राष्ट्रिय
-
२०७६ श्रावण २२, बुधबार
वायु सेवा निगम सुधार्न कार्यदल गठन
सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रिस्तरको आजको निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा लेखा विज्ञ चार्टर एकाउण्टेण्ट सुबोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद...
-
२०७६ श्रावण २२, बुधबार
डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको शून्य समयमा सुनसरी धरान उपमहानगरपालिकामा घरैपिच्छे डेङ्गुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेङ्गुको बिरामी देखिँदा दुई महिलाको मृत्यु भइसकेको र चार हजारमा रोेग देखिएकोले सो रोग तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु राजेन्द्रकुमार राई र रानी मण्डलले तराईमा...
-
२०७६ श्रावण २२, बुधबार
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनालाई पूर्ववत् अवस्थामा ल्याइएको छ । हिमआँधीसहितको प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचना स्थानीय पर्यटन व्यवसायीले झण्डै पाँच महीनाको प्रयासपछि पूर्ववत् अवस्थामा ल्याएको हो । गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको पर्यटन व्यवसायी एवं...
-
२०७६ श्रावण २२, बुधबार
प्रधानमन्त्री स्तब्ध, समवेदना व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गर्नुभएको छ । यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री...
-
२०७६ श्रावण २२, बुधबार
गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा
गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य पदमार्ग पनि यथावत छ । हिन्दू र बौद्ध धर्मालम्वीको अस्थाको केन्द्रको रूपमा रहेको गोसाइँकुण्डसम्म पुग्न पर्यटकीय पदमार्ग तथा प्राकृतिक...
-
२०७६ श्रावण २२, बुधबार
‘बिआरआई समृद्धिको वाहक’
चीनले अघि सारेको अर्बौं अमेरिकी डलर लगानी हुने महत्वाकाङ्क्षी परियोजना बिआरआई समृद्धिको वाहक भएको र त्यसमा जोडिने देश प्रगतिको पथतर्फ उन्मुुख हुने अभिमत सार्वजनिक भएको छ । एकसय ३५ राष्ट्र र ३० वटा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले आबद्धताका निम्ति समझदारीपत्रमा हस्ताक्षर गरेर साझेदारीका निम्ति प्रतिबद्धता व्यक्त गरेको बिआरआई शान्ति र विकासको वाहक पनि भएको चिनियाँ अधिकारीहरू बताउँछन् । प्रतिस्पर्धा...
-
२०७६ श्रावण २२, बुधबार
लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन
सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् ।...
-
२०७६ श्रावण २२, बुधबार
आलेख ः गाउँघरमा सिलोक गाउन छाडे
‘इज्जत थाम्न भनेर धेरै गहना मागेर ल्याइकन । भोलिपल्ट फुकाल्नुपर्दछ नी उहाँ देखि बोक्नु किन ।। चार दिनलाई भनेर मागन गई पाइन्छ यहीँ पनि । भोलिपल्ट थाहा हुनेछ गहना कस्का रहेछन् भनी ।।’ यी पङ्क्ति नेपाली समाजमा बिहेबारीका क्रममा गाउने सिलोक श्लोक हुन् । यसको आफ्नै लय हुन्छ । जेनतेन छोरीलाई अर्काको घर पठाउन मन बाँधेर बिदाइ गर्न लागेका बाबुआमा र आफन्तलाई यस्ता सिलोकले धुरुधुरु रुवाइदिन्छ । बेहुली...
-
२०७६ श्रावण २२, बुधबार
बोटे बस्तीमा घरबास सञ्चालन गरिने
मकवानपुरको मनहरी गाउँपालिका रमौली प्रतापपुरमा निर्माण गरिएको एकीकृत बोटे बस्तीलाई होमस्टे घरबास का रुपमा विकास गरिने भएको छ । मनहरी गाउँपालिकाको पहलमा प्रदेश सरकारको रु ५० लाख र गाउँपालिकाको रु २० लाख लगानी गरेर निर्माणाधीन बोटे बस्तीलाई गाउँपालिकाले नै होमस्टे निर्माण गरेर आर्थिक अवस्था सुधारका लागि काम गरिने जनाएको छ । रमौलीमा बोटे समुदायका लागि १४ वटा घर निर्माणाधीन रहेकोे गाउँपालिकाका अध्यक्ष...
-
२०७६ श्रावण २२, बुधबार
विपद् पूर्वानुमान गर्न सेन्सर जडान
विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो । स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन ९एनसिडीआर०को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो । जडान गरिएका सेन्सरलाई नियन्त्रण...
-
२०७६ श्रावण २२, बुधबार
अभिलेखालयमै पुग्दैनन् २५ वर्ष पुराना सरकारी अभिलेख
अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कानून बनेको ३० वर्षमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, कानून, न्याय तथा संसदीय मामिला र रक्षा मन्त्रालयले मात्र अभिलेख शाखा स्थापना गरी २५ वर्ष पुराना अभिलेख अभिलेखालयमा पठाएका छन् । बाँकी मन्त्रालय तथा विभागले उक्त...
-
२०७६ श्रावण २२, बुधबार
पहिरोले लघुजलविद्युत् आयोजना बन्द
सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ । अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले एक महीनादेखि यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । विद्युत् आपूर्ति बन्द भएपछि जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय समस्यामा परेको सुतीखोला...


