राष्ट्रिय
-
२०७६ आश्विन ६, सोमबार
प्रधानमन्त्री – चिनियाँ प्रमण्डल भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटका अवसरमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा यहाँ आएको सो टोलीले दुई देशबीचको सहयोगात्मक...
-
२०७६ आश्विन ६, सोमबार
किन्ने हो आटोपिठो
‘म त गाउँले ठिटो, खाउली आटोपिठो, तरकारीमा गिठो, लाइदेउ माया मिठो’ गायक वसन्त थापाको गीतले भने झैँ जैविक अर्गानिक खानाका पारखीलाई खुशीको खबर छ । शहरीयालाई रैथाने उत्पादनको स्वाद चखाउन यहाँका एक उद्यमीले जैविक खाद्यान्न पसल शुरु गर्नुभएको छ । ‘महालक्ष्मी कुटानी पिसानी तेलमिल’ सँगैको पसलमा मकैको आटो, गहुँ, कोदो, जौ र फापरको पिठो उपलब्ध छ । स्थानीय उपभोक्ताबाहेक बागलुङ घुमेर फर्कने जो कोहीलाई घर...
-
२०७६ आश्विन ६, सोमबार
घटस्थापनाका दिन सार्वजनिक बिदाको माग
क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आएको क्षत्री समाजले आज गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा र प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।...
-
२०७६ आश्विन ६, सोमबार
विचारधारात्मक प्रशिक्षण शुरु ः समृद्धिको साझा लक्ष्य कोर्दै नेपाल र चीन
नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओलगायतका नेताहरुको...
-
२०७६ आश्विन ६, सोमबार
पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन–२०७६० जारी
पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन–२०७६० आजदेखि जारी भएको छ । आज प्रेस काउन्सिल नेपालमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन–२०७६० जारी भएको घोषणा गर्नुभएको हो । सञ्चार क्षेत्रको नयाँ परिवेशअनुरुप आचारसंहितालाई समसामयिक बनाइ समग्र मिडिया...
-
२०७६ आश्विन ६, सोमबार
चाडबाडमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैँ, दीपावली, नेपाल सम्वत्, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति शशी श्रेष्ठले नेपालीको महान् पर्वमा उपत्यकाबाट लाखौँ मानिस चाड मनाउन आ–आफ्नो घर फर्कने भएकाले यहाँ हुनसक्ने आपराधिक घटना, चोरी लगायत नियन्त्रण गर्न निर्देशन दिनुभयो । “भारत लगायत देशमा काम...
-
२०७६ आश्विन ६, सोमबार
श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने
निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो । घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । त्यस्तै ८५ वर्ष उमेर पुगेका...
-
२०७६ आश्विन ६, सोमबार
बाहिरी चक्रपथको जिम्मेवारी चिनियाँ कम्पनीलाई
लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण ९सर्ट लिष्ट०मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो । बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ...
-
२०७६ आश्विन ६, सोमबार
चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी
मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतीक्षाको विषय हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ । निकै लामो प्रतीक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने निश्चितजस्तो भएको पछिल्ला बहस र चर्चाहरुले देखाएको छ । असोजको अन्तिम...
-
२०७६ आश्विन ६, सोमबार
बजार लिँदै बेमौसमी सुन्तला
सामान्यतया सुन्तलाको याम कात्तिक र मङ्सिरमा हुन्छ । बर्खायाम सकी नसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने अहिले सुन्तला टिप्न र बजार पठाउन व्यस्त हुनुहुन्छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले राम्रो फल दिएपछि उहाँको खुशीको सीमा र व्यस्तता दुवै बढ्दै गएकोे छ । आफ्नो बगानमा लगाएका एक सयभन्दा बढी सुन्तलाका बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले...
-
२०७६ आश्विन ६, सोमबार
जाजरकोटमा ‘टाइम कार्ड’ लागू
बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्ला सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ । दशैँ, तिहार जस्ता ठूला पर्वमा जथाभावी यात्रु राखेर भारी गतिका साथ यातायातका साधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न लागिएको प्रजिअ जनकराज पन्तले बताउनुभयो । नयाँ व्यवस्थाअनुसार सदरमुकामदेखि सुर्खेतको छिन्चु र सदरमुकामदेखि रिम्नासम्मको सडकमा टाइमकार्ड लागू गरिएको छ । रिम्ना–होलुखोला एक...
-
२०७६ आश्विन ६, सोमबार
मनसुन अझै एक साता लम्बिने
यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ । त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो...


