STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र २९, आइतबार

    निग्लिहवामा भाद्र पूर्णिमा उत्सव

    लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमाअन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महीना...

  • २०७६ भाद्र २९, आइतबार

    खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ ः मन्त्री विश्वकर्मा

    युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने...

  • २०७६ भाद्र २९, आइतबार

    डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु

    डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो । शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । महानगरपालिका प्रमुख भीम पराजुलीले नगरस्थित...

  • २०७६ भाद्र २९, आइतबार

    सडक बालबालिका उद्धार र संरक्षण कार्य देशव्यापी बनाइने

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको बताउनुभएको छ । काठमाडौँ उपत्यकाबाट शुरु भएको उक्त कार्यक्रम क्रमशः देशव्यापी बनाइने जानकारी दिनुभयो । बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज राजधानीमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री पोखरेलले बालश्रम निवारणका लागि सरकारले गुरुयोजना...

  • २०७६ भाद्र २९, आइतबार

    विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न ः मन्त्री धिमिरे

    प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताउनुभएको छ । आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ मा ९१ सामुदायिक...

  • २०७६ भाद्र २९, आइतबार

    विदेशी पाहुनाले गरे जात्रा र सम्पदाको अवलोकन

    पहिलो पटक इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा बिहीबार काठमाडौँ आएका विभिन्न देशका नगरप्रमुख र उपप्रमखसहितको टोलीले गत शुक्रबार वसन्तपुर तथा त्यस आसपासका भित्री शहरको, शनिबार स्वयम्भू र चन्द्रागिरिको अवलोकन गरेका छन् । त्यसैगरी आज पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले...

  • २०७६ भाद्र २९, आइतबार

    औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व

    नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित हुनुभएको छ । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित हुनुभएको हो । सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने प्रतिद्वन्द्वी...

  • २०७६ भाद्र २९, आइतबार

    पुराना प्रविधिका साधन लोप हुने अवस्थामा

    परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेका हुन् । मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । रैथाने सीप र प्रविधिको प्रयोग गरी वर्षौँ पहिलेदेखि बनाइएका सामान लोप हुने अवस्थामा छन् । म्याग्दीका ग्रामीण भेगहरुमा...

  • २०७६ भाद्र २९, आइतबार

    निःशुल्क आँखा शिविरबाट ५७६ वृद्धवृद्धाले लिए सेवा

    कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन् । गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले सेवा लिएका हुन् । ती मध्ये ७० जनामा मोतियाविन्दुको समस्या देखापरेको छ भने छ जनामा आँखाभित्र मासु पलाएको समस्या देखापरेको लायन्स क्लब...

  • २०७६ भाद्र २९, आइतबार

    राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताउनुभएको छ । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा, सुशासन र राजनीतिक स्थायित्व हो भन्दै...

  • २०७६ भाद्र २९, आइतबार

    सोह्र श्राद्धका लागि मुक्तिनाथमा चहलपहल

    आश्विन कृष्णपक्ष पितृपक्षका अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ ।प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् । मुक्तिनाथ जाने प्रमुख नाका पोखरा भएकाले यहाँबाट पर्वत,...

  • २०७६ भाद्र २९, आइतबार

    चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ बिआरआई सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताउनुभएको छ । नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको बरु सामूहिक ढङ्गले विकास र सामाजिक...

Pages