STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र २०, शुक्रबार

    होटल व्यवसायीलाई आधारभूत तालीम

    पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्राविधिक सहयोग गरेको उद्योग...

  • २०७६ भाद्र २०, शुक्रबार

    दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र

    आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट परिचयपत्र वितरण शुरु हुनेछ । बिहीबार यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरणमा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दिनमा ४० हजार परिचयपत्र छाप्ने गरी उपकरण र जनशक्ति थप गर्न लागिएको बताउनुभयो । “अहिले...

  • २०७६ भाद्र २०, शुक्रबार

    काविविको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द

    धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयु को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ । केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन शाखामा पनि तालाबन्दी गरेपछि केयुको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको हो । सङ्घले विश्वविद्यालय प्रशासनसँग पटक–पटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै गत साउन २३ गते मुख्य भवनमा रहेका...

  • २०७६ भाद्र २०, शुक्रबार

    बिरामी नआउँदा सुनसान आयुर्वेद औषधालय

    प्राय दुर्गम क्षेत्रका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको अभाबमा उपचारका लागि बिरामीहरू सदरमुकाम धाउन बाध्य भएको समाचार आइरहेका बेला यहाँका स्वास्थ्यकर्मीहरू बिरामीको बाटो कुर्छन्भन्दा अचम्म लाग्न सक्छ तर दिपायलस्थित जिल्ला आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीहरु सधैँ बिरामीको बाटो कुरिरहेका हुन्छन् । उक्त औषधालयमा कहिलेकाहीँ मात्रै एक–दुई बिरामी उपचारका लागि आउने गर्छन् । बिरामी नआएपछि...

  • २०७६ भाद्र २०, शुक्रबार

    होटल व्यवसायी सङ्घमा पुनः अर्याल

    होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः देवेन्द्र अर्याल चयन हुनुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा सुरेन्द्र साह, महासचिवमा मदन तिमल्सिना, कोषाध्यक्षमा आशिष दाहाल, सचिवमा रामहरि श्रेष्ठ, सहसचिवमा शिवराम राउत चयन भएको सङ्घले जनाएको छ । सङ्घका...

  • २०७६ भाद्र २०, शुक्रबार

    कञ्चनपुरमा ठूला आयोजना ः प्रगति निराशाजनक

    कञ्चनपुरमा निमार्णाधीन आशलाग्दा विकास निर्माणका कामको गति भने निराशाजनक छ । पुल, सिँचाइका लागि बन्ने नहर, लोकमार्ग र हुलाकी सडक जस्ता नागरिकसित प्रत्यक्ष जोडिएका विकास निर्माण आयोजनाको कामसमयमा सम्पन्न हुने सम्भावना टर्दै गएका छन् । सन् २०२२ मा १५२ किलोमिटर लक्ष्य अनुसारको मूल नहर निर्माण सक्ने लक्ष्य लिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको गतिले किसानमा आशाभन्दा निराशा बढी छ । “एक दशकको...

  • २०७६ भाद्र २०, शुक्रबार

    झोलुङ्गे पुलको निर्माण सम्पन्न

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम ९टिबीएसयु०को प्राविधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु ३५ लाख ८१ हजार ४६९ को लागतमा निर्माण भएको सो पुलबाट ५४ घरधुरीका ५९४ जनसङ्ख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष डप्रसाद शेरपुजाले बताउनुभयो । यो पुलबाट पाखापानी, कोटगाउँ, रायखोर, कुइने,...

  • २०७६ भाद्र २०, शुक्रबार

    कागेश्वरीमा भक्तजनको भीड

    भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले आज यहाँ आएर जल चढाएपछि मात्र व्रत सिद्ध हुने विश्वाससमेत छ । मन्दिरमा २२७ किलोको...

  • २०७६ भाद्र २०, शुक्रबार

    सामाजिक विकास समितिको प्रतिवेदन प्रदेशसभामा पेश

    सामाजिक विकास समितिका सभापति सरिता थापाले समितिको प्रतिवेदनसहित ‘प्रदेश सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभामा पेश गर्नुभयो । प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम सो प्रतिवेदन उहाँले पेश गर्नुभएको हो । सभापति थापाले समान उद्देश्यले छरिएर रहेका पूँजीलाई एकीकृत गरी आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्ने सहकारी मुलुकको...

  • २०७६ भाद्र २०, शुक्रबार

    अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

    जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ । म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित होटलमा अरिङ्गालको परिकारको माग बढेको छ । जङ्गलमा पाइने...

  • २०७६ भाद्र २०, शुक्रबार

    विप्लवलाई वार्तामा आउन नेता शर्माको आग्रह

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गर्नुभयो । नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता शर्माले नेपाली जनताको लामो...

  • २०७६ भाद्र २०, शुक्रबार

    मकैजोन क्षेत्रमै मकै जोगाउन मुस्किल

    प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भएपनि उक्त क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ । मकैको उत्पादनमा बढाउने र मकै प्रशोधन गर्ने लक्ष्यसाथ कार्यालय स्थापना भए पनि जङ्गली बँदेल र बाँदरकै कारण मकै उत्पादनमा ह्रास आउने सङ्केत देखिएको मकै जोन कार्यालय बैतडीका प्रमुख दानसिंह महराले जानकारी दिनुभयो । मकै उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले किसानलाई...

Pages