राष्ट्रिय
-
२०७६ आश्विन १, बुधबार
मल्लको नाममा कोलकाताको सडकको नामकरण गर्न आग्रह
श्रीजानकी माता धार्मिक नेपाली सङ्घ कोलकाता, भारतद्वारा आयोजित १३ आँै रक्तदान शिविरमा ६२ जनाले रक्तदान गरेका छन् । सो अवसरमा गणेशकुमार प्रधान प्रधानसम्पादक रहेको ‘सम्झना’ वार्षिक पत्रिकाको छैटाँै अङ्क पनि विमोचन गरियो । कार्यक्रममा खिमराज बराल, नरविक्रम थापा, राजु पाठक, महेश्वरसिंह गुरूङ, विकास जायसवाल, शैलेश जायसवाल, हृदयनन्द मिश्रा, गुञ्जदास श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, विष्णुप्रसाद बस्याल, रमा...
-
२०७६ आश्विन १, बुधबार
आज परिवार नियोजन दिवस परिवार योजनाका कार्यक्रम प्रभावहीन
करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना नियोजनका कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षौँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रशितमाथि उक्लिन सकेको छैन । तर, परिवार नियोजको...
-
२०७६ आश्विन १, बुधबार
भ्रष्टाचार विरोधी अभियान चलाइने
प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको बताउनुभएको छ । सिंहदरबारमा आज सङ्घीय संसद् भवनको शिलान्यास गर्दै उहाँले कुनै पनि बहाना र नाममा समाजमा हिंसा भड्काउने र लुटपाट गर्ने खालका क्रियाकपाल सह्य नहुने स्पष्ट गर्नुभयो । “अब के प्राप्त गर्नको लागि हिंसा गर्ने हो रु’’, उहाँले प्रश्न गर्नुभयोे । उहाँले तोकिएको समयमा नै काम सम्पन्न...
-
२०७६ आश्विन १, बुधबार
लागुऔषधका ५५४ कारोवारी पक्राउ
विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आव २०७३÷७४ मा १६५, आव २०७४÷७५ मा १८९ र आव २०७५÷७६ मा २०० लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेका ५५४ मध्ये २४ विदेशी नागरिक थिए...
-
२०७६ आश्विन १, बुधबार
सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराइने प्रतिबद्धता व्यक्त...
-
२०७६ आश्विन १, बुधबार
सुदूरपश्चिममा आज बुन्नढुनी पर्व मनाइँदै
असोज सङ्क्रान्ति अर्थात् बुन्नढुनी बूढी पोल्ने दिन डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यो पर्व धुमधामसँग मनाइँदैछ । प्रत्येक वर्ष असोज १ गते सङ्क्रन्तिका दिन, राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा सुदूरपश्चिम प्रदेशमा यो पर्व मनाइने गरिन्छ । यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने ग्वालाले भाद्र सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँझ लिङ्गो आदि रुख काटेर...
-
२०७६ आश्विन १, बुधबार
नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक
नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ । नेपालको संविधानको धारा ८ मा सिम्रिक रङको भुइँ र...
-
२०७६ आश्विन १, बुधबार
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार रु डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महीनामा मात्रै कारोवार भएको बताउनुभएको छ ।...
-
२०७६ आश्विन १, बुधबार
उद्योग एवं कलकारखानामा विश्वकर्मा पूजा
निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग एवं कलकारखानामा विश्वकर्माको पूजा गरेमा व्यवसायमा उन्नति, प्रगति र पारिवारिक सुख...
-
२०७६ आश्विन १, बुधबार
संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ । कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ । मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर आयोजना गरिने उक्त फरक शैलीको सांस्कृतिक÷...
-
२०७६ आश्विन १, बुधबार
१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प
सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको...
-
२०७६ आश्विन १, बुधबार
घरघरमै ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो । कार्यक्रमबाट पालिकाभित्रका सबै ज्येष्ठ नागरिकमा स्वास्थ्य...


