राष्ट्रिय
-
२०७६ श्रावण १७, शुक्रबार
कालिका मन्दिर ः मागेर खाने क्षेत्र मुक्त घोषणा
गण्डकी प्रदेशकैउत्कृष्ट धार्मिक गन्तव्यको रुपमा परिचित बागलुङ कालिका मन्दिर परिसरमा मागेर खाने बेसाहारालाई आज उद्धार गरिएको छ । नेपाल सरकारले सडक मानवमुक्त गराउने अभियानअन्तर्गत कालिका मन्दिर प्रवेशद्वारमा लामो समयदेखि मागेर खाने बेसाहारालाई उद्धार गरेसँगै मन्दिर परिसरलाई ‘मागेर खाने क्षेत्र मुक्त घोषणा’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी...
-
२०७६ श्रावण १७, शुक्रबार
प्राकृतिक ताल अतिक्रमण हँुदै
पश्चिम नवलपरासीमा रहेका विभिन्न प्राकृतिक तालतलैया पछिल्लो पटक धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका छन् । पश्चिम नवलपरासीको पाल्हिनन्दन–६ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको नन्दन ताल, बर्दघाट नगरपालिकाअन्तर्गत जहदाको बुद्धमङ्गल ताल, यसैगरी गुठी प्रसौनीको पिपरपाती ताल, माकरको भुताहा ताल, तिलकपुरको सुशिहवा ताल, जिल्लाका मुख्य ठूला तालहरु हुन् । तर अधिकांश ताल अतिक्रमण भएर...
-
२०७६ श्रावण १७, शुक्रबार
विषादीयुक्त खानेकुराका सम्बन्धमा सचेतना
विषादीयुक्त खानेकुराको असर र यसको निराकरणका सम्बन्धमा विषयमा आज यहाँ सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्षेत्री समाज पोखरा–१६ द्वारा ग्रिन नेपाल र सत्यनाम अस्पतालको सहयोगमा बाटुलेचोरका गृहिणीलाई लक्ष गरी सो कार्यक्रम आयोजना गरिएको हो । मिसावटयुक्त खाना विषादी हालिएका खानाका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यस्ता खानेकुराबाट आपूmलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे जानकारी...
-
२०७६ श्रावण १७, शुक्रबार
भूकम्पको चार वर्षपछि बन्दै मल्लकालीन कोटभैरव मन्दिर
विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखराको दक्षिण भेग पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ । भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर भत्काएर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडाशैलीमा नयाँ स्वरुपमा मन्दिर बनाउन थालिएको हो । मल्लकालीन समयदेखि अस्तित्वमा आएको मन्दिरको ऐतिहासिक एवं यहाँको सांस्कृतिक महत्वसमेतलाई उजागर...
-
२०७६ श्रावण १७, शुक्रबार
उपराष्ट्रपतिसँग मोरक्कोका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले आज शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति भवनमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो । उपराष्ट्रपति पुनले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी...
-
२०७६ श्रावण १७, शुक्रबार
वैज्ञानिक वन व्यवस्थापनले जङ्गलबाट पशुपक्षी हराउँदै
दाङ देउखुरीका विभिन्न सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत धमाधम पुराना रूख काटिए । अझै कतिपय सामुदायिक वनमा त झाडी सफाइको नाममा साना रुख पनि बाँकी छैनन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले एकातिर फाइदा पु¥याए पनि अर्कोतर्फ नोक्सान भइरहेको स्थानीय बताउँछन् । लमही नगरपालिका–७ निवासी प्रकाश चौधरीले वैज्ञानिक वन व्यवस्थापनले नोक्सानसँगै थप समस्या सिर्जना गरेको बताउनुहुन्छ । “...
-
२०७६ श्रावण १७, शुक्रबार
वडा कार्यालय भवन निर्माण गर्दै कामपा
काठमाडौँ महानगरपालिकाले आवश्यकतानुसार वडा कार्यालयका भवन निर्माण गर्ने र तला थप्ने भएको छ । अहिले कामपा–६, ७, ८, १४ र २६ को भवन पुनर्निर्माण गर्न लागिएको हो । कामपाले वडा नं १५, ३२ लगायत अन्य वडा कार्यालयमा भने अहिले भइरहेको भवनमा तला थप्ने भएकोे छ । तला थप र नयाँ भवन निर्माणका लागि यस वर्षको बजेटमा ती वडामा रु चार करोडदेखि रु आठ करोडसम्म बजेट विनियोजन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले...
-
२०७६ श्रावण १७, शुक्रबार
कार्यसम्पादन सम्झौताले सरकारको कामलाई नयाँ गति दिन्छ ः अर्थमन्त्री डा खतिवडा
प्रतिनिधिसभा, अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आगामी साउन १९ गतेदेखि दफावार छलफल हुुने भएको छ । समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आइतबारदेखि दफावार छलफल शुुरु हुन लागेको हो । सरकारले वित्तीय सङ्घीयतालाई अझ प्रभावकारी बनाउन सो विधेयक ल्याएको हो । विधेयकले सरकारी...
-
२०७६ श्रावण १७, शुक्रबार
मन्दिरबाट सहयोगापेक्षीको उद्धार
बागलुङ कालिका भगवती मन्दिर परिसरमा रहेका सहयोगपेक्षी मगन्ते को उद्धार गरिएको छ । स्थानीय प्रशासनको सहयोगमा मानवसेवा आश्रमले मन्दिरमा मागेर जीवन गुजारिरहेका उनीहरूलाई उद्धार गरी आश्रममा ल्याइएको हो ।“कोही पनि मानिस सडकमा मागेर बस्नु नपरोस् भनेर अभियान शुरु गरेका छौँ” आश्रमका संयोजक सुमिरा लामाले भन्नुभयो, “एक वर्षभित्र मगन्तेरहित बागलुङ सडक बनाउने हाम्रो लक्ष्य छ ।”मन्दिरबाट तीन जनालाई उद्धार गरी...
-
२०७६ श्रावण १६, बिहिबार
आगलागीबाट बन्द भएको रेडियो डेढ महीनापछि सञ्चालन
विद्युत् चुहिएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महीनापछि सञ्चालनमा आएको छ । गत जेठ २८ गते आगलागीबाट पूर्णरूपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत १०३।६ मेगाहर्ज’ बुधबारदेखि पुनः सञ्चालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो । फलेवास नगरपालिका वडा नं ५ खानीगाउँस्थित मोती...
-
२०७६ श्रावण १६, बिहिबार
‘कालिका पत्रकारिता पुरस्कार’ राजभण्डारी र घर्तीलाई प्रदान
कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले विसं २०७५ को ‘कालिका पत्रकारिता पुरस्कार’ बागलुङका दुई पत्रकारलाई प्रदान गरेको छ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यको रूपमा विकास भएको बागलुङ कालिका मन्दिरको थप प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको ‘कालिका पत्रकारिता पुरस्कार–२०७५’ बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी र सङ्घम घर्तीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी प्रदान...
-
२०७६ श्रावण १६, बिहिबार
ज्येष्ठ नागरिकलाई सम्मान
राजविराज नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाका १६ वडाबाट सबै ८५ वर्ष नाघेका पाँच÷पाँच ज्येष्ठ नागरिक छनोट गरी सम्मान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख शम्भु यादवले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाउनुका साथै छाता, कम्बल र झोला दिएर सम्मान गर्नुभयो । सम्मान पाउनेमा राजविराज नगरपालिका वडा नं १३ का वडाध्यक्ष १०५ वर्षीय...


