STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २०, सोमबार

    मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

    केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर नेपाल तर्फ सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताउनुभयो । हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । महाशाखाको पछिल्लो...

  • २०७६ श्रावण २०, सोमबार

    रोटरी क्लव ललितपुर मिडटाउनको आयोजनामा वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीलाई अभिनन्दन

    रोटरी क्लव ललितपुर मिडटाउनको आयोजनामा वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । क्लवले ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमको आयोजना जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद समेत रहेका जोशीले क्लवको कार्यको प्रशंसा गरेका थिए । उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथिका रुपमा...

  • २०७६ श्रावण २०, सोमबार

    लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

    सरकारको स्न २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य...

  • २०७६ श्रावण २०, सोमबार

    सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

    साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक,...

  • २०७६ श्रावण २०, सोमबार

    भदौदेखि ‘ई–टिकेटिङ’

    पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताउनुभयो । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, “अबको छ महीनामा योजना...

  • २०७६ श्रावण २०, सोमबार

    नागपोखरीमा मेला

    काठमाडौँ नगरपालिका–१ नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ । वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमामा...

  • २०७६ श्रावण २०, सोमबार

    विद्यार्थीले गणितमा ३२ र नेपालीमा २० प्रतिशत अझै सिक्न सकेनन्

    अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत...

  • २०७६ श्रावण २०, सोमबार

    गुथी विधेयकबारे छलफल गर्न समिति

    सरकारले हालै ल्याएको गुथी विधेयकको सन्दर्भमा गुथियारबीच छलफल चलाउन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न गुथियारहरुको एक कार्यसमिति गठन गरेको छ । काठमाडौँको ओलम्पस क्लबमा नेवार समुदायका विभिन्न खलः तथा पुचः सम्मिलित बैठकले समितिको अध्यक्षमा डा महेशमान श्रेष्ठ र उपाध्यक्षमा पवित्र बज्राचार्यलाई चयन गरेको छ । सचिवालय हेर्ने जिम्मेवारी नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारलाई दिइएको छ । सदस्यहरुमा...

  • २०७६ श्रावण १९, आइतबार

    बौद्ध सङ्ग्रहालय स्थापना हुँदै

    महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका साथै रु एक करोड विनियोजन गरेको छ । अहिले...

  • २०७६ श्रावण १९, आइतबार

    डल्फिन अवलोकनमा रमाउँदै पर्यटक

    कैलालीको डल्फिन चरन क्षेत्रमा डुङ्गामा बोटिङ जलयात्रा सहित डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरेर पर्यटक रमाउन थालेका छन् । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका काँडा, कन्द्रा, पथरैया र मोहना नदीको दोभान क्षेत्रमा यति बेला सहजरुपमा डल्फिन उफ्रिएको दृश्य त्यहाँ पुग्ने जो कोहीले सजिलै देख्न सकिन्छ । दोभान नजिक रहेको ढुङ्गाना गाउँका केही युवा विद्यालयको वर्षे बिदाको मौकामा डल्फिन अवलोकन गर्न आउने...

  • २०७६ श्रावण १९, आइतबार

    एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण

    सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त...

  • २०७६ श्रावण १९, आइतबार

    कमसल बाँध बनाउने ठेकेदारलाई कारवाही गरिने

    रु ५२ लाखको लागतमा मकवानपुर गढी गाउँपालिका–५ ज्यामिरेमा निर्माण गरिएको ‘क्रंक्रिट ड्याम’ गुणस्तरहीन भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।खैरनी खोलाको दोभानस्थित ज्यामिरे बस्ती जोगाउन बनाइएको बाँध ठेकेदारको लापरवाहीले एक हप्तासम्म पनि ‘सेट’ नभएको स्थानीय रामप्रसाद घिमिरेले बताउनुभयो । कम्पनीले मापदण्ड विपरीत बालुवाको मात्रा बढी हालेको र सिमेन्ट तथा छडको प्रयोग कम गरेको अनुगमनका...

Pages