राष्ट्रिय
-
२०७६ श्रावण १६, बिहिबार
सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन
सङ्घीय सरकारले नेपालको संविधान विपरीत वन संरक्षण कम्पनी आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रदेश नं २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तर्फबाट सहायक भूसंरक्षण अधिकृत वेचनकुमार महतोले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँलाई विपक्षी बनाइ रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनमा राष्ट्रिय वनको...
-
२०७६ श्रावण १६, बिहिबार
आगलागीबाट बन्द भएको रेडियो डेढ महीनापछि सञ्चालन
विद्युत् चुहिएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महीनापछि सञ्चालनमा आएको छ । गत जेठ २८ गते आगलागीबाट पूर्णरूपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत १०३।६ मेगाहर्ज’ बुधबारदेखि पुनः सञ्चालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो । फलेवास नगरपालिका वडा नं ५ खानीगाउँस्थित मोती...
-
२०७६ श्रावण १६, बिहिबार
‘कालिका पत्रकारिता पुरस्कार’ राजभण्डारी र घर्तीलाई प्रदान
कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले विसं २०७५ को ‘कालिका पत्रकारिता पुरस्कार’ बागलुङका दुई पत्रकारलाई प्रदान गरेको छ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यको रूपमा विकास भएको बागलुङ कालिका मन्दिरको थप प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको ‘कालिका पत्रकारिता पुरस्कार–२०७५’ बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी र सङ्घम घर्तीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी प्रदान...
-
२०७६ श्रावण १६, बिहिबार
ज्येष्ठ नागरिकलाई सम्मान
राजविराज नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाका १६ वडाबाट सबै ८५ वर्ष नाघेका पाँच÷पाँच ज्येष्ठ नागरिक छनोट गरी सम्मान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख शम्भु यादवले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाउनुका साथै छाता, कम्बल र झोला दिएर सम्मान गर्नुभयो । सम्मान पाउनेमा राजविराज नगरपालिका वडा नं १३ का वडाध्यक्ष १०५ वर्षीय...
-
२०७६ श्रावण १६, बिहिबार
सामुदाययिक वनमा लगाइएको कर हटाउन माग
सामुदायिक वन उपभोक्ता महासङ्घ, रुपन्देहीले सामुदाययिक वनमा लगाइएको कर हटाउन माग गरेको छ । महासङ्घले बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएपछि बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सामुदायिक वनमा करको बोझ थपिएको महासङ्घका केन्द्रीय सचिव ठाकुर भण्डारीले बताउनुभयो । “स्थानीय र सङ्घीय सरकारलाई कर बुझाएर सामुदायिक वनमा काम गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । वन विकास गुरुयोजनाले...
-
२०७६ श्रावण १६, बिहिबार
रेविजविरुद्ध भ्याक्सिन सेवा
नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित मेथिनकोट अस्पतालमा छिमेकी जिल्लालाई समेत लक्षित गरी रेविज रोगविरुद्धको भ्याक्सिन सेवा शुरु गरिएको छ । जिल्लाको एक मात्र उक्त सरकारी अस्पतालबाट छिमेकी रोशी, महाभारत र तेमाल गाउँपालिका, पाँचखाल नगरपालिका तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीका सेवाग्राहीलाई लाभ मिल्नेछ । अस्पतालमा २४सै घण्टा रेविज रोगविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराइएको वडाध्यक्ष एवं अस्पताल...
-
२०७६ श्रावण १६, बिहिबार
ओझेलमा कठबेरुवा झरना
दाङको राजपुर गाउँपालिका–१ मटेरिया पूर्व–पश्चिम राजमार्गदेखि करीब तीन किलोमिटर दक्षिण अवस्थित कठबेरुवा झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा उक्त झरना ओझेलमा परेको छ । पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके समग्र राजपुरको विकास हुने राजपुर गाउँपालिका–१ का वडाध्यक्ष विष्णु बुढाले बताउनुभयो । उहाँले यस क्षेत्रलाई वनभोज क्षेत्रको रुपमा विकास...
-
२०७६ श्रावण १६, बिहिबार
पर्वतमा मदिरा व्यवस्थित गरिँदै
मदिरा सेवन तथा बिक्री वितरणका कारण जिल्लामा आपराधिक र गैरकानूनी क्रियाकलाप बढ्दै गएकाले जिल्लामा मदिरालाई व्यवस्थित गरिने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका पदाधिकारीको बैठकले मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेको हो । सर्वपक्षीय बैठकले कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म राति ९...
-
२०७६ श्रावण १६, बिहिबार
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा एमाले को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उहाँले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गर्नुभएको हो । बल्खुपछि मन्त्री भटृराईले नेपाल कम्युनिष्ट पार्टी नेकपा को पेरिस डाँडास्थित पार्टी कार्यालयमा शहीद तथा बेपत्ता व्यक्तिको...
-
२०७६ श्रावण १६, बिहिबार
सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा छ । सामाजिक–सांस्कृतिकरुपमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित सत्यवती ताल क्षेत्रको महत्वको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । सत्यवती ताल क्षेत्र पहाडको टुप्पोमा फैलिएको छ । ताल क्षेत्र वरपर बाजे र बज्यैको मन्दिर छ । घनाजङ्गलको बीच भागमा रहेको ताल यस क्षेत्रको पर्यटकीय गन्तव्य हो । गर्मी...
-
२०७६ श्रावण १६, बिहिबार
न्यूनतम पारिश्रमिक पुग्योे, समितिको काम पूरा भो
न्यूनतम पारिश्रमिक निर्धारण समितिले गत आर्थिक वर्षमा श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीका हितमा उल्लेखनीय कानूनी अधिकार स्थापित गर्न सफल भएको जनाएको छ । सरकारले तीन वर्षदेखि वृद्धि हुन नसकेको श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिक सोही अवधिमा २५ प्रतिशत वृद्धि गरेको थियो । रासससँगको भेटमा अध्यक्ष गङ्गाधर पराजुलीले समितिले पारिश्रमिक वृद्धि गर्न सरकारलाई सिफारिस गरेको र सोही आधारमा...
-
२०७६ श्रावण १६, बिहिबार
युवा दिवस साताव्यापी मनाइने
यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ । आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ । गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको...


