राष्ट्रिय
-
२०८१ मङ्सिर १३, बिहिबार
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ, १३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/ ८१ को १६ औँ वार्षिक प्रतिवेदन आज पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गर्नुभएको हो । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान...
-
२०८१ मङ्सिर १२, बुधबार
प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन । परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको...
-
२०८१ मङ्सिर १२, बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा दिइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो । यस वर्षको ज्यापू दिवस तथा...
-
२०८१ मङ्सिर १२, बुधबार
अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित
गोरखा, १२ मङ्सिर स् गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि...
-
२०८१ मङ्सिर १२, बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
महेन्द्रनगर (धनुषा), मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी कडरियाले रासससँग कुरा गर्दै भन्नुभयो, “विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको...
-
२०८१ मङ्सिर १०, सोमबार
बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा
महेन्द्रनगर (धनुषा),नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आउनुभएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले ऋण लिनु ठीक नभएर अहिले...
-
२०८१ मङ्सिर १०, सोमबार
विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन
गोरखा, गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपर रहेका विभिन्न उन्नाइस स्थानमा पहिराको नक्शाङ्कन गरिएको छ । पहिराले मानवबस्ती, समुदाय, खेतीयोग्य जमिन तथा भौगोलिक रूपमा पुर्याउनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि नक्शाङ्कन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । गाउँपालिकाको पहलमा भू–तथा जलाधार व्यवस्थापन...
-
२०८१ मङ्सिर ९, आइतबार
उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
काठमाडौँ, सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ । मन्त्रालयमा आज भएको ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समिति’को बैठकले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान...
-
२०८१ मङ्सिर ९, आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
दमौली (तनहुँ), बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताउनुभयो । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ । भियतनामका इन्जिनियरको...
-
२०८१ मङ्सिर ७, शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
कमलकुमार बस्नेत काठमाडौँ, ७ मङ्सिरः मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् । यी मोटरबोटहरुले स्थानीय तहमा पर्यटकीय तथा आर्थिक गतिविधि मात्रै बढाएका छैनन्, स्थानीय तहको राजस्वको गतिलो माध्यम पनि बनेका छन् । साथै, मोटरबोटप्रतिको आकर्षणले ती क्षेत्रमा पर्यटनको नयाँ...
-
२०८१ मङ्सिर ६, बिहिबार
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुने
सुदूरपश्चिम,गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो...
-
२०८१ मङ्सिर ५, बुधबार
ढुङ्गाना र तुलाधर बिना नेपालमा शान्ति सम्भव थिएन’
काठमाडौँ, नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउन र १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्यमा पूर्वसभामुख दमननाथ ढुङगाना र पूर्वमन्त्री पद्मरत्न तुलाधरको विशिष्ट योगदान रहेको स्मरण गरिएको छ । तत्कालीन सरकार र विद्रोही नेकपा माओवादी बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १८ वर्ष पूरा गरेको अवसरमा शान्ति सम्झौतामार्फत द्वन्द्व व्यवस्थापन गर्दै मुलुकलाई सङ्घीय...


