STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण १४, मंगलबार

    कार्यवाहक राजदूत युजोद्वारा बिदाइ

    नेपालका लागि जापानी कार्यवाहक राजदूत युजो योशिओकाले जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न जापान जान लागेका नेपाल सरकारका २० जना अधिकारीलाई आज यहाँ बिदाइ गर्नुभयो । जापान सरकारद्वारा मानव स्रोत विकास कार्यक्रमअन्तर्गत सन् २००० मा स्थापित यस छात्रवृत्ति कार्यक्रममा नेपाललाई पनि सन् २०१६ देखि समावेश गरिएको हो । यसअन्तर्गत हरेक वर्ष नेपाल सरकारका राजपत्राङ्कित श्रेणीका २० जना अधिकृत जापान जाने...

  • २०७६ श्रावण १४, मंगलबार

    छ वन समूह पुरस्कृत

    डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७५÷७६ मा उत्कृष्ट काम गरेको आधारमा तीन सामुदायिक वन र तीन कबुलियती वन समूहलाई पुरस्कृत गरेको छ । कार्यालयले आव २०७५÷७६ मा जिल्लाभरिकै वन समूहमध्येबाट सामुदायिक वन उपभोक्ता समूहबाट काम गरेको मूल्याङ्कनको आधारमा उत्कृष्ट तीन समूहलाई नगदसहित सम्मान गरिएको हो । मूल्याङ्कनको आधारमा छनोट भई उत्कृष्ट हुने वन समूहमध्ये पनौती नगरपालिका वडा नं १ रयालेका...

  • २०७६ श्रावण १४, मंगलबार

    बुद्धमूर्ति तोड़फोड़ गर्ने लाई कड़ा कार्यवाही गर्ने आस्वाशन

     सिद्धार्थ राजमार्गको शंकरनगर खण्डमा हालै मात्र ५ वटा बुद्धमूर्ति तोड़फोड़ गरेको विरोधमा दोषीलाइ तत्काल पक्राउ गरी कड़ा कार्यवाही गर्नका लागि आज श्रावण १४ गते सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यको नेतृत्वमा गएको धर्मोदय सभाको प्रतिनिधिमण्डलले गृहमन्त्री माननीय राम बहादुर थापा "बादल" लाइ भेट गरी ज्ञापन पत्र बुझाईयो। सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यले ज्ञापनपत्र वाचन गर्नु भएको थियो भने...

  • २०७६ श्रावण १४, मंगलबार

    उद्यमी बनाउन सीपमूलक तालीम

    सीपमूलक तालीम प्रदान गरी उद्यमी बनाउने उद्देश्यका साथ घरेलु तथा साना उद्योग विकास समितिले ५९८ जनालाई विभिन्न तालीम प्रदान गरेको छ । कार्यालयले एक वर्षको अवधिमा जिल्लाका १० स्थानीय तहका ३९८ महिला र २०० पुरुष गरी ५९८ लाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको हो । सर्वसाधारणको माग र अहिलेको आवश्यकतालाई मध्यनजर गरी उद्यमी बनाउने उद्देश्यका साथ चार नगरपालिका र छ गाउँपालिकाका बेरोजगार युवायुवतीलाई सीपमूलक...

  • २०७६ श्रावण १४, मंगलबार

    टोलटोलमा घुमाएर मारियो राक्षस

    प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व आज भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पु¥याई जलाएर पर्व मनाइएको...

  • २०७६ श्रावण १४, मंगलबार

    एकीकृत नमूना कृषि फार्म चलाउँदै सहकारी

    पछिल्लो समय बजारमा बग्रेल्ती सहकारी संस्था सञ्चालनमा आएका छन् । कृषिमा लगानी गर्ने उद्देश्यसहित सञ्चालनमा आएका सहकारी संस्थाले बचत तथा ऋणको कारोवार गर्ने र चर्को ब्याजदर असुलेर मिटरब्याजी कारोवार गर्दै आएको आरोप पनि लाग्दै आएको छ । तर सबै सहकारीले ऐन, नियमभन्दा बाहिर गएर कारोवार गर्दैनन् भन्ने उदाहरण बनेको छ– कुश्माको वैँशाली कृषि सहरकारी संस्था । यो सहकारीले मोदी गाउँपालिका वडा नं ४ मा नमूना...

  • २०७६ श्रावण १४, मंगलबार

    आलुको बीउ पाउनै कठिन

    बागलुङका किसानलाई हिउँदमा लगाउने स्थानीय जातको आलुको बीउ अभाव देखिएको छ । गत चैत–वैशाखमा परेको असिनापानीका कारण वर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बीउ अभाव भएको हो । विशेषगरी वर्षाको समयमा उत्पादन गरेर हिउँदे बीउ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे, दमेकको कालापाताललगायतका क्षेत्रमा यस वर्ष आलुको उत्पादन ह्वात्तै घटेको छ । उच्च पडाडी क्षेत्रमा लगाइने स्थानीय जातको आलुलाई हिउँदको...

  • २०७६ श्रावण १४, मंगलबार

    वार्षिक बजेटमा प्रदेशभरिमा ५८।१५ प्रतिशत प्रगति

    प्रदेश नं १ मा आर्थिक वर्ष २०७५÷७६ मा कूल वार्षिक बजेटमा ५८।१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो । कार्यालयका अनुसार सो अवधिमा पूँजीगत वार्षिक बजेट रु १९ अर्ब ४४ करोड २६ लाख ६५ हजारमा रु ११ अर्ब ३७ करोड ५१ लाख १४ हजार खर्च भई...

  • २०७६ श्रावण १४, मंगलबार

    चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

    चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । आइतबार राति शौचालय जाने क्रममा चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत बालकको उपचारमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाले रु २५ हजार र वडा नं २ ले रु १० हजार गरी रु ३५ हजार आर्थिक सहयोग गरेको हो । भानु नगरपालिकाका प्रमुख उदयराज...

  • २०७६ श्रावण १४, मंगलबार

    मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

    मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन्”, उहाँले भन्नुभयो । यो समयमा...

  • २०७६ श्रावण १४, मंगलबार

    बिहानैदेखि शक्तिपीठमा घुइँचो

    भक्तपुरका विभिन्न शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो । नेवार समुदायले आज बिहानै घरघरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएकाले मन्दिरमा भीड लागेको हो । नेवार समुदायमा रोपाइँ सकिएको...

  • २०७६ श्रावण १४, मंगलबार

    घण्टाकर्ण अर्थात् गठामङ्गल

    साउन कृष्ण चतुर्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र...

Pages