राष्ट्रिय
-
२०७६ भाद्र १९, बिहिबार
फार्मलाई दुई करोड अनुदान
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा रु दुई करोड ४० लाख अनुदान दिन लागेको हो । प्रत्येक स्थानीय तहमा कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायको कम्तीमा एक नमूना फार्म स्थापना गर्ने उद्देश्यसहित कृषकलाई अनुदान वितरण गरिने केन्द्रका...
-
२०७६ भाद्र १९, बिहिबार
केवलकार बन्द हुने
यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार सम्ममर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो ।मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो । गोरखाको शहीद लखन गाउँपालिकामा रहेको...
-
२०७६ भाद्र १९, बिहिबार
कुटपिटमा संलग्न १६ जना पक्राउ
कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरी...
-
२०७६ भाद्र १९, बिहिबार
गाई हत्याबारे छानबिन टोली घटनास्थलमा
सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नाका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी पनि गरिएको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिनुभयो ।...
-
२०७६ भाद्र १९, बिहिबार
पदमार्गमा झोलुङ्गे पुल निर्माण
धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रमकमो प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्ने पर्यटक र भक्तजनलाई सहज भएको वडाध्यक्ष मनकुमार शेरपुजाले बताउनुभयो । “खोलामा...
-
२०७६ भाद्र १९, बिहिबार
अब एटिएमबाट ६० हजार मात्र
चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ । यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढी नगद झिक्न नपाइने...
-
२०७६ भाद्र १९, बिहिबार
शिक्षकलाई पाँच लाख सहयोग गरिने
यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो । ‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित हुनुहुन्छ । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार खर्च जुटाउन लागिएको नगरप्रमुख राजन मेहताले...
-
२०७६ भाद्र १९, बिहिबार
धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकुमार्ग खोल्ने सहमति
धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकुमार्ग खोल्ने सहमति भएको छ । स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो । उक्त समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण गरी त्यस क्षेत्रबाट हिँड्ने यात्रु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । उक्त मार्ग पुरानो धरहरा र अब...
-
२०७६ भाद्र १९, बिहिबार
सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो
शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकले गत आर्थिक वर्ष २०७५÷७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता अझै पाएका छैनन् । चालू आर्थिक वर्षको दुई महीना बित्नै लाग्दासमेत नगरपालिकाको लापरवाहीले गत वर्षको सामाजिक सुरक्षा भत्ता नपाएका हुन् । तेस्रो चौमासिक रकम बैंकमार्फत वितरण गर्ने बताएपछि हालसम्म वृद्धवृद्धाले रकम पाउन सकेका छैनन् । यहाँका नौ वडाका सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रकम नपाउँदा निराश...
-
२०७६ भाद्र १९, बिहिबार
डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो
प्रदेश नं। ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिनुभएको थियो । मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा आउनेदेखि सरल र छरितो स्वास्थ्य उपचारसेवा...
-
२०७६ भाद्र १९, बिहिबार
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध ¥याली
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत ¥यालीको आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको ¥यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने माइती नेपाल, विभिन्न सङ्घ...
-
२०७६ भाद्र १९, बिहिबार
करको भार थोपारेकोमा असन्तुष्टिः महासङ्घ
सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमाथि करको भार थोपारेकोमा असन्तुष्टि जनाएको छ । महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राज्यका तीन वटै तहका सरकारले सामुदायिक वन उपभोक्ता समूहमाथि कर बढाएको भन्दै महासङ्घले त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । महासङ्घका अध्यक्ष भारती पाठकले सामुदायिक वनबाट कर लिनेगरी कानून निर्माण गरेकाले त्यसलाई तत्काल संशोधन गर्नका लागि तीन...


