राष्ट्रिय
-
२०७६ आश्विन १४, मंगलबार
नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को मुख्यालय मन्ट्रियलमा आज नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय...
-
२०७६ आश्विन १४, मंगलबार
ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार
राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो । उद्धार गरिएको सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उनीहरुलाई मनोपरामर्श...
-
२०७६ आश्विन १४, मंगलबार
तालबाराही आरतीमा ४० हजारले गरे अवलोकन
पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा माता तालबाराही सेवा समितिले गर्दै आएको सन्ध्या आरती कार्यक्रममा एक वर्षमा ४० हजार पर्यटकले अवलोकन गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको सङ्गीतमय महाआरती पुजन गत वर्ष असोज २४ गते घटस्थापनाका दिनबाट शुरु गरिएको हो । सन्ध्या आरतीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै गएकोसमितिका...
-
२०७६ आश्विन १४, मंगलबार
नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने
भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना यही असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका...
-
२०७६ आश्विन १४, मंगलबार
महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा
सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसङ्घको प्रधान...
-
२०७६ आश्विन १४, मंगलबार
पर्यटन वर्ष सफल बनाउन निम्तो आदानप्रदान
नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान गरिएको छ । सोमबार विराटनगरमा गण्डकी प्रदेश सरकारले गण्डकी पर्यटन प्रवद्र्धन अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ र गण्डकी प्रदेशले आ–आफ्ना प्रदेश भ्रमण गर्न निमन्त्रणा दिएका हुन् । पोखरादेखि मुक्तिनाथजस्तो चर्चित र गण्डकी प्रदेश सुन्दर भएकाले प्रदेश सरकारले २०१९ देखि २२ सम्म मनाइरहेको अभियानमा आउन गण्डकी प्रदेशका उद्योग...
-
२०७६ आश्विन १४, मंगलबार
गढीमाई विकासका लागि डिपिआर तयार हँुदै
भारतीय सीमासँग जोडिएको बाराको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपिठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि नगरपालिकाले रु एक अर्ब ९० करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिरहेको छ । नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको मध्यभागमा सूर्यदेवताको मन्दिर बनाउन रु १२ करोडको डिपिआर तयार भइरहेको जानकारी गराउनुभयो । सो...
-
२०७६ आश्विन १४, मंगलबार
त्रिदेशीय नाकाको विकट गाउँमा उज्यालो
हिमालको फेदीमा मिलेको गाउँ । चारैतिर डाँडाकाँडा र हरियाली । हिँड्ने बाटोमा सडकबत्ती, घरभित्र र बाहिर बत्ती बालिएका छन् । सुमद्री सतहबाट पाँच हजार फिट उचाइमा रहेको गाउँमा पहिलोपटक पुग्दा लाग्छ हिमालकै काखमै पुगियो । स्वच्छ हावा र पानी भएको ठाउँ । अग्र्यानिक आलु, फापर, कोदो, जौंँ खान पाइने । चौँरीगाईको दूधबाट बनेका परिकार सजिलै खान मिल्ने । कुनै सुगम गाउँको भन्दा फरक छैन त्रिदेशीय सीमामा अवस्थित...
-
२०७६ आश्विन १४, मंगलबार
ग्रामीण सडक अवरुद्ध हुँदा आवतजावतमा सास्ती
अविरल वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध हुँदा दशैँ–तिहार मान्न आवतजावत गर्नेलाई सास्ती भएको छ । हप्ता दिनदेखि लगातार परिरहेको वर्षाका कारण जिल्लाका कुनै पनि ग्रामीण सडकमा अहिले सवारी साधन चल्न सकेका छैनन् । वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐँसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार...
-
२०७६ आश्विन १४, मंगलबार
कथाकार सुमीको ‘भावका तरङ्ग’
कवि सुमी लोहनीको पहिलो कथा कथासङ्ग्रह ‘भावका तरङ्ग’ बजारमा आएको छ । पाँच हाइकु र कवितासङ्ग्रह तथा तीन कृतिको अनुवाद गरिसक्नुभएकी लोहनीको कथासङग्रह ‘भावका तरङ्ग’ पुस्तकमाथि सोमबार काठमाडौँमा अन्तरक्रिया गरिएको छ । लोहनीले विसं २०६३ मा मरुद्यानका फूलहरु नामक कवितासङग्रहमार्फत कृति प्रकाशन गर्न थाल्नुभएको थियो । दामोदर पुडासैनी प्रतिभा कोषको आयोजनामा भएको कार्यक्रममा कथाकार लोहनीको पहिलो...
-
२०७६ आश्विन १४, मंगलबार
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिनुभएको छ । चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो ।
-
२०७६ आश्विन १४, मंगलबार
खुलेनन् सुपथ मूल्यका पसल
जिल्लाका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएको भन्दा महङ्गो मूल्यका सामान किन्न बाध्य छन् । साल्टट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दिपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो...


