STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १९, बिहिबार

    फार्मलाई दुई करोड अनुदान

    भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा रु दुई करोड ४० लाख अनुदान दिन लागेको हो । प्रत्येक स्थानीय तहमा कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायको कम्तीमा एक नमूना फार्म स्थापना गर्ने उद्देश्यसहित कृषकलाई अनुदान वितरण गरिने केन्द्रका...

  • २०७६ भाद्र १८, बुधबार

    ५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु

    उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्ररुपमा शुरु गरेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर...

  • २०७६ भाद्र १८, बुधबार

    गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

    लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ । पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष रामकुमार बस्नेतले बताउनुभयो । “युवा पुस्तामा लागुऔषध प्रयोगको कुलतले समाजमा भइरहेको...

  • २०७६ भाद्र १८, बुधबार

    उखु किसानले भुक्तानी पाए

    इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले प्रति क्वीन्टल रु ४४१।२८ का दरले रु ५२ करोड एक लाख तीन हजार ५४० भुक्तानी गरेको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिनुभयो । गएको वर्षमा...

  • २०७६ भाद्र १८, बुधबार

    माल्दिभ्सका राष्ट्रपतिसँग शिष्टाचार भेट

    मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बारेमा छलफल...

  • २०७६ भाद्र १८, बुधबार

    मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि

    आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रनुभयो । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झर्नुभयो । उहाँहरु गफिदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका...

  • २०७६ भाद्र १८, बुधबार

    झुलाघाट नाकाबाट निर्यात शून्य

    जिल्लास्थित नेपाल–भारत सीमानाका महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत आर्थिक वर्षमा रु ५५ करोडको सामग्री आयात भएको भए पनि निर्यात भने शून्य रहेको छ । भन्सार कार्यालयबाट भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ । उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिनुभयो...

  • २०७६ भाद्र १८, बुधबार

    घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

    स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बरमा अवस्थित घ्वाङखोलालाई आवश्यक भौतिक पूर्वाधार निर्माण गरेसँगै आन्तरिक तथा बाह्य धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र वनदै गएको हो । वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन किलोमिटरको दूरीमा रहेको घ्वाङखोलासम्म...

  • २०७६ भाद्र १८, बुधबार

    स्क्रब टाइफसका २७ बिरामी भेटिए

    डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी दिनुभयो । दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २७ सङ्क्रमित भेटिएका हुन् । अस्पताल आउने सुदूरपश्चिम प्रदेशका डडेल्धुरासहित बैतडी, दार्चुला, बझाङ र डोटीका बिरामीसमेत आउने...

  • २०७६ भाद्र १८, बुधबार

    रेल चढ्ने रहर अझै अन्योलमा

    “आब रेल चढ पैवाक बात चढब तभीए बतायब” अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् । भारतको जयनगरबाट धनुषाको जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमीटरको दूरीमा रेल चल्ने कुरा बर्षौँदेखि सुन्दै आएका यसक्षेत्रका सर्वसाधारणले कामभने गतिमा नबढेपछि निराश भएर यस्तो जवाफ फर्काउने...

  • २०७६ भाद्र १८, बुधबार

    गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा

    सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य विभिन्न स्थानमा सोधपुछ गर्ने टोलीले जानकारी दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उच्च बारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन गरेको सात सदस्यीय छानविन टोली यहाँ आएको हो । टोलीले जिल्ला समन्वय समिति, नारायण नगरपालिका, शिरिस्थान...

  • २०७६ भाद्र १८, बुधबार

    समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव

    चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम शुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले भवनका बारेमा चासो लिई पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम शुरु गरेको हो । सम्झौता भएको आठ वर्ष बित्न लाग्दा पनि ठेकेदार कम्पनीले विविध बहाना देखाई सो भवनको निर्माणमा...

Pages