STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन १७, शुक्रबार

    नेपाल–सीमामा घर फर्किनेको घुइँचो

    भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार, सीमावर्ती भारतीय बजार रुपैडिहाबाट बिहानैदेखि घर फर्किने नेपालीको लर्को...

  • २०७६ आश्विन १७, शुक्रबार

    नयाँ नोटको अभाव

    मागअनुसार प्राप्त नहँुदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो । बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिनुभयो । उहाँको अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग रु तीन करोड माग...

  • २०७६ आश्विन १७, शुक्रबार

    बजार खोज्दै एकेडेमीका प्रकाशन

    नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन । प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक ‘समकालीन’, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘प्रज्ञा’, अनुसन्धानमूलक अर्धवार्षिक अङ्ग्रेजी जर्नल ‘जर्नल अफ नेप्लिज स्टडिज’, कविताप्रधान त्रैमासिक ‘कविता’, समाचारप्रधान त्रैमासिकको नियमित प्रकाशन गरिरहेको छ...

  • २०७६ आश्विन १७, शुक्रबार

    राष्ट्र शान्तिका लागि निराहार व्रत

    भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहनुभएको छ । मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा झूल लगाइएको छ । झूलभित्र वडा नं ९ शरदपुरकी ४० वर्षीया विष्णु ढकाल दशैँको नवरात्रि शुरु भएदेखि...

  • २०७६ आश्विन १७, शुक्रबार

    सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने ः उपसभापति गच्छदार

    नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिनुभयो । उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव...

  • २०७६ आश्विन १७, शुक्रबार

    सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले आगामी कात्तिक १ गतेबाट...

  • २०७६ आश्विन १७, शुक्रबार

    कैदीबन्दीको गुनासो स् राज्यले दिएको दशैँ खर्चले एक छाक पुग्दैन

    सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दशैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरुका लागि राज्यले दशैँ खर्च भनेर रु ३०० प्रतिव्यक्ति दिने गरेको छ । राज्यले दिने रु ३०० ले दशैँका लागि केही पनि नहुने कैदीबन्दीको गुनासो छ । विगत १४ वर्षदेखि गैँडा मुद्दामा कैद सजाय भोग्दै आएका राम विहारी चौधरीले सरकारले शुरुदेखि नै दिने गरेको दशैं खर्चले...

  • २०७६ आश्विन १७, शुक्रबार

    दशैँमा प्रतिव्यक्ति दश केजी चामल

    हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहतस्वरुप चामल उपलब्ध गराएको हो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरीपीडितलाई दशैँ मान्न जनही १० केजीका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले...

  • २०७६ आश्विन १७, शुक्रबार

    हराउँदै पिङ संस्कृति

    दशैँ तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने लिङ्गेपिङ हराउँदै जान थालेका छन् । दशैँ लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने लिङ्गेपिङ अहिले भने क्रमशः हराउँदै जान थालेका हुन् । गाउँघरमा युवा जनशक्ति कममात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हँुदा पिङ राख्ने संस्कृति भने पातलो हुँदै गएको छ । “पहिले पहिले दशैँ आउन लाग्दा गाउँघरका साथीभाइ जम्मा भएर लिङ्गेपिङ राख्ने चहलपहल हुन्थ्यो,...

  • २०७६ आश्विन १६, बिहिबार

    ‘स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत

    जिल्ला सदरमुकाम धुलिखेलस्थित मालपोत कार्यालय ‘स्मार्ट’ बन्ने तरखरमा छ । ‘स्मार्ट मालपोत’का लागि कार्यालयले अवधारणात्मक सूचक पूरा गर्दैछ । स्मार्ट मालपोतको अवधारणा लागू गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयले विसं २०७३ पुस ६ गतेदेखि साविक नौ गाविसबाट शुरु गरेको अनलाइन सेवा हाल सबै पालिकाबाट प्रदान गरेको छ । अनलाइन सेवालाई थप प्रभावकारी र सेवा प्रवाह छिटोछरितो गर्न २०७६ भदौ ३० गतेदेखि भू–सेवा केन्द्र...

  • २०७६ आश्विन १६, बिहिबार

    बिदाको दिनमा पनि बजार अनुगमन

    सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताउनुभएको छ । केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको...

  • २०७६ आश्विन १६, बिहिबार

    गोबर ग्यास प्रयोगमा जोड

    विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो । समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान...

Pages