राष्ट्रिय
-
२०७६ आश्विन १६, बिहिबार
गोबर ग्यास प्रयोगमा जोड
विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो । समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान...
-
२०७६ आश्विन १६, बिहिबार
सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण
जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६÷७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन शुरु गरेको वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस भनेर...
-
२०७६ आश्विन १६, बिहिबार
स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास
तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको स्वास्थ्य सेवा केन्द्र भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आज शिलान्यास गर्नुभयो । नगरप्रमुख न्यौपानेले यसै आर्थिक वर्षभित्र वडा कार्यालय भवन निर्माण गरिने बताउँदै वडा भवन निर्माणमा सहमति नहुँदा दुई वर्ष ढिलाइ भएको बताउनुभयो । अब चारकुने क्षेत्रमै वडा कार्यालय भवन बन्ने सहमति अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो भवन निर्माणको...
-
२०७६ आश्विन १६, बिहिबार
जुङ पर्यटन महोत्सव सम्पन्न
‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री र स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय खानाका परिकारको चमेनागृह सञ्चालन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी गीत...
-
२०७६ आश्विन १६, बिहिबार
नगर बसमा ‘महिला’ कन्डक्टर
नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् । मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणा भन्नुहुन्छ, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन् ।...
-
२०७६ आश्विन १६, बिहिबार
गाउँमै स्वास्थ्य संस्था निर्माण भएपछि स्थानीयवासी खुसी
मालिकार्जुन गाउँपालिका–१ का ७३ वर्षीया थेपडीदेवी बोहरा एक वर्षअघिसम्म सिटामोल लिन पनि भारतीय बजारमा पुग्नुहुन्थ्यो । घर नजिक स्वास्थ्यचौकी नहुँदा सामान्य ज्वरो आउँदा पनि सिटामोल लिन गाडी चढेर भारतको पिथौरागढ नजिकैको बजार बालुवाकोट पुगेर औषधि लिएर फर्किनुहुन्थ्यो । साविकको भगवती गाविस मेलखेतदेखि स्वास्थ्यचौकी पुग्न तीनदेखि चार घण्टा उकालो चढ्नुपर्ने बाध्यता थियो । स्वास्थ्यचौकी एकातिर र बस्ती...
-
२०७६ आश्विन १६, बिहिबार
झुलाघाट नाका आजदेखि बन्द
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख असोज १८ गते जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो । आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा पुल बन्द हुने भएको हो । यसका साथै अक्टोवर १६ तारेख असोज २८ गते दिन भारतको...
-
२०७६ आश्विन १६, बिहिबार
सच्याइएको क्रान्तिका नाममा रीतिरिवाज तोड्नु हुँदैन– उपप्रम पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताउनुभएको छ । विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले बुधबार आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न हुँदैन भन्नुभयो । रक्षामन्त्री पोखरेलले भन्नुभयो, “मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ ।...
-
२०७६ आश्विन १६, बिहिबार
अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी
दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहँुदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ । गाईघाटका शारदा खड्काका अनुसार...
-
२०७६ आश्विन १६, बिहिबार
मृतक परिवारलाई बिमाको रु ५८ लाख प्रदान
प्राइम लाइफ बिमा कम्पनीले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभीड निवासी मृतक लक्ष्मीप्रसाद उपाध्यायको परिवारलाई बिमा गरेबापत दुई किस्ता गरी रु ५८ लाख ५० हजार उपलब्ध गराएको छ । बिमा कम्पनीले एक कार्यक्रम गरी मृतक उपाध्यायकी श्रीमती अप्सरा उपाध्यायलाई दोस्रो किस्ताबापत रु २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरेको हो । पहिलो किस्ताबापत रु ३१ लख ५६ हजार यसअघि नै उहाँलाई हस्तान्तरण गरि सकिएको प्राइम लाइफ...
-
२०७६ आश्विन १६, बिहिबार
बढी भाडा फिर्ता गराउँदै प्रहरी
दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार बुधबार एउटा माईक्रो बसका १७ जना यात्रुको बढी भाडा लिइएको रकम फिर्ता गराइएको छ ।...
-
२०७६ आश्विन १६, बिहिबार
सङ्घीयता अध्ययन केन्द्र स्थापना
परिवर्तित संरचननुसार सार्वजनिक प्रशासन तथा विभिन्न तहका सरकारको क्षमता अभिवृद्धि गर्दै सङ्घीय शासन प्रणालीका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि गर्न विशिष्ट संस्थाको आवश्यकता महसुस गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सङ्घीयता अध्ययन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । केन्द्रले नेपालमा संघीयता कार्यान्वयनका विविध पक्षमा अध्ययन–अनुसन्धान गर्ने, कर्मचारी तथा...


