STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २१, मंगलबार

    ३१ जनामा डेङ्गु सङ्क्रमण

    जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ चितवनका र अन्य बाहिरी जिल्लाका हुन् । भरतपुर महानगरपालिका–१, २, ३, १० र ११ का बासिन्दामा सो रोगको सङ्क्रमण भेटिएको थियो । ती क्षेत्रमा बढी सङ्ख्यामा सवारीसाधन...

  • २०७६ श्रावण २१, मंगलबार

    पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय सर्प कार्यशाला सम्पन्न

    पाँच बुँदे घोषणापत्र तयार गर्दैै कालीगण्डकी नदी उत्तरबाहिनी क्षेत्रमा चलेको अन्तर्राष्ट्रिय सर्प कार्यशाला सकिएको छ । पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, वन तथा कृषि विश्वविद्यालय चितवन रामपुर र कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कार्यशाला भएको हो । नागपञ्चमीको अवसर पारेर शनिबारदेखि शुरु भएको कार्यशाला सोमबार सकिएको हो । पाल्पाको रम्भा गाउँपालिका–१ तथा गल्याङ...

  • २०७६ श्रावण २१, मंगलबार

    ‘पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य’

    के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ रु व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ रु यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर प्यान अनिवार्य हुनुपर्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा सोभन्दा बढी कर्जा लिने भए अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय...

  • २०७६ श्रावण २१, मंगलबार

    गण्डकीको कास्कीमा सबैभन्दा बढी भ्रष्टाचार

    गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५÷७६ को तथ्याङ्कअुनसार उजुरी सङ्ख्या ८३२ रहेको छ । सो मध्ये कास्की जिल्लामा २०७४÷७५ मा १४८ र २०७५÷७६ मा २८१ गरी ४२९ उजुरी छन् । त्यसपछि पर्वतमा ८२ र...

  • २०७६ श्रावण २१, मंगलबार

    सुकुम्वासी सधैँ सुकुम्वासी रहिरहनुपर्छ भन्ने छैन ः मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले ‘भूमि सम्बन्धी आठौँ संशोधन विधेयक– २०७५ लाई छिटो समितिबाट पारित गरिदिन आग्रह गरेको छ । भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलका क्रममा रहेको छ । मन्त्रालयले सो विधेयक एक वर्ष अगाडि समितिमा पठाएको थियो । समितिको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी...

  • २०७६ श्रावण २०, सोमबार

    मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

    केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर नेपाल तर्फ सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताउनुभयो । हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । महाशाखाको पछिल्लो...

  • २०७६ श्रावण २०, सोमबार

    रोटरी क्लव ललितपुर मिडटाउनको आयोजनामा वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीलाई अभिनन्दन

    रोटरी क्लव ललितपुर मिडटाउनको आयोजनामा वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । क्लवले ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमको आयोजना जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद समेत रहेका जोशीले क्लवको कार्यको प्रशंसा गरेका थिए । उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथिका रुपमा...

  • २०७६ श्रावण २०, सोमबार

    लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

    सरकारको स्न २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य...

  • २०७६ श्रावण २०, सोमबार

    सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

    साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक,...

  • २०७६ श्रावण २०, सोमबार

    भदौदेखि ‘ई–टिकेटिङ’

    पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताउनुभयो । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, “अबको छ महीनामा योजना...

  • २०७६ श्रावण २०, सोमबार

    नागपोखरीमा मेला

    काठमाडौँ नगरपालिका–१ नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ । वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमामा...

  • २०७६ श्रावण २०, सोमबार

    विद्यार्थीले गणितमा ३२ र नेपालीमा २० प्रतिशत अझै सिक्न सकेनन्

    अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत...

Pages