STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ५, आइतबार

    आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड अवरुद्ध

    गोरखाको लुँइटेल भञ्जाङ–आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड १० दिनदेखि अवरुद्ध भएको छ । लगातार परेको पानीका कारण सडक भासिँदा उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो । जिल्लाको पालुङटार नगरपालिका–३ स्थित बोहोरा गाउँमा पर्ने खण्डमा सडक भासिएर ५० मिटर तल पुगेको छ । “सडक भासिएपछि भदौ २६ गतेदेखि यो सडकखण्डमा सवारीसाधन पूर्णरुपमा ठप्प भएको छ”, स्थानीय रमित ढकालले भन्नुभयो, “सडक मर्मतको काम तीव्र गति हुन...

  • २०७६ आश्विन ५, आइतबार

    नेपाली युवा र राजदूतबीच भेटवार्ता

    बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा भाग लिन ढाका आएको सो युवाहरुको टोलीले शनिबार राजदूतसँग भेटवार्ता गरेको हो । भेटका क्रममा राजदूत डा मिश्रले दुवै देशको सरकार र जनताबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने र नेपाल र बङ्गलादेशबीच हुने...

  • २०७६ आश्विन ५, आइतबार

    अनियमित विद्युत् कटौतीका मारमा स्थानीयवासी

    नेपाल विद्युत् प्राधिकरणको निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाका कर्मचारीको लापरवाहीका कारण अनियमित विद्युत् कटौती हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । निजगढ शाखा र चन्द्रपुर शाखाले सूचनाबिनै घण्टौँसम्म विद्युत् प्रसारण लाइन काटेर सर्वसाधारणलाई दुःख दिने गरेको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन् । चन्द्रपुर सबस्टेशन शाखा तथा निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाले मिनेटमिनेटमा...

  • २०७६ आश्विन ५, आइतबार

    जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन ः पूर्वसभामुख नेम्वाङ

    पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताउनुभएको छ । शनिबार यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताउनुभयो । उहाँले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर...

  • २०७६ आश्विन ५, आइतबार

    पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ । आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका सूचना...

  • २०७६ आश्विन ५, आइतबार

    मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग

    राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन् । उनीहरुले आयोजनाले तत्काल मुआब्जा निर्धारण...

  • २०७६ आश्विन ५, आइतबार

    भिमसेन मन्दिरका पुनःनिर्माण लागि बृहत पदयात्रा ‘भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण प्रयास’ मन्त्री भट्टराई

    भिमसेन मन्दिर पुनःनिर्माणका लागि सर्वसाधारण नागरिकबाट शनिबार मात्रै करिब १० लाख रुपैयाँ जम्मा भएको छ । पाटन दरबार क्षेत्रमा रहेको सो मन्दिर पुनःनिर्माणका लागि आवश्यक रकम जुट्ने क्रममा शनिबार आयोजित बृहत पदयात्राका सहभागीहरुबाट सो रकम जम्मा भएको हो । बैशाख १२ गतेको विनाशकारी भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो । ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भइरहेको भिमसेन मन्दिर पुनःनिर्माणमा सहयोग...

  • २०७६ आश्विन ५, आइतबार

    साना जलविद्युत्को बत्ती परीक्षण कार्य शुरु

    भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युत्को मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत्समेत बालिएको छ । जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्तीको विकल्प रहेको साना जलविद्युत् उपभोक्ता समितिको बत्तीको मेशिन समयमा बन्न नसकेपछि लामो समय अँध्यारो भएको र डेढ महीना भन्दा बढी डिजेलबाट कामचलाउ गरिएको थियो । निर्माणकार्यको जिम्मा लिएका निर्माण व्यवसायी...

  • २०७६ आश्विन ५, आइतबार

    म्यान्मामा राष्ट्रिय दिवस

    म्यान्माको याङ्गुनस्थित नेपाली दूतावासको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । म्यान्माका सञ्चारमन्त्री पे मिन्ट उपस्थित कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरू, नेपालका लागि म्यान्माका पूर्वराजदूत, राष्ट्रसङ्घका प्रतिनिधि, म्यान्माका नेपालीभाषी र त्यहाँस्थित नेपालीहरु सहभागी थिए । मन्त्री पे मिन्टले नेपालले अर्को वर्ष मनाउन लागेको नेपाल पर्यटन वर्ष २०२० लाई...

  • २०७६ आश्विन ५, आइतबार

    टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा भण्डारी

    कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा विजयी हुनुभएको हो । भण्डारीले ५४१ मत प्राप्त गर्नुभएको छ भने खत्रीले ३२० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी हुनुभएको छ । महासचिवमा तपेन्द्र स्वाँर...

  • २०७६ आश्विन ५, आइतबार

    स्थानीय तहका जनप्रतिनिधिलाई नेकपाको दुईदिने प्रशिक्षण

    नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाले स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय कमिटीका पदाधिकारीलाई दुईदिने प्रशिक्षण दिएको छ । नेकपा दोलखाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तह कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा स्कूल विभाग उपप्रमुख वेदुराम भुषालले...

  • २०७६ आश्विन ४, शनिबार

    चित्रकलाको ‘मध्यपुरथिमि सिरिज’

    उपत्यकाका कलाकारहरुको सहभागितामा एक वर्षदेखि शुरु भएको शनिबारीय स्थलगत चित्रकला कार्यशालाको ‘मध्यपुरथिमि सिरिज’ शुरु भएको छ । ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताको अनुपम क्षेत्र भएकाले यसपटक मध्यपुरथिमि कलाकारको रोजाइमा परेको हो । यहाँ निलवाराही, महालक्ष्मी, कुमारी, सिद्धिगणेश, सिद्धिकाली, दिगुभैरव, राजगणेश, स्वेतभैरव, गुरुगणेश, लोकेश्वर, थासोमा गणेश, बालकुमारी, ताहानारायण, विष्णुवीर, नगदेश...

Pages