STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ पौष ४, शुक्रबार

    क्षेत्रीय सडक कालोपत्र शुरु

    क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रको काम शुरु भएको छ । कुडुले चोकदेखि– मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडकमा कालोपत्रको काम शुरु भएको हो । गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको पहलमा गण्डकी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४२ करोडको लागतमा सो सडक स्तरोन्नतिसँगै...

  • २०७६ पौष ४, शुक्रबार

    प्रवासी नेपालीद्वारा रु पाँच लाख सहयोग

    करेन्ट लागेर घाइते हुनुभएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । कष्टकरपूर्ण जीवन बिताइरहनुभएका थापालाई समाजले रु पाँच लाख ४५ हजार ३०० आर्थिक सहयोग गरेको हो । युकेमा रहेमा नेपालीहरुबाट सङ्कलन गरिएको उक्त रकम समाजका उपाध्यक्ष केशरबहादुर राना र भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घाइते थापा र उहाँका...

  • २०७६ पौष ४, शुक्रबार

    खरको छानो विस्थापन हुँदै

    “आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन”, जाजरकोटको बारेकोट गाउँपालिका–६ ताँसीगाउँका गोरखबहादुर नेपालीले भन्नुभयो, “अहिलेसम्म खरको छानामुनि बस्दै आएका थियौँ । अब खर विस्थापित गरेर जस्तापाताले घर छाउन गाउँपालिकामार्फत सङ्घीय सरकारले सहयोग गर्ने खबरले खुशी छु  ।” खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा बढी हुने भन्दै उहाँले सजिलै...

  • २०७६ पौष ४, शुक्रबार

    दिवा खाजाले विद्यार्थीको सङ्ख्यामा वृद्धि

    यहाँस्थित विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए । विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो । पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका...

  • २०७६ पौष ४, शुक्रबार

    इमान्दारीको नमूना ः नगदसहित भेट्टाइएको झोला फिर्ता

    म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनीदेखि दानातर्फ जाने क्रममा जीपको झ्यालबाट खसेर बिहीबार अपराह्न हराएका झोला फेला पार्नुभएका रघुगङ्गा गाउँपालिका–२ पञ्चासेका झलक शर्र्माले सम्बन्धित व्यक्तिको खोजी गरी सो सामग्री हस्तान्तरण गर्नुभएको हो । बेनी–गलेश्वर...

  • २०७६ पौष ४, शुक्रबार

    महोत्तरीमा शीतलहरले सकसः चिसो बढेपछि विद्यालय बन्द

    दिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको हुँदा नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय आजदेखि आउने सोमबारसम्मका लागि बन्द गरिएका हुन् । बिहीबार नगर कार्यपालिकाको शिक्षा शाखाले आउने सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख ज्ञानेन्द्र यादवले...

  • २०७६ पौष ४, शुक्रबार

    सवारी चालक अनुमतिपत्र नपाउँदा सेवाग्राही समस्यामा

    सवारी चालक अनुमतिपत्र समयमा नपाउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था कार्यालय भेरीमार्फत चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै ४५ हजार सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाउन नसकेको निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले बताउनुभयो । सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक...

  • २०७६ पौष ४, शुक्रबार

    चिसोबाट प्रभावितलाई सिरक

    विगत केही दिनयता बढेको चसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई सिरक वितरण गरिएको छ । वडा कार्यालयमा बिहीबार आयोजित सिरक वितरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादव र सुखीपुर नगरपालिकाका प्रमुख रामअवतार यादवले संयुक्त रुपमा कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलागरी १६० जनालाई जाडोबाट जोगिन सिरक वितरण गर्नुभयो ।...

  • २०७६ पौष ४, शुक्रबार

    लथालिङ्ग बन्यो खप्तड पर्यटन विकास समिति

    सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ । करोडाँै रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन् । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन । समिति गठन नहुँदा पर्यटन वर्ष २०२० मनाउनमा निकै समस्या उत्पन्न हुने स्थानीयवासीको बुझाइ छ । समिति...

  • २०७६ पौष ४, शुक्रबार

    बालविकास केन्द्रप्रति बढ्दो आकर्षण

    बागलुङ सदरमुकामस्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैंक बागलुङले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद रु २० हजार प्रदान गरेको हो । सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्रमा आउने बालबालिकालाई आवश्यक सामग्री खरिदको लागि प्रदान गरिएको नगद सिद्धार्थ बैंक बागलुङ शाखाका शाखा प्रमुख सुजित...

  • २०७६ पौष ४, शुक्रबार

    प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने

    प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० ९२६ डिसेम्बर० देखि शुरु हुने १८औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो । यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । जनवरी ३ तारिखमा सौराहामा...

  • २०७६ पौष ४, शुक्रबार

    बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता

    हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् । ती समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा बढी चासो दिने भएकाले वीचमा नै...

Pages