राष्ट्रिय
-
२०७६ भाद्र ३१, मंगलबार
कपिलवस्तु घटनाका पीडित भन्छन् स् न्याय खोज्न कहाँ जाने
नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणले ज्यान मात्र गुमाएनन्, रु ५० करोड बराबरको धनमाल लुटपाट तथा आगजनी भएको थियो । हत्यापछि भड्किएको हिंसाका कारण...
-
२०७६ भाद्र ३१, मंगलबार
खुल्यो अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण
लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन । डेढघण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले राससलाई जानकारी दिनुभयो...
-
२०७६ भाद्र ३१, मंगलबार
सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी
मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् । ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन, दार्चुला, बझाङ र...
-
२०७६ भाद्र ३१, मंगलबार
सवारीसाधन दुर्घटनामा १३ जनाको मृत्यु
मोरङमा दुई महीनायता सवारीसाधन दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा ५८ सवारीसाधन दुर्घटना भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई महीनाको अवधिमा नौ हजार ३३ सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा बस, कार, ट्र्याक्टर, सिटी सफारी, मोटरसाइकललगायत साधनका चालक रहेका छन् । नियम विपरीत सवारीसाधन चलाउने चालकलाई कारवाही गर्ने क्रममा...
-
२०७६ भाद्र ३१, मंगलबार
धान किसानलाई राहत
झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताउनुभयो । उहाँका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोे छ । जसमा ३८ हजार हेक्टर अर्थात् धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित...
-
२०७६ भाद्र ३१, मंगलबार
श्री शान्तिले मनाए, सत्यमोहनको जन्म शताब्दी
वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी अवसरमा श्री शान्ति माविले जिल्ला व्यापी सत्यमोहन जोशी रनिङशील हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको छ । जोशीको जन्म शताब्दी विभिन्न कार्यक्रम गरेर मनाउन क्रममा सो प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । जोशी सोही विद्यालयका संस्थापक मध्ये एक हुनुहुन्छ । जोशीको अगुवाईमा २००७ सालमा सो विद्यालय स्थापना भएको थियो ।...
-
२०७६ भाद्र ३१, मंगलबार
आलेख राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ । महासभाअन्तर्गत एकसातासम्म उच्चस्तरीय बैठक हुनेछन् जसमा विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि...
-
२०७६ भाद्र ३१, मंगलबार
भैरव र गणेश ओझेलमा
इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश पनि हुन् र भन्नेसम्म भाव हुने नेवार समुदायका मानिस बताउँछन् । रथयात्रा गर्ने क्रममा पहिलो र दोस्रो रथ गणेश र भैरवको हुन्छ भने अन्तिममा कुमारीको रथयात्रा हुन्छ । अवकाश नपाएसम्म भैरव र गणेश पनि कुमारीसरह बस्ने गर्छन् । कुमारी र भैरव÷गणेशमा एउटा...
-
२०७६ भाद्र ३१, मंगलबार
मापदण्ड नहुँदा घरभाडा दर उच्च
आवास र भाडाको व्यवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाको निश्चित मापदण्ड छैन । उपमहानगरपालिकाले मापदण्ड बनाउन अहिलेसम्म पहल गरेको पनि छैन । पुरानो आयकर व्यवस्थाअनुसार क्षेत्रफल र ठाउँ विशेषका आधारमा भाडा तोकिदिएको थियो, जुन व्यवहारमा लागू हुनसकेको छैन । सुर्खेतरोडको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, न्यूरोड क्षेत्रमा बसोबास गर्नेले कोठाको क्षेत्रफलका हिसाबले भाडा तिर्नुपर्ने भनिएको थियो ।...
-
२०७६ भाद्र ३१, मंगलबार
नम्जु च्युउली युँउला क्होइबु निर्माण हुँदै
कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका–१ सिक्लेसमा रु दुई करोडको लागतमा नम्जु च्युउली युँउला क्होइबु निर्माण गरिने भएको छ । तमू जातिको मौलिक एवं कुलधर्म बोन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यका साथ क्होइबु निर्माण गर्न लागिएको हो । तमू जातिको जीवन्त सङ्ग्रहालयजस्तै रहेको सिक्लेसको ऐतिहासिक एवं सांस्कृतिक महोत्सवसमेतलाई दृष्टिगत गरी क्होइबु निर्माण गर्न लागिएको नम्जु च्युउली युँउला...
-
२०७६ भाद्र ३१, मंगलबार
उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री
कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका डम्मर विष्टले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय तथा नेपाली सेनाको सुदूरपश्चिम पृतना...
-
२०७६ भाद्र ३०, सोमबार
केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या
मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका छन् । केन्द्रीय कारागार विभागका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद सापकोटा एक हजार ५०० क्षमता भएको कारागारमा दोब्बरभन्दा धेरै सङ्ख्यामा...


