राष्ट्रिय
-
२०७६ आषाढ ४, बुधबार
समयमा पार्टीको महाधिवेशन हुनुपर्छ नेता जोशी
नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले समयमा पार्टीको चौधौँ महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका महासमिति एवं महाधिवेशन प्रतिनिधि स्व सुदर्शन आचार्यको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टीलाई चलायमान बनाउन समयमा महाधिवेशन हुनुपर्ने बताउनुभएको हो । नेता जोशीले स्व आचार्यको जीवन पद्धतिबाट पार्टीले धेरै कुरा सिक्नुपर्ने उल्लेख...
-
२०७६ आषाढ ४, बुधबार
पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि
आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय लाटोसाथी ले ‘पतञ्जलि’ पुस्तकमार्फत उहाँको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गर्नुभएको छ । विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य डा आत्रेयले फेला पार्न सफल हुनुभएको हो । वाल्मीकि क्याम्पसमा आयोजित...
-
२०७६ आषाढ ४, बुधबार
गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन
सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् ।सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको माग गरेका हुन् । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मङ्गलबार विधेयक फिर्ता लिइएको...
-
२०७६ आषाढ ४, बुधबार
बिपी राजमार्गका होटलमा स्टिकर
बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टासेको हो । राजमार्ग भएर सवारी भित्रने र बाहिरिनेको सङ्ख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धामा होटल खुल्ने क्रम बढ्दै जाँदा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै खाद्य स्वच्छता स्टिकर टाँसिएको हो ।...
-
२०७६ आषाढ ४, बुधबार
फोहर नउठ्दा बजार दुर्गन्धित
केही दिनदेखि बजारको फोहर नउठ्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार दुर्गन्धित बन्न थालेको छ । रामग्राम नगरपालिकाले फोहर नउठाउँदा परासीको बुद्धचोकसहित बजार क्षेत्रमा फोहरको थुप्रो लागेको छ । दुई हप्तादेखि फोहर नउठेको स्थानीयवासीले बताएका छन् । नगरपालिकाले फोहर विसर्जन गर्दै अएको स्थानका स्थानीयवासीले फोहर विर्सजनमा अवरोध गरेपछि नगरपालिकाले बजारको फोहर व्यवस्थापन गर्न सकेको छैन । २०५३ सालमा...
-
२०७६ आषाढ ४, बुधबार
नेदरल्याण्ड्सका हान अबिङ नेपालमा
नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुग्नुभएको छ । नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आउनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गर्नुभयो । पाचौँ संस्करणको उक्त प्रतियोगिता...
-
२०७६ आषाढ ३, मंगलबार
साना उद्योगमा उत्साहजनक लगानी
बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा उत्साहजनक लगानी देखिएको छ । जिल्लामा पछिल्लो समयमा घरेलु तथा साना उद्योगमा घरेलु उद्योग थपिँदै गएका छन् । जिल्लामा घरेलु उद्योग थपिदै जाँदा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । राजनीतिक अस्थिरता र आङ्शिकरूपमा भए पनि विद्युत्को समस्या समाधान भएकाले उद्योग सञ्चालनको वातावरण सिर्जना भएको हो । घरेलु तथा साना उद्योगबाहेक बाँकेमा करोडौँको लगानीमा धेरै ठूला...
-
२०७६ आषाढ ३, मंगलबार
घरेलु चप्पल उद्योगबाट रु ४५ हजार कमाइ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित अजम्बरीटोलका राजन विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गर्नुभएको छ । वैदेशिक रोजगारीका क्रममा विसं २०५४ देखि साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताउनुभएका ४३ वर्षीय उहाँले अहिले उक्त उद्योगबाट मासिक रु ४५ हजारभन्दा बढी कमाउन थाल्नुभएको छ । आफ्नै घरमा उद्योग सञ्चालन गरेपछि अहिले सबैको हौसलासमेत मिलेको विश्वकर्माको भनाइ छ । “उद्योगबाट घरमै राम्रो...
-
२०७६ आषाढ ३, मंगलबार
दुवै मिर्गौला फेल भएका युवाको उपचारमा समस्या
दुवै मिर्गौला फेल भएपछि पर्वतका एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित अर्घसेका बुद्धिप्रसाद सुवेदीको दुवै मिर्गौला फेल भएपछि अहिले जीवनमरणको दोसाँधमा छन् । विपन्न परिवारका उनको उपचारमा आर्थिक अभाव हुँदा समस्या परेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण लामो समय रोजगारीका लागि भारतमा रहेका सुवेदी अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार...
-
२०७६ आषाढ ३, मंगलबार
सरकार द्धारा विवादीत गुठी विधेयक फिर्ता
सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी...
-
२०७६ आषाढ ३, मंगलबार
वैकल्पिक नयाँ सडक भत्काइयो
मण्डनदेउपुर नगरपालिका–७ स्थित डेडीथुम्का क्याम्पस हुँदै कश्यपेश्वर महादेव मन्दिर जाने सडक तथा पर्खाल निर्माणलगत्तै भत्काइएको छ । हेलम्बु राजमार्गमा सवारीको चाप बढ्दा कुन्ताबेँसीबाट वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने तथा मन्दिर जान समेतका लागि निर्माण गरिएको सडक नेपाली काङ्गे्रसका स्थानीय नेता÷कार्यकर्ताले डोजर लगाएर भत्काएका हुन् । नेपाली काङ्ग्रेस मण्डन देउपुर नगरका सभापति रामहरि सापकोटाले...
-
२०७६ आषाढ ३, मंगलबार
गागलफेदी पुग्न गागलफेदी यातायात
कागेश्वरी मनोहरा नगरपालिका–१ को गागलफेदीदेखि रत्नपार्कसम्म चल्ने गागलफेदी यातायातले आफ्नो सेवा शुरु गरेको छ । गागलफेदी यातायात प्रालिले सञ्चालनमा ल्याएको बस सेवाबाट नगरपालिकाको गागलफेदीका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने भएको छ । सीमित सवारीसाधनका कारण सधैँ जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउँदै स्थानीयवासीको सहजताका लागि यातायात सेवा विस्तार गरेको यातायात प्रालिका अध्यक्ष मधुसुदन केसीले...


