राष्ट्रिय
-
२०७६ आश्विन १५, बुधबार
प्रवासीलाई लगानी भित्र्याउन आग्रह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ मोना अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उहाँले लगानी भित्र्याउन आग्रह गर्नुभएको हो । “स्थिर सरकार भएकाले नेपालमा लगानीको वातावरण बनेको छ”, मन्त्री थापाले भन्नुभयो, “...
-
२०७६ आश्विन १५, बुधबार
पहिलोपटक जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु
नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ । लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा जर्मनको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चको नेतृत्वमा आएको १५ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलसहित जर्मनीको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजना तथा उद्योगी...
-
२०७६ आश्विन १५, बुधबार
ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान
बागलुङ नगरपालिकाले २८ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले २९औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा २८ नागरिकलाई सम्मान हो । सम्मान कार्यक्रमको वडा नं ७ का अध्यक्ष खगराज पाण्डेयले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । प्रत्येक वडाका एक महिला तथा एक पुरुष गरी १४ महिला र १४ पुरुषलाई नगद रु पाँच हजार, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको...
-
२०७६ आश्विन १५, बुधबार
पोषणको अवस्था सुधार ल्याउन जुम्लामा पोषण विज्ञान अध्ययन हुने
मुख्यत ः कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार ९क्लिनिकल न्युट्रिसन डाइटेटिक्स० कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयका केही क्याम्पसमा मात्र...
-
२०७६ आश्विन १५, बुधबार
सामुदायिक विद्यालयमा बस र छात्रावासको व्यवस्था गरिने
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा मङ्गलबार यहाँ आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति तथा चालू आर्थिक वर्षका कार्यहरुकोे प्रस्तुतीकरण कार्यक्रममा उहाँले विद्यार्थी कम हुने विद्यालयमा तीनदेखि चार हजारसम्मका छात्रछात्रालाई जम्मा गरी...
-
२०७६ आश्विन १५, बुधबार
वर्षौंदेखि मुक्त हलियाको जङ्गलमा बास
गन्यापधुरा गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको तस्वीरलाई सरकारले निकालेको मुक्त हलिया परिचयपत्रमा रङ्गीन कभरको तस्वीर त बनायो तर, उनी स्वयंले ११ वर्ष बितिसक्दासम्म पनि परिचयपत्र पाएका छैनन् । उनी भन्छन् – “मैले हलो जोतेको फोटो हलियाहरुलाई दिइएको परिचयपत्रमा आयो तर, मैले अहिलेसम्म पनि परिचयपत्र पाउन सकेको छैन ।” सरकारले पनि टाठाबाठा र पहुँच भएकाहरुलाई मात्रै जग्गा खरिद गरी घर बनाइदिएका...
-
२०७६ आश्विन १५, बुधबार
यातायात विधेयक पारित
गण्डकी प्रदेशसभाको मङ्गलबारको बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो । यसअघि विधेयकमाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य मीना गुरुङ, विन्दुकुमार थापा, हरिशरण आचार्य र कृष्ण थापाले...
-
२०७६ आश्विन १५, बुधबार
“किन हाम्रा दुःखप्रति सरकार बेखबर छ र”
आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशँै तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ । तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी लिन निकै ठूलो सास्ती भोग्नुपर्ने बाध्यताबाट मुक्त छैन । जागीर, अध्ययन तथा विभिन्न कामले बाहिरिएका हुम्ली र डोल्पाली मुलतः यो समस्याबाट...
-
२०७६ आश्विन १५, बुधबार
‘अस्पताल र चिकित्सकको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालय प्रतिबद्ध’
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिनुभएको छ । गृहमन्त्रालयसँगको समन्वय र सहकार्यमा मन्त्रालयले अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान गएको उहाँले बताउनुभयो । डक्टर्स सोसाइटी अफ नेपालको प्रतिनिधिमण्डलले अस्पताल तथा स्वास्थ्य संस्थामा असुरक्षा बढेको...
-
२०७६ आश्विन १५, बुधबार
दशैँको मुखमा ठगिँदै यात्रु ः टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम
दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रागर्न बाध्य भएको बताउनुभएको छ । केही यात्रु घरमा पुग्न पाइने आशमा...
-
२०७६ आश्विन १५, बुधबार
छोटी भन्सारको जाँचपास सेवा कार्यान्वयनमा आएन
पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा जाँचपास सेवा विस्तार गरे पनि सेवा व्यवहारिकरूपमा कार्यान्वयनमा आउन सकेको छैन । सो कार्यालयबाट एक महीनाअघि रु २५ हजारसम्मको जाँचपास सेवा प्रारम्भ गरिए पनि सेवाग्राही नआउने गरेकाले सेवा कार्यान्वयनमा आउन नसकेको हो । व्यापारीलाई लक्षित गरी भारतीय बजारबाट रु २५ हजारसम्मको सामग्री नेपालतर्फ ल्याउँदा भन्सार महसुल बुझाउने सेवा अर्थात् जाँचपास सेवा प्रदान...
-
२०७६ आश्विन १५, बुधबार
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति
काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुप क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा आज गृह मन्त्रालयमा भएको...


