राष्ट्रिय
-
२०७६ भाद्र २०, शुक्रबार
मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा
मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै...
-
२०७६ भाद्र २०, शुक्रबार
कर्णाली विकासको डिजिटल नक्सा तयार हँुदै
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताउनुभयो । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक क्षेत्र सजग हुनुपर्नेमा जोड दिनुभयो । अब...
-
२०७६ भाद्र २०, शुक्रबार
पर्यटकको आतिथ्य संस्कारमा कमी हुनुहँुदैन ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको स्वाभिमानलाई उचो राख्ने गरी विदेशी पर्यटकलाई गरिने आतिथ्य संस्कारमा कुनै कमी गर्न नहुने बताउनुभएको छ । पदयात्री व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान को ४१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली हुनुमा गौरव गर्दै यहाँ आउने पर्यटकलाई सेवा भावका साथ आतिथ्य सम्मान र सहयोग...
-
२०७६ भाद्र २०, शुक्रबार
महिला लायन्स क्लबको हस्तकला उद्योग
विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले आर्थिक सशक्तीकरणका लागि महिला उद्यमशीलता भन्ने नारासहित पहिलो हस्तकला उद्योग सञ्चालनमा ल्याएको छ । लायन्स क्लबका ३२५ बी १ का डिष्ट्रिक गभर्नर इन्दु लम्सालले ल्याएको ‘सशक्तीकरणका लागि जागौँ’ भन्ने मूल नारालाई सफल बनाउन आफूहरुले आर्थिक समृद्धिका लागि उद्यमशीलतलाई जोड दिएको लायन्स गण्डकीका अध्यक्ष एवं महिला उद्यमी हिरा भट्टराईले बताउनुभयो ।...
-
२०७६ भाद्र २०, शुक्रबार
वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु
काठमाडाँै उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्स अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ । डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफँै खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिनुभयो । डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र...
-
२०७६ भाद्र २०, शुक्रबार
मनसुन सक्रिय भारी वर्षाको सम्भावना
मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून चापीय रेखा बनेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको बताइएको छ । मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय आंशिकदेखि सामान्य बदली भई वर्षा हुने क्रम जारी रहने मौसमविद्को भनाइ छ । यसको प्रभावले...
-
२०७६ भाद्र २०, शुक्रबार
युरोपेली पर्यटक ः भ्रमण वर्ष सफलताका मुख्य आधार
नेपाल भ्रमणमा आउने पर्यटकमा ठूलो हिस्सा ओगट्ने युरोपेली मुलुकका पर्यटकलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन हुन सकेमा नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने देखिन्छ । युरोपेली मुलुकहरुबाट सन् २०१८ मा दुई लाख ४३ हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यस वर्षको छ महीनाको अवधिमा यो सङ्ख्या एक लाख चार हजार ७८३ रहेको छ । नेपाल एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य स्थलको...
-
२०७६ भाद्र २०, शुक्रबार
पोखरा र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता
विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको...
-
२०७६ भाद्र २०, शुक्रबार
भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द
झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म ९१५ दिन० का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले मर्मतसम्भार शुरु गरेकोे...
-
२०७६ भाद्र २०, शुक्रबार
होटल व्यवसायीलाई आधारभूत तालीम
पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्राविधिक सहयोग गरेको उद्योग...
-
२०७६ भाद्र २०, शुक्रबार
दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र
आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट परिचयपत्र वितरण शुरु हुनेछ । बिहीबार यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरणमा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दिनमा ४० हजार परिचयपत्र छाप्ने गरी उपकरण र जनशक्ति थप गर्न लागिएको बताउनुभयो । “अहिले...
-
२०७६ भाद्र २०, शुक्रबार
काविविको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयु को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ । केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन शाखामा पनि तालाबन्दी गरेपछि केयुको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको हो । सङ्घले विश्वविद्यालय प्रशासनसँग पटक–पटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै गत साउन २३ गते मुख्य भवनमा रहेका...


