STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन १७, शुक्रबार

    सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने ः उपसभापति गच्छदार

    नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिनुभयो । उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव...

  • २०७६ आश्विन १७, शुक्रबार

    सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले आगामी कात्तिक १ गतेबाट...

  • २०७६ आश्विन १७, शुक्रबार

    कैदीबन्दीको गुनासो स् राज्यले दिएको दशैँ खर्चले एक छाक पुग्दैन

    सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दशैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरुका लागि राज्यले दशैँ खर्च भनेर रु ३०० प्रतिव्यक्ति दिने गरेको छ । राज्यले दिने रु ३०० ले दशैँका लागि केही पनि नहुने कैदीबन्दीको गुनासो छ । विगत १४ वर्षदेखि गैँडा मुद्दामा कैद सजाय भोग्दै आएका राम विहारी चौधरीले सरकारले शुरुदेखि नै दिने गरेको दशैं खर्चले...

  • २०७६ आश्विन १७, शुक्रबार

    दशैँमा प्रतिव्यक्ति दश केजी चामल

    हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहतस्वरुप चामल उपलब्ध गराएको हो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरीपीडितलाई दशैँ मान्न जनही १० केजीका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले...

  • २०७६ आश्विन १७, शुक्रबार

    हराउँदै पिङ संस्कृति

    दशैँ तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने लिङ्गेपिङ हराउँदै जान थालेका छन् । दशैँ लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने लिङ्गेपिङ अहिले भने क्रमशः हराउँदै जान थालेका हुन् । गाउँघरमा युवा जनशक्ति कममात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हँुदा पिङ राख्ने संस्कृति भने पातलो हुँदै गएको छ । “पहिले पहिले दशैँ आउन लाग्दा गाउँघरका साथीभाइ जम्मा भएर लिङ्गेपिङ राख्ने चहलपहल हुन्थ्यो,...

  • २०७६ आश्विन १७, शुक्रबार

    दुर्गम क्षेत्रका विपन्न र सडक बालबालिकाका लागि याङवरकमा आवासीय विद्यालय

    पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिकाका लागि आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले विष्णु माविकै छेउमा एक घर भाडामा लिई विद्यार्थीलाई आवासको व्यवस्था गरेको छ । आवाशमा विद्यार्थीका लागि आवश्यक सम्पूर्ण सामग्रीको तर्जुमा गाँउपालिका स्वयंले...

  • २०७६ आश्विन १७, शुक्रबार

    ‘चाडपर्वले नेपालीलाई एकतामा बाँधेको छ’

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडपर्वले नेपालीलाई एकतामा बाँधेको बताउनुभएको छ । नेपालीको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४० का उपलक्ष्यमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाली विचारले अलग अलग भए पनि धर्मका कारण एकताबद्ध बनाएको उल्लेख गर्नुभयो । उहाँले धर्मका नाममा विश्वमा ठूला युद्ध भए पनि नेपालमा त्यस्तो कहिलै...

  • २०७६ आश्विन १७, शुक्रबार

    बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने

    नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करूपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत उपलब्ध गराउने रक्त सञ्चार केन्द्र पहिलो हो । बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएवापत विगतमा रु ७७० प्रतिपिन्ट शुल्क लिँदै आएकामा स्थानीय तहले रक्त सञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक रकम दिन...

  • २०७६ आश्विन १७, शुक्रबार

    अनुगमनका क्रममा कुहिएको मासु नष्ट

    भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपु¥याई सञ्चालन गरेको पाइएको छ । अनुगमनमा हरिकृष्ण खड्गीले राँगाको मासु पसल पटक पटक गरेको अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र...

  • २०७६ आश्विन १७, शुक्रबार

    वृद्धृवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता

    नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । सङ्घीय सरकारबाट पठाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पठाए पनि नारायण नगरपालिकाले गरेको लापरवाहीका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् । जिल्लामा रहेको एनएमबी बैंकमा खाता छ, साबिकको नगरपालिका वडा नं १ देखि...

  • २०७६ आश्विन १७, शुक्रबार

    शनिबार फूलपाती भित्र्याइँदै

    आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु,...

  • २०७६ आश्विन १७, शुक्रबार

    पेप्सीका कामदार आन्दोलित

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि पेप्सी कम्पनी मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत छ महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका दैनिक ज्यालादारीमा कार्यरत कामदारले उद्योग पक्षबाट माग सुनुवाइ नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय...

Pages