STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ४, शनिबार

    चाडपर्व लक्षित गरेर नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा गरिने

    नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल एसएसबी, भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग...

  • २०७६ आश्विन ४, शनिबार

    तीन स्रष्टाहरु द्वारा कथा वाचन

    सःछगु फरक अभिव्यक्तिको रुपमा संचालनमा आईरहेको मासिक साहित्यिक कार्यक्रम अन्तर्गत शनिबार ललितपुरको दबुु नेवास्नसाछें ईखालखु,तलाछेंमा नेपाल भाषामा यस पटक ३ जना स्रष्टाहरूका ५,५ वटा लघुकथा वाचन चिबाखँ वाचन  गर्दै आइरहेको कार्यक्रमलाई निरन्तरता दिँदै आज १० औं श्रृङ्खला सम्पन्न गरेको छ । यसपटकको श्रृङ्खला अन्तर्गत लघुकथा वाचन कार्यक्रममा ३ जना स्रष्टाहरू क्रमशः केदार सितु, रासा र स्नेह सायमिले आ(...

  • २०७६ आश्विन ३, शुक्रबार

    प्रदेश सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध ः मुख्यमन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँले संविधानसभाबाट जारी गरिएको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकाले अब जनताले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले...

  • २०७६ आश्विन ३, शुक्रबार

    विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना

    संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा...

  • २०७६ आश्विन ३, शुक्रबार

    संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो...

  • २०७६ आश्विन ३, शुक्रबार

    असोज १० देखि नयाँ नोट साटिने

    चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशँैको अवसरमा बढी हुने गरेको छ । के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैँ पर्वमा खासगरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने...

  • २०७६ आश्विन ३, शुक्रबार

    पशुपतिमा राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा

    संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । यस अवसरमा कोषले बिहीबार बेलुकी पशुपति...

  • २०७६ आश्विन ३, शुक्रबार

    मिथिलाञ्चलमा जितिया पर्व

    सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा नुहाएर खानु गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा, दही र अमोट आँपको रसबाट तयार हुने खाद्य पदार्थ खान्छन् । शनिबार बिहान ४ बजेदेखि निराहार उपवास बसी आइतबार साँझ व्रत सम्पन्न गर्नेछन् । सयौँ व्रतालुले...

  • २०७६ आश्विन ३, शुक्रबार

    संविधान दिवस ः हातहातमा झण्डा, मनमनमा संविधान

    संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा...

  • २०७६ आश्विन ३, शुक्रबार

    ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम

    ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने र एकापसमा भलाकुसारी गर्ने उद्देश्यले भजन सङ्कृतन समूहले दिवाकालीन आश्रम निर्माण गरेको हो । विभिन्न कारणले बुबाआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित...

  • २०७६ आश्विन ३, शुक्रबार

    राससले जनताका समस्या उजागर गर्नुपर्छ ः महाप्रबन्धक शर्मा

    राष्ट्रिय समाचार समिति रासस का महाप्रबन्धक ओपेन्द्र शर्माले राससले सरकारको मात्र नभई जनताका समस्या पनि उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस कर्णाली प्रदेश कार्यालय आज निरीक्षणपश्चात् कर्मचारीलाई निर्देशन दिँदै उहाँले विकास निर्माण, पर्यटन र कृषिका सम्भावनाका साथै जनताका समस्यालाई उजागर गर्नुपर्ने बताउनुभएको हो । प्रतिस्पर्धाको युगमा रासस पनि प्रादेशिक संरचनामा जान बाध्य भएको छ भन्दै...

  • २०७६ आश्विन ३, शुक्रबार

    मुख्यमन्त्री शाहीद्वारा शुभकामना

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीसहित आम नेपालीमा संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताउँदै मुख्यमन्त्री शाहीले यो ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनु भएको छ । मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको...

Pages