राष्ट्रिय
-
२०७६ भाद्र २९, आइतबार
पुराना प्रविधिका साधन लोप हुने अवस्थामा
परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेका हुन् । मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । रैथाने सीप र प्रविधिको प्रयोग गरी वर्षौँ पहिलेदेखि बनाइएका सामान लोप हुने अवस्थामा छन् । म्याग्दीका ग्रामीण भेगहरुमा...
-
२०७६ भाद्र २८, शनिबार
‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’
डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् । पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताउनुभयो । निको भएका बिरामीकोतर्फबाट...
-
२०७६ भाद्र २८, शनिबार
आक्रमणकारी माथि कारवाही नभए संसद् अवरुद्ध गर्ने देउवाको चेतावनी
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आप्mना पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायतका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ । आज नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नु भयो, “सरकारले घटनाका दोषीहरुलाई कानूनी दायरामा नल्याएसम्म आप्mनो दल चुप लागेर बस्दैन ।” बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्नेहरु...
-
२०७६ भाद्र २८, शनिबार
विदेशी पाहुनाबाट चन्द्रागिरि र स्वयम्भूको अवलोकन
इन्द्रजात्राको अवसर पारेर नेपाल आएका विदेशी पाहुनाले आज चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गर्नुभएको छ । काठमाडाँै महानगरपालिका र चन्द्रागिरि नगरपालिकाले करीब ५० जना विदेशी पाहुनालाई चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गराएका हुन् । त्यहाँ घुम्दा विदेशी पाहुनाले नेपालको भौगोलिक अवस्थिति, कला, संस्कृति र सम्पदाबारे जानकारी लिनुभएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी...
-
२०७६ भाद्र २८, शनिबार
राजतन्त्र फर्काउन सम्भव छैन ः सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताउनुभयो । “कुनै पनि हालतमा राजतन्त्र फर्किदैन्”, उहाँले भन्नुभयो, “यो हल्ला मात्रै हो ।” एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै सभापति...
-
२०७६ भाद्र २७, शुक्रबार
दुुई दशकपछि इन्द्रदहमा ढोलक लगिँदै
चन्द्रागिरि नगरपालिका–१ स्थित इन्द्रदहमा करीब दुुई दशकपछि विशेष बाजागाजासहित हनुमानढोकादेखि ढोलक लगिने भएको छ । काठमाडौँको वसन्तपुरमा आज इन्द्रजात्रा गरिएपछि राति १०ः०० बजे करीब २०० जनाको टोलीले ढोलक दहको आसपास क्षेत्रमा पुु¥याउने व्यवस्था गरिएको वडा नं १ ९दहचोक० का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुुभयो । विगतमा ढोलक लैजाने परम्परा रहेकामा करीब दुुई दशकसम्म विभिन्न कारणले त्यसलाई निरन्तरता...
-
२०७६ भाद्र २७, शुक्रबार
‘सेनाभित्रै सलामीको प्रश्न’
मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा ‘सलाम’ नगर्ने र नफर्काउन दुवैथरिलाई कारवाहीको दायरामा ल्याइएको छ । विश्वमै अनुशासित, व्यावसायिक र मर्यादित सेनाको छवि बनाएको नेपाली सेनाभित्र आफूभन्दा माथिल्लो दर्जाकालाई सलाम नगर्ने र तल्लो तहकालाई सलाम नफर्काउने हर्कत देखिएपछि सैनिक प्रहरीले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो एक वर्षको...
-
२०७६ भाद्र २७, शुक्रबार
पाटनका ११ टोलवासीले इन्द्रजात्रा मनाउँदै
वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी आज साँझ पाटन सुन्धारा निवासी ११ टोलका टोलवासीले इन्द्रजात्रा पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व पाटनको सुन्धारा, काठमाडाँै, भक्तपुरलगायत देशका केही स्थानमा मनाउने गरिन्छ । बिहीबार भाद्र शुक्ल द्वादशीका दिन पाटनको च्यासलमा लगनखेलका १९ टोलवासीले पाँच फिट अग्लो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्व शुरुआत गरिसकिएको भीमसेनबहाल...
-
२०७६ भाद्र २७, शुक्रबार
प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन
सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न गराउने लक्ष्यसहित सो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । जिल्लाका अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षदेखि...
-
२०७६ भाद्र २७, शुक्रबार
नेपाल भाषाका महाकवि सिद्धिदासको व्यक्तित्व र कृतित्वको चर्चा
नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५२औँ जन्मजयन्तीको अवसरमा उहाँको व्यक्तित्व र कृतित्वको बारेमा बिहीबार चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य मातृभाषा विभागले आयोजना गरेको गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको हो । महाजुको कृतित्व र व्यक्तित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा ओमकारेश्वर श्रेष्ठले दुःख र कष्ट सहन बाध्य हुँदाहँुदै ५० ओटा...
-
२०७६ भाद्र २७, शुक्रबार
धितोपत्र बजारलाई थप व्यवस्थित गर्न नयाँ कानूनी प्रबन्ध हुँदै
केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न कम्तीमा रु २० करोड बराबरको सम्पत्ति हुनुपर्ने व्यवस्था गरिएको छ । सङ्घीय संसद्मा धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केन्द्रीय निक्षेप सेवा सञ्चालन अनुमतिपत्रका लागि निवेदन दिनुपर्नेसम्बन्धी व्यवस्थामा निक्षेप प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ उक्त व्यवस्था गरिएको हो । यस्तै केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न आवश्यक...
-
२०७६ भाद्र २७, शुक्रबार
सिमेन्टको गुणस्तरमा हेरफेर भएको छैन विभाग
नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै हेरफेर नभएको बताएको हो । छिमेकी राष्ट्र भारतमा समेत सिमेन्टको गुणस्तर आइआरको मान दुई प्रतिशत रहेको अवस्थामा नेपालमा गुणस्तर निर्धारण गर्दा दुई प्रतिशत कायम रहेको थियो । हाल संशोधनपश्चात् भारतीय गुणस्तरमा आइआरको मान...


