STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ ३, मंगलबार

    एक निर्वाचन क्षेत्र एक सडक निर्माण शुरु

    गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ को नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत कास्कीमा योजना कार्यान्वयन शुरु भएको छ । आगामी पाँच वर्षभित्र प्रदेश राजधानी र स्थानीय तहको केन्द्र जोड्ने गरी स्तरीय कालोपत्र सडक निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सो कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको थियो । आगामी वर्षको बजेट...

  • २०७६ आषाढ ३, मंगलबार

    निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का

    टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् ।  रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् । सडक...

  • २०७६ आषाढ ३, मंगलबार

    व्यासमूर्तिको डिपिआर सार्वजनिक

    तनहुँ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिटको वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन डिपिआर सार्वजनिक गरिएको छ ।  व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा पाएको अर्थक्वेक सेफ्टी सोलुसन्सले आज दमौलीमा विस्तृत परियोजना प्रतिवेदन डिपिआर सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले १०८...

  • २०७६ आषाढ ३, मंगलबार

    चार दिनदेखि उडान नहुँदा २०० यात्रु अलपत्र

    तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन । उडान प्रभावित...

  • २०७६ आषाढ ३, मंगलबार

    प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाउनुभएको छ ।  प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भन्नुभएको छ, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।” प्रतिनिसभाको आजको...

  • २०७६ आषाढ ३, मंगलबार

    इच्छाकामनामा बाल संरक्षणगृह निर्माण

    चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिनुभयो । रु १४ लाखको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष...

  • २०७६ आषाढ ३, मंगलबार

    प्रतिनिधिसभा बैठक अवरोध ः सत्ता पक्ष र विपक्षका आफ्नै तर्क

    प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिनुभएको थियो । काङ्ग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको भन्दै...

  • २०७६ आषाढ ३, मंगलबार

    ठेक्का भएको डेढ वर्षपछि मुआब्जा वितरण शुरु

    कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको छ । निर्माणका लागि ठेक्का सम्झौता भएको करीब आधा समय ९डेढ वर्ष०पछि यहाँको शुक्लाफाँटा र वेदकोट नगरपालिकाअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको हो । दुई वर्षमा भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनिसकेपछि डेढ वर्षअघि थप १५ किलोमिटर नहर निर्माणका लागि तीन प्याकेजमा...

  • २०७६ आषाढ ३, मंगलबार

    तीन दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा

    ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो । पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो । सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारीसाधन...

  • २०७६ आषाढ ३, मंगलबार

    गुठी विधेयक–  क्षेत्राधिकारभन्दा बाहिर गएर बहस भयोः सत्ता पक्ष,  जनता सडकमा उत्रिएपछि प्रतिनिधिसभामा कुरा उठ्योः प्रतिपक्ष

    राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक प्रक्रियाअघि नै प्रतिनिधिसभामा विरोध र बहस हुनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय माग गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता शर्माले  क्षेत्राधिकारभन्दा बाहिर गएर प्रतिनिधिसभामा सो विषयमा कुरा उठेको धारणा व्यक्त गर्नुभयो ।  उहाँले...

  • २०७६ आषाढ ३, मंगलबार

    खानेपानी योजनाबाट याम्खाका ८४ घर लाभान्वित

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा सञ्चालन गरिएको खानेपानी योजनाबाट ८४ घर उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७५र७६ मा विनियोजन गरिएको रु ३२ लाख ५० हजार र उपभोक्ताको रु सात लाख ७८ हजार ४८६ को जनश्रमदान गरी जम्मा रु ४० लाख २८ हजार ४८६ मा खानेपानी योजना सञ्चालन गरिएको हो । उपभोक्ताको घरमा निर्माण गरिएको धारामा मिटर जडान गरेर खानेपानी वितरण गरिएको छ ।...

  • २०७६ आषाढ ३, मंगलबार

    पशुपति क्षेत्रमा प्रदर्शन

    श्री पशुपतिनाथ ग्वल पुचः समाजले गुठी विधेयकको विरोधमा पशुपतिनाथ मन्दिरबाट सांस्कृतिक झाँकी र बाजागाजासहित प्रदर्शन गरेको छ ।    विहान पशुपतिनाथ मन्दिरबाट शुरु भएको झाँकीसहितको प्रदर्शन जयबागेश्वरी–सिफल–लामपोखरी–चाबहिल गणेशस्थान–चाबहिल चोक–मित्रपार्क–जयबागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको दक्षिणढोका अघिको भण्डारी गुठी घर आई सभामा परिणत भएको थियो । प्रदर्शनमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय...

Pages