राष्ट्रिय
-
२०७६ पौष ८, मंगलबार
कृषकले अलैँचीको लागत मूल्य पनि पाएनन
अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् । जिल्लामा उत्पादित दुई हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये आम्दानी गरेका हुन् । गत वर्षभदा यस वर्ष रु चार करोड पाँच लाख बढी आम्दानी जिल्लाका कृषकले गरेका छन् । गत वर्ष उत्पादित ७५० क्विन्टल बिक्रीबाट कृषहरुले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए । यहाँका...
-
२०७६ पौष ८, मंगलबार
‘शून्य शैक्षिक बेरोजगार’का लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा
शैक्षिक बेरोजगार न्यूनीकरणका लागि वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नाराका साथ सोमबारदेखि वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो । मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक...
-
२०७६ पौष ८, मंगलबार
रानीकोटगढी पर्यटकीय आकर्षणको केन्द्र
सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को ऐतिहासिक रानीकोटगढी, घ्याम्पेडाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बनेको हो । नगरकोट र धुलिखेलपछिको अर्को पर्यटकीय क्षेत्रका रूपमा विकास भएपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् । करोडदेखि अर्बसम्मको लगानीमा होटल...
-
२०७६ पौष ८, मंगलबार
दु्रतमार्ग निर्माणका क्रममा काटिए २८ हजार रूख
नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएको दु्रतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताउनुभयो । तत्काल काट्नै पर्ने भएकाले सो सङ्ख्यामा रूख काटिएको र बाँकी ११...
-
२०७६ पौष ८, मंगलबार
हिल्सानाका सुनसान, चिसो छल्न सबै बेँसी झरेँ
चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो । यहाँ मङ्सिरको अन्तिम सातादेखि भारी हिमपात र तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले कोही बस्न सक्दैनन् । सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा अहिले सुनसान छाएको छ । उत्तरी हिल्सानाका क्षेत्र आसपासमा...
-
२०७६ पौष ८, मंगलबार
चिसोबाट बच्न प्रहरीद्वारा दाउरा वितरण
केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि प्रहरीले आज विदुरमा दाउरा वितरण गरेको छ । चिसोको प्रभाव बढेपछि प्रहरीले आज विदुर, बट्टार, ढुङ्घे र त्रिशूलीसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । नायब उपरीक्षक थापाका अनुसार जाडोका कारण बिहान...
-
२०७६ पौष ८, मंगलबार
इन्द्रेणीपोखरीको मुहार फेरिँदै
खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा रहेको पर्यटकीयस्थल इन्द्रेणीपोखरीको स्तरोन्नति शुरु गरिएको छ । ‘परापूर्वकालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेका’े भन्ने कथन यहाँ रही आएको छ । समुद्री सतहदेखि करीब एक हजार ७०० मिटर उचाइमा रहेको उक्त पोखरी स्तरोन्नतिका गर्न रु एक करोड १० लाख ३१ हजार ४४० रकम विनियोजन गरिएको छ । पोखरी आसपास बालउद्यान, पानीको फोहोरासहितको पोखरी निर्माणलगायतका...
-
२०७६ पौष ७, सोमबार
भक्तपुर विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता शुरु
भक्तपुर नगरपालिकाले नगरव्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता शुरु गरेको छ । प्रतियोगिताको आइतबार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्दै राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडी तयार गर्ने हेतुले विभिन्न खेलको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले भक्तपुर जिल्लाबाट वर्षको उत्कृष्ट खेल प्रदर्शन...
-
२०७६ पौष ७, सोमबार
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनगणना गर्न माग
राष्ट्रिय समाचार समिति रासस का जिल्ला समाचारदाता मोहन पौडेलसहित पश्चिम नवलपरासी र रुपन्देहीका तीनजान सञ्चारकर्मी तथा एक सञ्चारगृहलाई यस वर्षको ‘सशक्तीकरण सम्मान’ प्रदान गरिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिवसको अवसरमा सशक्तीकरण नेपाल नवलपरासीद्वारा आइतबार परासीमा आयोजित कार्यक्रममा समाचारदाता पौडेल, रुपन्देहीका सञ्चारकर्मीद्वय रीमा बिसी र झविन्द्र देवकोटा तथा रेडियो परासी, परासीलाई सो...
-
२०७६ पौष ७, सोमबार
डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’
बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल ९भानु माध्यमिक विद्यालय० को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो । गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी...
-
२०७६ पौष ७, सोमबार
विपन्नलाई सहुलियतमा उपचार
पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीले विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा शुरु गरेको छ । अस्पतालले छुट्टै सामाजिक सेवा एकाइ स्थापना गरी विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा प्रदान गर्न शुरु गरेको हो । एकाइबाट विपन्न, अशक्तलगायत १२ प्रकारका लक्षित वर्गले निःशुल्क वा आर्थिक अवस्थाअनुसार छुटमा उपचार सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिनुभयो । आधारभूत...
-
२०७६ पौष ७, सोमबार
दमकमा तीन दिन विद्यालय बिदा
चिसो अत्यधिक बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय आजदेखि तीन दिनका लागि बन्द भएका छन् । नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नगरका सबै विद्यालय बिदा गर्न सूचित गर्नुभएको हो । अन्य बिदामा मिलान गर्ने गरी बिदा दिन नगरपालिकाको सूचनामा भनिएको छ । त्यस सूचनासँगै नगरका...


