STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ २, सोमबार

    क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

    नेकपा क्रान्तिकारी–माओवादी को विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारी ले आज त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिनुभयो । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् ,’’ उहाँले भन्नुभयो,‘‘हामीले पहिल्यैदेखि नै...

  • २०७६ आषाढ २, सोमबार

    कुश्माबजारमा पानीको हाहाकार

    पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन् । बजारवासी बिहान सबैरै छिमेकीका घर–घरमा पानीको खोजीमा...

  • २०७६ आषाढ २, सोमबार

    सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ ।  शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार,...

  • २०७६ आषाढ २, सोमबार

    अनि हाँसो गुञ्जिरह्यो

    प्रेक्षालय खचाखच छ । मानिसहरू पलेँटी कसेर बसेका छन् । मञ्चपट्टि हुनुहुन्छ, योगगुरु डा योगी विकासानन्द । योग प्रवचन र अभ्यास चलिरहेको छ । छिनछिनमा अट्टहास हाँसोले पे्रक्षालय गुञ्जिन्छ । यहाँका योगप्रेमीले पछिल्ला तीन बिहान यस्तै माहोलमा कटाए । मज्जाले हाँसे । खुसी हुन सिके । “खुशीको अभिव्यक्ति हाँसो हो”, योगगुरु डा योगी विकासानन्दले भन्नुभयो, “हाँसोले समाज र परिवारलाई जोड्छ ।” हाँस्ने मान्छेले...

  • २०७६ आषाढ २, सोमबार

    गुठी विधेयकको पक्ष र विपक्षमा सांसद

    राष्ट्रियसभाका सांसदले गुठीसम्बन्धी विधेयकको पक्ष र विपक्षमा विभाजित भई आ–आफ्नो धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले विधेयकका कमजोरी सच्याएर अघि बढाउन सकिनेमा जोड दिनुभयो भने प्रमुख प्रतिपक्षी दलका सांसदले धर्म संस्कृति विरोधी भएकाले यसलाई फिर्ता लिन माग गर्नुभयो ।     बैठकमा सांसद जीवन बुढाले वर्षायाम शुरु भएसँगै कर्णालीमा दुःखका दिन आउने भएकाले...

  • २०७६ आषाढ २, सोमबार

    बजेटको कार्यान्वयन प्रभावकारी हुन्छ– मन्त्री गुरुङ

    गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । आइतबार प्रदेशसभामा प्रस्तुत बजेट सम्बन्धमा नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आवश्यक कानूनमध्ये कतिपय बनिसकेको तथा केही बन्ने क्रममा रहेका कारण बजेट कार्यान्वयन सहजरूपमा गर्न सकिने बताउनुभयो । अघिल्लो आर्थिक...

  • २०७६ आषाढ २, सोमबार

    भारतीय गाडीको बढ्दो प्रयोग ः ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

    सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ ।  राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् । जिल्ला ट्राफिक प्रहरी...

  • २०७६ आषाढ २, सोमबार

    नता आवास अन्तिम किस्ता पाएसँगै घर निर्माण

    जनता आवास कार्यक्रमको रकम यहाँका घर निर्माण गरिरहेका दलित समुदायले पाएका छन् । घर निर्माण गरी बीचमा छाडेका र निर्माण हुँदै गरेका दलित समुदायलाई रकम पाएपछि राहत मिलको छ । यसअघि रकम निकासा नहुँदा घर निर्माणमा समस्या भएको भनी घर निर्माण गरिरहेका दलित समुदाले आक्रोश व्यक्त गरेका थिए । जनता आवास कार्यक्रमबाट साविकका दुनै, जुफा, त्रिपुराकोट, पाहाडा, लहाँ, नर्कु, कालीका, सर्मी गरी जम्मा आठ गाउँपालिकाका...

  • २०७६ आषाढ २, सोमबार

    देशभरका पालिकाको केन्द्रसम्मको सडक कालोपत्र गरिने

    देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो ।    सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न रु पाँच अर्ब छुट्याइएको विभागले जनाएको छ । देशभरका ७५३ पालिकामध्ये ३६९ पालिकाको केन्द्रसम्मको सडक कालोपत्र नभएको पाइएको छ । सातै वटा प्रदेशले...

  • २०७६ आषाढ २, सोमबार

    गुठी विधेयक फिर्ता नलिए सडकमा आउने

    सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियोे । प्रतिनिधिसभाको आजको बैठकको शुरुआतमा नेपाली काङ्ग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बढूलाई बोल्न समय उपलब्ध गराउनुभएपछि उहाँले उक्त विधेयक फिर्ता नलिए सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । ंसांसद बढूले...

  • २०७६ आषाढ २, सोमबार

    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सञ्चालन

    कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक स्तर राम्रो बनाउन बर्दियामा एक वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेको छ । बाँकेमा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई गत साउन महीनादेखि बर्दियामा सो कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो । नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ...

  • २०७६ आषाढ २, सोमबार

    काठमाडौँ–केरुङ रेलमार्ग ः द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान

    काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गर्नुभएको छ । प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकारका साथै...

Pages