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ,’ राजदूत वासले बिहीबार काठमाडौँमा पत्रकारहरूसँगको भेटमा भने, ‘हाम्रा लागि विपिन निकै...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    आज विवाह पञ्चमी: जनकपुरमा राम र सीताको विवाह उत्सव

    काठमाडौै -​ मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। ​त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्।​  त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    भुटानका राजा-रानी आज काठमाडौं आउँदै, स्वयम्भु र बौद्ध जाने

    काठमाडौं- भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदैछन्। उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लागेका हुन्। उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ। भुटानका राजा काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ। उनी काठमाडौं आउने सूचना पाएपछि बुधबार नै...

  • २०८१ मङ्सिर २०, बिहिबार

    तीन श्रष्टा सम्मानित

      काठमाडौँ, स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो । स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र सङ्गीतमा विशेष योगदान दिनुभएका...

  • २०८१ मङ्सिर २०, बिहिबार

    चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

      काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक...

  • २०८१ मङ्सिर १९, बुधबार

    माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

      फिक्कल (इलाम),माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक...

  • २०८१ मङ्सिर १९, बुधबार

    नेपाल र चीन प्राचीन ज्ञानका भूमिः प्रधानमन्त्री ओली

      बेइजिङ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो । “विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्व हाम्रो समाजको अडिग आधार...

Pages