STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २२, बुधबार

    कैदीबन्दी भाइरल बिरामी भएपछि उपचार शुरु

    उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ । शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए पनि विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित हुन पुगेपछि सोमबारदेखि उनीहरूको नियमित उपचार शुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार...

  • २०७६ श्रावण २२, बुधबार

    ब्रेथलाइजर मेसिन बिग्रिँदा ट्राफिक प्रहरी हैरान

    जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि पर्याप्त प्रविधि र सामग्री नहुँदा समस्या भइरहेको जनाएको छ । डोटीमा ट्राफिक प्रहरीका लागि भएको एकमात्र ब्रेथलाइजर मेसिन बिग्रेको छ । यही कारण मादक पदार्थ सेवन गरी सवारी चलाउने र प्रहरीबीच विवाद हुने गरेको छ । बिग्रेका मेसिन मर्मतका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया पठाएको लामो समय भइसक्दा नपठाउँदा डोटी ट्राफिक प्रहरीलाई जाँचमा समस्या...

  • २०७६ श्रावण २२, बुधबार

    इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै

    ९।९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन्न भएको छ । आन्तरिक परीक्षण सम्पन्न भएसँगै आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्रीका लागि निवेदन लिएको छ । “हामीले आयोजनालाई ग्रिडमा...

  • २०७६ श्रावण २१, मंगलबार

    प्रम ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा

    भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिनुभएको हो । यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली त्यहाँ पुग्न सक्नुभएको...

  • २०७६ श्रावण २१, मंगलबार

    टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने

    दाङ तुलसीपर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग...

  • २०७६ श्रावण २१, मंगलबार

    मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु गरेकोे छ । मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन शुरु गरिएको हो । पहिलो दिन चार वटा हटाइएको र अन्य चारलाई २४ घण्टाभित्रमा हटाउन कागजी सहमति गराइएको छ । पहिलो दिन दिक्तेलको...

  • २०७६ श्रावण २१, मंगलबार

    कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

    आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच÷पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिनुभयो । नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११ र १२ मा थप दुई विषय पढ्नु पर्ने हुन्छ । उहाँका अनुसार जीवन उपयोगी सीप र सामाजिक अध्ययन ५०–५०...

  • २०७६ श्रावण २१, मंगलबार

    साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

    रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि...

  • २०७६ श्रावण २१, मंगलबार

    रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने

    रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको जानकारी दिनुभयो । सांसद गुरुङले भन्नुभयो, “प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको छ, रातो किताबमा परेर...

  • २०७६ श्रावण २१, मंगलबार

    पहिरोले लोकमार्ग अवरुद्ध

    गलकोट नगरपालिका–११ रिघा, फेँदीमा आज बिहान खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध बनेको छ । पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा प्रभावित बनेको छ । लोकमार्ग खुलाउन प्रयास भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताउनुभयो । “हटियाबाट डोजर आउँदैछ, डेढ÷दुई घण्टामै लोकमार्ग सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो । पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्ग हुँदै लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन...

  • २०७६ श्रावण २१, मंगलबार

    सातदोबाटो–लगनखेल सडक आधा सम्पन्न

    ठेक्का समझौताको अवधि सकिएर थप भएको अवधिसम्म लगनखेल–सातदोबाटो सडक निर्माण आधा मात्रै सकिएको छ । ललितपुर जिल्लाकै सबैभन्दा बढी सवारी चाप हुने सडकमध्ये सो सडक विस्तारको काम अलपत्र पर्दा चालक र यात्रु हैरान भएका हुन् । यहाँका बासिन्दाले घर र जग्गाको मुआब्जा माग गरेका कारण सडकमा ५० प्रतिशतभन्दा बढी काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । स्थानीयवासीले मुआब्जाको माग गर्दा सडक...

  • २०७६ श्रावण २१, मंगलबार

    उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण

    नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाडौँ उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने नीतिअनुसार उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो । महाशाखाका...

Pages