राष्ट्रिय
-
२०७६ पौष २, बुधबार
साँघुरो सडक बन्यो डम्पिङसाइड
पोखरा महानगरपालिका–५ र ८ जोड्ने जिरो किलोमिटरस्थित फिर्के खोला पुल क्षेत्रमा सडक साँघुरो छ । त्यो पनि डम्पिङसाइड बन्न थालेपछि स्थानीयवासी आक्रोसित बनेका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको प्रधान कार्यालयबाट पश्चिमतर्फ ७२ मिटर सडक अति साँघुरो भएका कारण उक्त स्थानमा दुर्घटना बढिरहेको स्थानीयवासी मुक्तिनाथ सुवेदीले बताउनुभयो । साँघुरो बाटोका साथै सडकको उत्तर तर्फको केही खाली जग्गामा...
-
२०७६ पौष २, बुधबार
चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा
चन्द्रनगर गाउँपालिका र सिटीइभीटीको संयुक्त साझेदारीमा चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा आएको छ । चन्द्रनगर गाउँपालिकाको बबरगञ्जस्थित श्री दुर्गा खोभारी माध्यमिक विद्यालय भवनमा इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ । आफ्नो भवन नभएसम्म विद्यालयको भवनमा कक्षा सञ्चालनमा ल्याइने बताइएको छ । इन्स्टिच्युटमा अहिले तीनवर्षे सिभिल इञ्जिनीयरिङ र सूचना प्रविधिको पढाइ हुने गाउँपालिकाका प्रमुख प्रशासकीय...
-
२०७६ पौष २, बुधबार
शिक्षामा अलगअलग तीन सङ्घीय ऐनको तयारी
सरकारले विद्यालय तह, उच्चशिक्षा र प्राविधिक धारको शिक्षाका लागि तीन अलगअलग सङ्घीय शिक्षा ऐनको मस्यौदामा तयारी गरिरहेको छ । यसअघि ती तीनै वटा तहलाई समेटेर एकीकृत नयाँ ऐन ल्याउने तयारी भएकामा ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ जारी भएपछि तीन फरकफरक कानूनको आवश्यकता रहेको निचोडमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको हो । सङ्घीय शिक्षा ऐनहरु जारीपछि विद्यमान शिक्षा ऐन ९२०२८० विस्थापन हुनेछ । नयाँ...
-
२०७६ पौष २, बुधबार
नमोबुद्धमा इँटा उत्पादन बन्द
उच्च अदालत पाटन, ललितपुरको आदेश अवज्ञा गर्दै इँटा उत्पादन तथा बिक्री वितरण थालेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित रहेको सत्यनारायण ब्रिक इण्डष्ट्रिज प्रालिले नगरपालिका कार्यालयको आदेश मानेको छ । उच्च अदालतको नमोबुद्धमा रहेका आठ इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न गरेको जारी अन्तरिम आदेशको अवज्ञा गर्दै उक्त प्रालिले मङ्सिर पहिलो सातादेखि इँटा उत्पादन तथा मौज्दात बिक्री वितरण गर्दै आएको थियो ।...
-
२०७६ पौष २, बुधबार
नेवाःएकतादिवसको अपिल
यहीने.सं. ११४० पोहेलाथ्वनवमिपुष १९ गते शनिबार दिउँसो १२ बजे असनचोकमाजनसभाआयोजना गरी दसौं नेवाःएकतादिवस मनाउनगइरहेको सबैमा अनुरोध छ । असनचोकमाहुने सभा अगाडि काठमाडौंको न्युरोड भुगोल पार्कमाबिहान ११ बजे भेलाभइ साँस्कृतिक ¥याली शुरु गर्ने कार्यक्रम रहेको छ । दसौं नेवाःएकतादिवसको अवसरमाहुने कार्यक्रममा सहभागिहुन सबै जातियखलःपुचः संघ संस्थालाई अनुरोध गर्दछौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेवाः...
-
२०७६ पौष १, मंगलबार
नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज
नेपाल कम्युनिस्ट पार्टी नेकपा इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन हुनुभएको छ । यस्तै,...
-
२०७६ पौष १, मंगलबार
बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा
पनौती नगरपालिकाले वडा नं ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याएको छ । नगरप्रमुख भीम न्यौपानेले बर्थिङ सेन्टर र अहिले सञ्चालनमा ल्याएको ल्याब राम्रोसँग सञ्चालन गर्न निर्देशन दिनुभयो । पनौतीको मुख्य बजारमा बढ्दो जनसङ्ख्याको चापलाई ध्यानमा राखेर बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । अहिले पनौतीमा नै अस्पातल निर्माणका लागि पुनःनिर्माण...
-
२०७६ पौष १, मंगलबार
प्रत्येक स्थानीय तहलाई दुई करोड
जिल्ला समन्वय समितिले प्रत्येक स्थानीय तहलाई रु दुई करोड बजेट बाँडफाँड गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको रु ४३ करोडबाट स्थानीय तहलाई चालू आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणार्थ हालै बजेट प्रदान गरिएको हो । जिससले आफ्नो भवन निर्माणका लागि भने रु चार करोड राखेको छ । जिल्लाका १३ स्थानीय तहलाई रु २६ करोड छुट्याइएको हो । “केही गाउँपालिकालाई रु दुई करोडबाट थप सहयोग गर्नुपर्ने...
-
२०७६ पौष १, मंगलबार
चिसो बढेपछि विद्यार्थीको उपस्थिति घट्यो
एक÷डेढ हप्तायता आएर मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि उदयपुरका विभिन्न विद्यालयमा बिद्यार्थीको उपस्थिति घट्न थालेको छ । ह्वात्तै चिसो बढेपछि अहिले जिल्लाका बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिकाका विद्यालयसहित पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षामा विद्यार्थीको उपस्थिति घट्न थालेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् । चिसो बढे्दै गएपछि रौतामाई गाउँपालिकाको...
-
२०७६ पौष १, मंगलबार
शीतलहरले जनजीवन प्रभावित
बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो...
-
२०७६ पौष १, मंगलबार
दुई जिल्ला हेर्ने कार्यालयमा दुई कर्मचारी
नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको सुन्दा अचम्म लाग्न सक्छ, तर वीरगञ्ज महानगरपालिका वडा नं ५ मा यस्तै एउटा सरकारी कार्यालय रहेको छ । उक्त कार्यालयको क्षेत्राधिकार बारा र पर्सा गरी दुई जिल्ला रहे पनि कर्मचारीचाहिँ दुई जना मात्रै छन् । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय वीरगञ्जमा तीन कर्मचारीको दरबन्दी रहे पनि हाल दुई मात्र कर्मचारी रहेका छन् । एक वर्षअघि...
-
२०७६ पौष १, मंगलबार
दर्ताबिनै चलिरहेका छन् साढे ६ हजार उद्योग
दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । यी उद्योगलाई दर्ता प्रक्रियामा ल्याउने गरी प्रक्रिया अघि बढाउनु पर्नेसमेत उहाँको भनाइ छ । “दाङमा...


