STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १०, मंगलबार

    प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना

    प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा जानुभएको छ । स्वास्थ्य परीक्षणका क्रममा अस्पताल जानुभएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । एपेन्डिसाइटिस भएको पुष्टि भएमा शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।...

  • २०७६ मङ्सिर १०, मंगलबार

    उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित

    एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् । डडेल्धुरामा गत आर्थिक वर्ष २०७५÷०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ ९एआरटी० सेवा नलिँदा मृत्यु भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ४३ पुरुष र ५३ महिला गरी ९६ एचआइभी सङ्क्रमित छन् ।...

  • २०७६ मङ्सिर १०, मंगलबार

    पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी

    त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि उपत्यकाको एक मात्र प्रवेशद्वार भीमफेदीको चहलपहल थामिनसक्नु थियो । तराईमा सिकार खेल्न जाने होस् वा तराईबाट राजधानी आउजाउ गर्ने पैदल यात्रुहरूको बासस्थान थियो, भीमफेदी । मकवानपुरको वर्तमान सदरमुकाम हेटौँडाबाट २७ किलो मिटर उत्तरपट्टि रहेको भीमफेदी मध्यकालीन नेपालको इतिहासमा निकै नै चर्चित रहेको थियो । जिल्लाको पूर्व सदरमुकामका रूपमा रहेका भीमफेदी ३७ वर्ष अघिसम्म...

  • २०७६ मङ्सिर १०, मंगलबार

    सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

    उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको पूर्वीदक्षिणी...

  • २०७६ मङ्सिर १०, मंगलबार

    कोरला नाकामा सशस्त्रको ‘बिओपी’

    मुस्ताङस्थित चिनीयाँ सिमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ बिओपी स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरीको टाली...

  • २०७६ मङ्सिर १०, मंगलबार

    सङ्खुवासभामा प्रदेशस्तरीय लाखेनाच

    सङ्खुवासभाको पुरानो व्यापारिक केन्द्र चैनपुरमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता आयोजना गरिएको छ । नजिकिँदै गरेको भ्रमण वर्ष सफल पार्न, नेवार जातिको संस्कृति प्रदर्शन गरेर पर्यटक भित्र्याउन र लाखेनाचको संरक्षण गर्न नेवा देय दबु र चैनपुर समाजसेवा युवा क्लबले यसको आयोजना गरेका हुन् । ‘कला र संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन’ भन्ने नाराका साथ यही...

  • २०७६ मङ्सिर १०, मंगलबार

    राजधानी र नाम छिटो टुङ्ग्याउनुस् अध्यक्ष दाहाल

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । वर्तमान सरकारलाई विकास निर्माण...

  • २०७६ मङ्सिर १०, मंगलबार

    म्याद नाघेको मैदा नष्ट

    पाँचखाल नगरपालिका–४ तामाघाट समाजकल्याण चोकमा राजाराम श्रेष्ठले सञ्चालन गरेको माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योगले प्रयोग गर्दै आएको म्याद गुज्रेका आठ हजार ५०० केजी १७० बोरा मैदा सोमबार नष्ट गरिएको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं नेतृत्वको टोलीले घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर मैदा पुरेको हो । हुमागाईंसहित घरेलु तथा...

  • २०७६ मङ्सिर १०, मंगलबार

    प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

    प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान सो सेन्टरमा जानुभएको थियो । उहाँलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । शल्यक्रिया सफल...

  • २०७६ मङ्सिर १०, मंगलबार

    गोकुलेश्वर विमानस्थलको काम यसै वर्ष शुरु

    सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको गोकुलेश्वर विमानस्थल चालू आर्थिक वर्षभित्रै निर्माण शुरु हुने भएको छ । छब्बीस वर्षदेखि बन्द विमानस्थलको प्राविधिक प्रतिवेदन तथा स्थलगत निरीक्षण भएसँगै विमानस्थल निर्माण सञ्चालन हुने भएको हो । गत कात्तिक अन्तिम साता नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोगको टोलीले गोकुलेश्वर विमानस्थलको स्थलगत निरीक्षण गरेको...

  • २०७६ मङ्सिर १०, मंगलबार

    उपनिर्वाचन २०७६ समाजवादीको घरदैलो

    उपनिर्वाचनमा कास्की क्षेत्र नं २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ मतदाताको घरदैलामा पुग्नुभएको छ । उहाँले आज पोखरा–२० स्थित भलाममा मतदातासमक्ष आपूmलाई मत दिएर विजयी बनाएमा जनताका हरेक समस्यामा सारथी बन्ने वचनबद्धता प्रकट गर्नुभयो । कास्की क्षेत्र नं २ मा तत्कालीन प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको निधन भएपछि यही मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

  • २०७६ मङ्सिर १०, मंगलबार

    भन्सार शुल्कबाट रु २४ अर्ब राजश्व

    रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार सङ्कलन भएको छ । नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा...

Pages