STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन १४, मंगलबार

    संस्कृतिकै पाटो बन्दै दशैँको नयाँ नोट

    कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्नु हुन्छ । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उहाँको वार्षिक कार्यक्रमजस्तै बनेको छ । यस वर्ष पनि दशैँका लागि नोट साट्न बिहानै पाँच बजे घाचोकबाट गाडी चढेर पोखराको राष्ट्र बैंक चोकस्थित बैंकको कार्यालयमा बिहान ७ बजे पुग्नुभयो । उहाँ पुग्दा केही...

  • २०७६ आश्विन १४, मंगलबार

    सभामुखद्वारा राजीनामा

    सभामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाउनुभएको हो । सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ । राजीनामापत्रमा उहाँले भन्नुभएको छ, ‘‘हिजो सोमबार देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य,...

  • २०७६ आश्विन १४, मंगलबार

    बिदाका दिन पनि पशुपतिको भेटी बैंक दाखिला गरिने

    पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गर्नुभएको हो । कोषले विसं २०६६ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरमा दानपेटिका राखी भेटीघाटी पारदर्शी गर्न शुरु...

  • २०७६ आश्विन १४, मंगलबार

    चट्याङ प्रतिरोधी प्रविधि जडान

    सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ । चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकद्वारा जिल्लामा पहिलोपटक समुदायमा आधारित उक्त प्रविधि जडान गरिएको हो । स्थानीय मानबहादुर श्रेष्ठको घरमा जडान गरिएको उक्त प्रविधिको...

  • २०७६ आश्विन १४, मंगलबार

    चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ मुख्यमन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताउनुभएको छ । उहाँले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उहाँको भनाइ थियो । विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित शुभकामना तथा...

  • २०७६ आश्विन १४, मंगलबार

    दशैँमा पनि भएन व्यापार

    जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको सङ्घारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको हो । यसै बजारबाट छिमेकी जिल्लामासमेत सामान जाने गरेकोमा सो क्रम पनि घटेर गएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान बजारमा चहलपहल कम भएको बताउनुहुन्छ । टोलटोलमा राम्रा सपिङ सेन्टर...

  • २०७६ आश्विन १४, मंगलबार

    नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

    नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को मुख्यालय मन्ट्रियलमा आज नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय...

  • २०७६ आश्विन १४, मंगलबार

    ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार

    राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो । उद्धार गरिएको सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उनीहरुलाई मनोपरामर्श...

  • २०७६ आश्विन १३, सोमबार

    अविरल वर्षाले जनजीवन प्रभावित

    विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन् । दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिँडडुलमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुलाकी सडकको...

  • २०७६ आश्विन १३, सोमबार

    प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

    म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग...

  • २०७६ आश्विन १३, सोमबार

    अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

    चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ । बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको मुर्कुची, लिम्चुङबुङ माझखर्क जोड्ने सडक अवरुद्ध भएकाले यातायात सेवासमेत सुचारु हुन नसक्दा दशैँ...

  • २०७६ आश्विन १३, सोमबार

    ज्ञानेन्द्र शाहीले कार्यक्रमको जानकारी नदिएकोः चितवन प्रहरी

    आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको दुई बित्न लाग्दा पनि संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी नआएको भन्दै पीडकको खोजीमा तत्परता नदेखाएको हो। शनिबार शाहीलाई चितवनमा मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पीडित पक्षबाट जाहेरी नआई प्रक्रिया अघि नबढ्ने बताए। ‘जाहेरी नआई कसैलाई समात्न...

Pages