राष्ट्रिय
-
२०७६ आषाढ ४, बुधबार
बिपी राजमार्गका होटलमा स्टिकर
बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टासेको हो । राजमार्ग भएर सवारी भित्रने र बाहिरिनेको सङ्ख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धामा होटल खुल्ने क्रम बढ्दै जाँदा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै खाद्य स्वच्छता स्टिकर टाँसिएको हो ।...
-
२०७६ आषाढ ४, बुधबार
फोहर नउठ्दा बजार दुर्गन्धित
केही दिनदेखि बजारको फोहर नउठ्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार दुर्गन्धित बन्न थालेको छ । रामग्राम नगरपालिकाले फोहर नउठाउँदा परासीको बुद्धचोकसहित बजार क्षेत्रमा फोहरको थुप्रो लागेको छ । दुई हप्तादेखि फोहर नउठेको स्थानीयवासीले बताएका छन् । नगरपालिकाले फोहर विसर्जन गर्दै अएको स्थानका स्थानीयवासीले फोहर विर्सजनमा अवरोध गरेपछि नगरपालिकाले बजारको फोहर व्यवस्थापन गर्न सकेको छैन । २०५३ सालमा...
-
२०७६ आषाढ ४, बुधबार
नेदरल्याण्ड्सका हान अबिङ नेपालमा
नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुग्नुभएको छ । नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आउनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गर्नुभयो । पाचौँ संस्करणको उक्त प्रतियोगिता...
-
२०७६ आषाढ ४, बुधबार
मुहाने गह्रोमा नूनदेखि सुनसम्म
सिन्धुलीको च्याकुटारबेँसीस्थित मुहाने गह्रो तीन जिल्लाका उपभोक्ता र व्यापारीको जमघटको केन्द्र बनेको छ । डुड्भञ्ज्याङ कृषि सहकारी संस्थाको अगुवाइमा प्रत्येक साताको बिहीबार हाट लाग्ने व्यवस्था भएसँगै मुहाने गह्रो उपभोक्ता र व्यापारीको जमघटको केन्द्र बनेको हो । ओखलढुङ्गा, रामेछाप र सिन्धुलीका व्यापारी तथा उपभोक्ता घर आँगनकै उक्त हाटमा पुगेर दैनिक उपभोग्य सामग्रीको किनबेच गर्न पाएकामा हर्षित छन् ।...
-
२०७६ आषाढ ४, बुधबार
बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल
भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन ९डिपिआर० तयार भएपछि करीब रु ३३ करोडको लागतमा नयाँ भवन निर्माणका लागि सुर्खेतस्थित शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि गत सोमबार बोलपत्र आह्वान गरेको थियो । विसं२०३३ मा निर्माण...
-
२०७६ आषाढ ४, बुधबार
अनलाइन सेवाबाट मालपोतको काम शुरु
मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो । अबको पुस्ता प्रविधिमैत्री बन्दै गएको बताउँदै नगरप्रमुख घर्तीले सेवा प्रवाहमा हुने अनियमिततालाई अनलाइन सेवाले बन्द गरिदिने बताउनुभयो ।...
-
२०७६ आषाढ ४, बुधबार
बागलुङमा व्यावसायिक खरायोपालन
बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गर्नुभएको छ । शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याउनुभएका हो । “दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पु¥याएको छु”, शर्माले भन्नुभयो । व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको सङ्ख्यामा वृद्धि गर्ने योजना रहेको...
-
२०७६ आषाढ ४, बुधबार
मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जिप दुर्घटनामा बेपत्ता हुनुभएका खार्पुनाथ गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार सबै यात्रुप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “उक्त दुर्घटनाले प्रदेश सरकार मर्माहित भएको छ । खोजीकार्यमा खटिएका सुरक्षाकर्मी,...
-
२०७६ आषाढ ४, बुधबार
महिला क्रिकेट शुरु पहिलो खेलमा सुदूरपश्चिम विजयी
कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाउनुभयो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर,...
-
२०७६ आषाढ ४, बुधबार
जिप दुर्घटनामा यात्रु बेपत्ता भएको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मङ्गलबार एक विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुभएको छ । साथै पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको...
-
२०७६ आषाढ ४, बुधबार
नमूना मालपोत कार्यालय सञ्चालनमा
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गर्नुभएको छ । अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ...
-
२०७६ आषाढ ४, बुधबार
लहानको फोहर एक महीनापछि उठ्यो
लहान नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति भएपछि एक महीनादेखि रोकिएको फोहर उठाउने कार्य शुरु भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा हिजो भएको सर्वपक्षीय बैठकमा लहान नगरपालिका–४ का स्थानीयवासीले हाल रहेको डम्पिङसाइट नजिकै खाल्डो खनेर फोहर नष्ट गर्न दिने सहमति दिएपछि फोहर उठाउने कार्य शुरु भएको हो । फोहर व्यवस्थापनका लागि लहान नगरपालिकाले विकल्प खोज्ने र विकल्प...


