राष्ट्रिय
-
२०७६ मङ्सिर १२, बिहिबार
दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा
विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा एक व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नो छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्य लगाउनुभएको हो । बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २५० महिला र ३०० बालबालिकालाई न्यायो लुगा वितरण गरेको उहाँको पारिवारिक स्रोतले...
-
२०७६ मङ्सिर १२, बिहिबार
स्वच्छतामा ध्यान नदिने पाउरोटी उद्योगमा शिलबन्दी
खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला पारेपछि...
-
२०७६ मङ्सिर १२, बिहिबार
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ । दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ । कपडा, धागोलगायतका उद्योग सञ्चालन गरिरहेको गोल्यान घरानाले नयाँ उद्यममा लगानी बढाएको हो । प्रालिले मदरगाछमा ‘...
-
२०७६ मङ्सिर १२, बिहिबार
महिला हिंसा अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउनुपर्छः मन्त्री गुरुङ
नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने बताउनुभएको छ । उहाँको सम्मानमा बुधबार गृह जिल्ला दोलखामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने...
-
२०७६ मङ्सिर १२, बिहिबार
नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा
नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ । नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसङ्घ र अनेरास्ववियुको बीच छलफल सकेर बाहिर निस्कने क्रममा सो घटना भएको थियो । सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल...
-
२०७६ मङ्सिर १२, बिहिबार
नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर
अति संवेदनशील विष्फोटन पदार्थ इमल्सन उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको...
-
२०७६ मङ्सिर १२, बिहिबार
महिला उद्योमी मेला हुने
उद्योग वाणिज्य सङ्घ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, २०७६ आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो । महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो ।...
-
२०७६ मङ्सिर १२, बिहिबार
अदालतको आदेश विपरित इँटा उत्पादन
अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ । उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो उद्योगले इँटा उत्पादन तथा बिक्री वितरण थालेको हो । उच्च अदालतको आदेशको अवज्ञा गर्दै सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज...
-
२०७६ मङ्सिर १२, बिहिबार
निर्वाचन हुने क्षेत्रमा विद्यालय बिदा
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा आजबाट लागू हुनेगरी तीन दिन सार्वजनिक बिदा दिइएको छ । निर्वाचन कार्यालयले मतदान केन्द्र तोकेका शारदा मावि मौवानगरदह, कोटाञ्जर मावि कोटाञ्जर तथा साउदकडा माविमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जिल्ला निर्वाचन कार्यालयले ती...
-
२०७६ मङ्सिर १२, बिहिबार
ढुक्क हुनुस्, निर्धारित समयमै सकिन्छ धरहरा पुनःनिर्माण
एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ । भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । रु तीन अर्ब ४८ करोड लाग्ने धरहराको पुनःनिर्माणमा हालसम्म रु ६२ करोड सकिएको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त...
-
२०७६ मङ्सिर १२, बिहिबार
उपनिर्वाचनको तयारी पुरा
कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी लगभग पूरा भएको छ । सो क्षेत्रका ८२ वटै मतदानकेन्द्रमा मतपेटिकालगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिसकिएको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराउनुभयो । मतदानअधिकृतसहित खटिएका टोलीले २०७४ सालपछि थपिएका नयाँ र छुट भएका मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र...
-
२०७६ मङ्सिर १२, बिहिबार
मच्छिम र काफलडाँडामा बिजुली बलेपछि खुशीयाली
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको सहयोगमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । साविक ताकम गाविसको ८ नं वडामा पर्ने मच्छिमका ११२ र काफलडाँडाको ४२ घरमा बिजुली बलेको ताकम विद्युतीकरण उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि...


